×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्प पिडितको नाममा ४ अरर्ब खर्च

  •  
  • बिहिबार, मङि्सर ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर २ गते । ०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछि गोरखा जिल्लामा आएको गैर सरकारी संस्थाहरुले भूकम्प पिडितको नाममा ४ अरर्ब भन्दा बढी रकम खर्च भएको सार्वजनिक भएको छ ।
    गैर सरकारी संस्थाहरुले भूकम्पको नाममा ४ अरर्ब ७ करोड ५४ लाख २३ हजार १ सय ५२ रुपैयाँ खर्च भएको कुरा जिल्ला बिकास समिति गोरखाले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीका क्रममा जिल्ला बिकास समिति गोरखाले सार्वजनिक गरेको हो । यो केवल जिल्ला भित्र काम गर्न आएका मध्ये ४४ संघ संस्थाको मात्र खर्च विवरण हो । जिल्ला मा १ सय भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले भूकम्प पछि विभिन्न बहानामा काम गर्दै आएको छ ।
    भूकम्प पछि जिल्लामा काम गर्दै आएको सबै संघ संस्थाले अपारदर्शीरुपमा खर्च गर्दै आएको छ । विवरण सार्वजनिक गर्न जिल्ला मा क्रियाशिल पत्रकारहरुले पटक पटक आग्रह गर्दा पनि उनीहरुले खर्चको विवरण सार्वजनिक गर्न मानि रहेका छैनन । जिल्ला विकास समिति दिएको जानकारी अनुसार यो विवरण सही भने होइन । केही बर्ष देखी काम गर्दै आएको संघ संस्था तथा विदेशी संस्थाले स्थानिय संघ संस्था संग समन्वय गरेर काम गरी रहेका कारण सत्य तथ्य खर्च उपलब्ध गराउन आग्रह गरीएको भएता पनि अटेर गरी रहेको जानकारी दिएको छ ।
    कार्यालय श्रोतका अनुसार काम थोरै गरेर बढी खर्च देखाउने तथा दोहोरो खर्च देखाउने प्रबृति समेत देखीएका कारण यो खर्च बास्तवीक होइन । बास्तवीक खर्च यो भन्दा निकै कम हुन सक्ने अनुमान श्रोतको छ ।
    यसै बिच भूकम्प पछि मात्रै युनिसेफले ७२ करोड ९६ लाख रुपैया खर्च गरेको देखिएको छ भने निकै बिवादास्पद देखीएको सिआरएस नामक संस्थाले ६० करोड ८२ लाख रुपैया खर्च गरेको जिविसको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
    भूकम्प भन्दा अगाडी देखी नै काम गर्दै आएको कारीतास नेपालले भने ५४ करोड, अक्सफाम नामक संस्थाले ४० करोड रुपैया र इको नेपालले १७ करोड ८७ लाख खर्च गरेको भन्दै जिल्ला बिकास समितिले आफ्नो कार्यक्रममा उत्त संस्थाले खर्च गरेको खर्च विवरण सार्वजनिक गरेको थियो । भूकम्प लगत्तै क्रिश्चियन धर्म प्रचारमा निकै ध्यान दिएको वल्र्ड भिजनले १५ करोड ४८ लाख खर्च गरेको छ भने सेभ द चिल्ड्रेनले २२ करोड ८४ लाख, आइएनएफ नेपालले २४ करोड १५ लाख र गोरेटो गोरखाले १५ करोड २९ लाख रुपैया खर्च गरेको विवरण जिबिसले सार्वजनिक गरेको हो
    धेरै खर्च गर्ने संस्था संगै सबै भन्दा थोरै खर्च गर्ने संस्था पनि छ । जसले केबल ४ लाख ९८ हजार मात्र खर्च गरेको देखाइएको छ । उत्त संस्था हेल्थ फर लाइफ भएको जिल्ला बिसका समितिले जानकारी गराएको थियो ।
    केही समय यता भने जिल्ला बिकास समितिको स्विकृती बेगर प्रभावित क्षेत्रमा काम गर्न नपाउने भए पछि आ.ब. ०७३/०७४ मा १८ संस्थाले मात्र कामलाई निरञ्तरता दिदै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.