×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी !

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १ मंसिर, काठमाडौ । यसअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । व्यापार-व्यवसाय गर्नेहरुले विद्युत नभएकै कारण रोएर दिन बिताउनु परिरहेको थियो । हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो ? अहिले नयाँ विद्युत थपिएकै छैन, तर लोडसेडिङ स्वाट्टै हटेको छ । आखिर हिजो किन र कसरी हुन्थ्यो लोडसेडिङ ?

    यसअघि लोडसेडिङ कसरी हुन्थ्यो भन्ने बारेमा हामीले विद्युत प्राधिकरणका एक जना प्राविधिकलाई सोध्यौं- एउटै मात्रामा बिजुली हुँदाखेरि हिजो दैनिक १२ घण्टा, ८ घण्टा लोडसेडिङ भइरहेको थियो, तर, अहिले तिहारका बेलामा समेत देशैभरि लोडसेडिङ भएन, यसको भित्री रहस्य के हो ?

    ती प्राविधिक कर्मचारीले अनलाइनखबरसँग भने- लोडसेडिङका नाममा प्राधिकरणका हाकिमले जनतामाथि अपराध गर्दै आइरहेका थिए । हिजो बिजुली नपुगेर लोडसेडिङ भएकै होइन, लोडसेडिङ गराउने अपराधीहरुका कारणले मात्रै लोडसेडिङ भएको हो ।

    कसरी हुन्थ्यो लोडसेडिङको ‘अपराध’ ?

    यो प्रश्नको जवाफमा स्रोतले थप व्याख्या गर्दै भन्यो, ‘नेपालमा यति विद्युत आवश्यक छ भनेर प्राधिकरणले जनतालाई चाहिनेभन्दा बढी मात्राको मिथ्यांक सुनाउँथ्यो । र, कति विद्युत मौज्दात छ भन्ने तथ्यचाँहि घटाएर दिइन्थ्यो । यसको वीचमा ठूलो ‘ग्याप’ देखाएर १२ घण्टा लोडसेडिङ गर्नुपर्ने सूचना जनतामा जारी गरिन्थ्यो । र, जनताले त्यसैलाई पत्याएर चुपचाप सहने गरेका थिए ।

    जस्तो कि- विद्युतको माग ११ सय मेगावाट देखाइयो भने नेपालमा उत्पादित र भारतबाट आयातीत बिजुलीसमेत ६/७ सय मेगावाट मौज्दात देखाइन्थ्यो । वीचमा ५/६ सय मेगावाट विद्युत कम भएको भन्दै प्राधिकरणका हाकिमले यसवापत १२ घण्टा लोडसेडिङ गर्नुपर्ने मिथ्यांक जनतामा सम्प्रेषण गर्थे । र, जनताले त्यसैलाई पत्याउँथे ।

    प्राधिकरणका प्राविविधिकले अनलाइनखबरसँग भने- जनतालाई त यो प्राविधिक विषय थाहा हुँदैन कि कति विद्युत चाहिन्छ र कति घण्टा लोडसेडिङ गर्नुपर्ने हुन्छ ।

    पैसा उठाउँदै बिजुली बेच्दै

    प्राधिकरण स्रोतका अनुसार हाकिमहरुले जनताका आँखामा छारो हालेर १२ घण्टे लोडसेडिङलाई सदर गराइसकेपछि ठूल्ठुला कारखानाका मालिकहरुसँग सम्पर्क गर्थे । र, भन्थे कि हामीसँग पावर छ, तिम्रो कारखाना चलाउन कतिघण्टा बिजुली दिऔं ? अनि हामीलाई यसवापत कति लाख कमिसन दिन्छौ ?

    यसरी व्यवसायीसँग बार्गेनिङ गरेर खाने कमिसन अनुसार कसैलाई दैनिक २१ घण्टासम्म बिजुली दिइन्थ्यो भने कमिसन नदिने साना वा सोझा व्यवसायीलाई चाँहि लोडसेडिङको मारमा पारिन्थ्यो । जसले गर्दा उनीहरुको व्यापार व्यवसाय चौपट बन्दै आएको थियो ।

    प्राधिकरण स्रोत अगाडि भन्छ- कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अघिसम्म प्राधिकरणका हाकिमले यसैगरी राज्यको बिजुली बेचेर कमिसन खाइरहेका थिए । जनतालाई लोडसेडिङको भारी बोकाएर, जनताको व्यवसाय चौपट बनाई जनताकै बिजुलीमाथि कालोबजारी भइरहेको थियो । कुलमानले जिम्मेवारी सम्हाल्नासाथ बिजुलीको कालो ब्यापारमाथि धावा बोले ।

    स्रोतका अनुसार जनताको बिजुली जनताबाटै खोसेर उद्योगीहरुसँग उठाइने कमिसन तत्कालीन उर्जामन्त्री र ठूला पार्टीका नेतासम्मलाई पुर्‍याउने गरिएको थियो । अहिले लोडसेडिङ हटेपछि तिनीहरुको पनि मुख सुकेको छ ।

    अहिले कुलमान घिसिङ एमडी बनेर आइसकेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको स्रोतले बतायो । हुँदै नभएको कृत्रिम अभाव सिर्जना गरेर कमिसनमा विद्युतको कालोबजारी हुन छाडेपछि अहिले उपभोक्तालाई पनि विद्युत पुगेको छ र उद्योगपतिहरुले पनि कसैलाई कमिसन नखुवाई दैनिक १८ घण्टाभन्दा बढी उद्योग सञ्चालन गर्न पाएका छन् ।

    तर, के वर्षौंसम्म जनतालाई लोडसेडिङको अँध्यारोमा राखेर उनीहरुको व्यवसाय चौपट बनाउने प्राधिकरणका पूर्वहाकिम एवं पूर्वउर्जामन्त्री र कमिसनखोरहरुमाथि अब कुनै कारवाही हुँदैन त ? स्रोतले अनलाइनखबरसँग भन्यो- ‘यो सामान्यखालको अपराध होइन, त्यसरी लोडसेडिङ गराउने अपराधीहरुलाई अब जेल पठाउनुपर्छ र देशलाई लोडसेडिङबाट सधैंका लागि मुक्त बनाउनुपर्छ ।’

    नेपाल विद्याुत प्राधिकरणले विगतमा लोडसेडिङ गराउनेहरु कोको थिए भनेर सोको तथ्यांक संकलन गर्ने अनि तिनीहरुमाथि कारवाही अघि बढाउने गृहकार्य सुरु गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.