×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा सुन्तला उत्पादन १० प्रतिशतले बढ्यो

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विकास मरहट्टा

    १ मंसिर, गोरखा । गोरखामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । समयमै वर्षा भएका कारण उत्पादन राम्रो भएको किसानको भनाइ छ ।

    कृषि विकास कार्यालय गोरखाले अघिल्लो वर्षको तुलनामा यस वर्ष दश प्रतिशतले सुन्तला उत्पादन वृद्धि हुने अनुमान गरेको छ । अघिल्लो वर्ष जिल्लाभर पाँच हजार आठ सय २७ मेटि्रक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष ६ हजार चार सय ९ मेटि्रक टन सुन्तला उत्पादन हुने अनुमान छ ।

    ‘पोहोर साल खडेरी परेर उत्पादनमा केही कमी आयो,’ कार्यालयका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले भने ‘यस वर्ष भने दाना लाग्ने बेलामा पानी परेकोले उत्पादनमा वृद्धि हुने पक्का छ ।’

    किसानमाझ बगैंचा व्यवस्थापनका साथै जनचेतनामूलक कार्यक्रम पुर्‍याएकोले पनि उत्पादन बढेको कार्यालयले जनाएको छ ।

    अघिल्लो वर्ष गोरखामा सुन्तला बिक्रीबाट २७ करोेड रुपैयाँ भित्रिएको थियो, जसमध्ये मनकामना क्षेत्रबाट मात्रै १३ करोड र ताङलीचोकबाट १० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको कृषि कार्यालयको तथ्यांक छ ।

    रसिला सुन्तला धमाधम बजारमा

    गोरखामा मनकामना र ताङलीचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस्तै, देउराली, धुवाकोट, ताप्ले, ताक्लुङ, बक्राङ, मिरकोट, हर्मी, आँपपिपल, हंसपुर, नारेश्वर लगायत क्षेत्र सुन्तलाका पकेट क्षेत्र मानिन्छन् । कृषि कार्यालयका अनुसार, नौ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको गोरखामा करिब पाँच सय किसानले यही खेतीबाट जिविकोपार्जन गर्दै आएका छन् ।

    अहिले गोरखाको सुन्तला बजारमा आउन थालिसकेको छ । कात्तिकदेखि माघ महिनासम्म सुन्तला बेच्ने सिजन मानिन्छ । गोरखाको धेरैजसो सुन्तला काठमाडौको कालीमाटीमा बिक्री हुने कृषि कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिनभयो । त्यस्तै, मुग्लिन, नारायणगढ लगायतका ठाउँहरूमा पनि सुन्तला निर्यात हुने स्थानीय किसान बताउँछन् ।

    कसरी चिन्ने मनकामनाको सुन्तला ?

    गोरखा मनकामनाको सुन्तला भनेपछि देशभर प्रख्यात छ । रसिलो र ठूलो दाना भएका कारण पनि मनकामनाको सुन्तला भनेपछि मानिसहरु लोभिन्छन् । तर, व्यापारीहरुले जहाँसुकैबाट ल्याएको सुन्तला पनि मनकामनाको भन्दै बेच्ने गरेका छन् । यसरी जथाभावी नाम बिकाएर व्यापारीहरुले ठग्न थालेपछि साना कृषि सहकारी संस्था मनकामनाले मनकामनाको सुन्तलामा ट्याग लगाउने भएको छ ।

    चीनबाट आउने स्याउमा ट्याग लगाए जस्तै सुन्तलाको दाना र क्रेटमा समेत ट्याग लगाइने संस्थाका अध्यक्ष कृष्णबाबु श्रेष्ठले बताए । ट्यागमा साना कृषि सहकारी संस्था लि. मनकामना र जिल्ला कृषि विकास कार्यालयको लोगो रहने जनाइएको छ ।

    यस वर्ष पनि गोरखामा उत्पादन भएको सुन्तलालाई तीन तहमा ग्रेडिङ गरी मूल्य निर्धारण गरिएको छ । ठूला दाना भएको ‘ए’ ग्रेडको सुन्तला प्रतिकिलो एक सय ५०, बी ग्रेडको एक सयदेखि एक सय २० र सी ग्रेडको प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा बिक्री गर्ने सहकारीले जनाएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.