×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अनुमतिबिना हिमाल चढ्दा ३३ हजार डलर जरिवाना

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    राजु बास्कोटा

    काठमाडौं: सरकारले आरोहणका लागि खुला नगरेका हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले आरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अमेरिकी नागरिकले आरोहण दाबी गरेका हुम्ला जिल्लाका तीन हिमालमध्ये एउटाको आरोहण नै खुला भएको छैन । उनको यो आरोहण गैरकानुनी हो ।

    ब्रुचले हुम्ला जिल्लामा रहेको हालसम्म नै मानव पाइला नपरेको चण्डी हिमाल (६१४२ मि), चाङ्ला हिमाल (६५६३ मि) को आरोहण गरेको दाबी गरेका छन् । यस बाहेक हुम्ला भ्याली रिजनको काङ्गुँ हिमाल आरोहण गरेको दाबी गरेका छन् । मन्त्रालयका अनुसार यो हिमाल आरोहणका लागि खुला नै भएको छैन । ब्रुचले आरोहण दाबी गरेको अन्य दुई हिमाल पनि ६ हजार मिटर माथिका छन् ।

    मन्त्रालयका अनुसार ६ हजार मिटर माथिका हिमालमा जाँदा अनिवार्य रूपमा अनुमति लिनुपर्छ । यी हिमालमा पर्यटन मन्त्रालयको अनुमति बिना नेपाली मात्रै चढ्न पाउँछन् भने विदेशीले आरोहण गर्न चाहेमा तीन जना नेपाली अनिवार्य लैजानुपर्छ । विदेशीले आरोहण अनुमतिसहति गार्वेज डिपोटिज, नेपाली कामदारको बिमा, हिमाल आरोहण जाँदा आवश्यक पर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भए पनि ती अमेरीकी नागरिकले कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । सुदूरपश्चिम र मध्यपश्चिमका हिमाल आरोहण गर्न सरकारले पाँच वर्षका निम्ति अनुमति शुल्क मिनाहा गरेको भए पनि आरोहण अनुमति भने अनिवार्य भएको मन्त्रालयको भनाइ छ ।

    नेपालमा १३ सय १० हिमाल रहेको भए पनि सरकारले भने चार सय १४ वटाको मात्रै आरोहणका लागि अनुमति दिने गरेको छ । सरकारले आरोहण खुला नगरेको हिमाल आरोहण गर्ने नपाइने पर्यटन मन्त्रालयको भनाइ छ । अनुमति बिनाका हिमाल आरोहण गरेका ती अमेरिकी नागरिकलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम ३३ हजार डलर नगदसिहत कारबाही हुने भएको छ ।

    यो ऐनमा भएको व्यवस्थाअनुसार नेपाल सरकारले आरोहणका लागि खुला नगरेको हिमाल आरोहण गरेमा सर्वोच्च शिखर आरोहणमा लाग्ने दस्तुरको तीन गुणा शुल्क जरिबानावापत दिर्नुपर्छ । सर्वोच्च शिखर सगरमाथाको आरोहण अनुमति शुल्क ११ हजार डलर रहेकोले कम्तीमा ३३ हजार डलर शुल्क जरिबाना लाग्ने मन्त्रालयको भनाइ छ ।

    २१ दिनमा ३१ हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेको दाबी गर्दै हिडेका ब्रुच द नेपाल ट्रस्टमार्फत आरोहणमा गएका हुन् । ट्रस्टले भने उनको दाबीलाई आधिकारिकता दिन प्रयास भइरहेको बताएको छ । उनले एउटा हिमालको नाम भने आफ्नै हजुरआमाको नामबाट नामाकरण गरेको दाबी गरेका छन् । ब्रुच मंगलबार नै अमेरिका फर्किएको नेपाल ट्रस्टको भनाइ छ ।

    सरकारले आरोहण खुला नगरेको हिमाल चढेको, एजेन्सी बिना गएको, नेपाली अनिवार्य जानुपर्नेमा नलगेको, पदयात्राको अनुमतिले पर्वतारोहणमा गएकोसहतिका कमजोरी भेटिएको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । उनका अनुसार ती अमेरिकी नागरिकले अपराध गरेको अनौपचारिक रूपमा जानकारी आइसकेको छ ।

    उनलाई आवश्यक कारबाही गर्न पर्यटन मन्त्रालयले पत्रमार्फत नै मातहतका निकाय र अन्य निकायसँग समन्वय गर्ने भएको जानकारी पनि दिए । मन्त्रालयका अनुसार २१ दिनमा ३१ हिमाल आरोहण सम्भव नभएको र ब्रुचले कुनकुन हिमाल आरोहण गरे भन्ने विवरण पनि नभएको बताएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.