×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

आगोले जलाएको ७४ वर्षीय वृद्धको सपना

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चरिकोट (दोलखा), मङ्सिर १ गते । सरकारले दिएको रु ५० हजार र आफूले बनिबुतो गरेर जोहो गरेको सबै रकम आगोमा सल्किएर जलेपछि नयाँ र बलियो घर बनाउने सपना आगोमा जलेर सकिएको ७४ वर्षीय वृद्ध भीमबहादुर कार्की बताउँछन् ।

    श्रीमतीको मृत्युपछि एक्लो जीवन बिताउँदै आएका दोलखाको उत्तरी गाविस लापिलाङ–९ का कार्की अहिले फेरि मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछन् । “मरुँ काल आउँदैन, बाँचाँै बाँच्न मनै छैन, दैवले ठगेको मानिस भएर म कसरी बाँचुँ ?” यसरी बिलौना गर्छन् उनी । ३४ वर्ष अघि नै श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताउँदै आएका कार्कीको कात्तिक १९ गते जीवनभर कमाएर राखेको सबै सम्पत्ति आगोमा स्वाहा भयो भने घर बनाउन जोरजम्मा गरेको रु एक लाख १७ हजार नगद समेत खरानीमा परिणत भयो ।

    उनी भन्छन्, कात्तिक १९ गतेदेखि आफूले एक छाक भात पनि राम्रो संग खाएको छैन । झलझली आफ्नो घर र सम्पत्ति जलेको त्यही दृष्य आँखामा आइरहने बताउँदै कार्कीले केही खान मनै नलाग्ने बताउँछन् ।

    उनले घर जलेको दृष्य देख्दा बेहोस भएको बताउँदै पटकपटक त्यही आगोमा हाम फाल्न खोज्दा छिमेकीले बचाएको छिमेकी कृष्णबहादुर बस्नेतले बताए । आगलागीबाट आधा भाग बचेको रु ५० हजार रकम साट्न मिल्ने आशमा कार्की चरिकोटमा आए तर चरिकोटमा रहेका कुनै पनि बैंकले रकम साट्न नमानेपछि निरास हुँदै गाउँमा फर्किएका छन् ।

    ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका कार्की अहिले कसैको घरमा काम गर्न समेत जाँदैनन् । उनी भन्छन्, घर जलेपछि सबै सपना जलेकाले काम गर्ने कुनै जोश जाँगर नै नभएको बताउँछन् । एक तलाको घर बनाउने इच्छा थियो, त्यही पनि अब आगोसँगै जलेर गएको बताउँदै बाँकी जीवन कसरी बिताउने भन्ने समस्याले बारम्बार सताउने गरेको बताउँछन् ।

    कुनै मनकारी व्यक्तिले एक तलाको बस्ने घर मात्र बनाई दिएपनि आफ्नो एक्लो पेट त ज्याला मजदुरी नै गरेर भएपनि पाल्ने कार्कीको भनाइ रहेको छ । कार्कीको अन्तिम इच्छा भनेकै एकतले घर बनाएर बूढेसकालमा बस्ने रहेको बताएका छन् । उनले त्यो पनि आफू कमाएर बनाउन सक्ने अवस्थामा नभएको बताउँदै सहयोगीहातलाई अनुरोध गरेका छन् ।

    उमेर ढल्क्यो बूढेसकालमा सुतेर खाने बेलामा बिजोगका दिन काट्नु पर्ने अवस्था आएको बताउँदै उनी आफू काल कुरिरहेको बताउँछन् । रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.