×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

चीनले सोध्यो, ‘वान बेल्ट वान रोड’ बारे नेपालको धारणा के छ ?

  •  
  • मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    सन्तोष घिमिरे

    काठमाडौ : चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे नेपाल सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ।

    चीनले आफू र एसिया, युरोप र अफ्रिकाबीच सडकपूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मुख्य लक्ष्य सहित अघि बढाएको उक्त अवधारणाबारे नेपाल सरकारको धारणा मागेको छ।

    चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि सारेको यस अवधारणा अन्र्तगत ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौँ सताब्दिको सामुद्रिक सिल्क रोड’ गरी दुई भाग छन् । नेपालले सिल्क रोड इकोनोमिक बेल्टमा सहभागिता जनाउन सहमति जनाइसकेको छ । नेपालले चीनको सिल्क रोड अवधारणामा सहभागि हुनका लागि दुई बर्ष यस संबन्धमा चीनसंग एक सझदारीपत्रमा हस्ताक्षर गरेको थियो
    ।
    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा चीनको यस अवधारणामा सक्रिय सहभागि हुने प्रतिबद्दता नेपाल सरकारले जनाएको थियो । तर वर्तमान सरकार यस अवधारणा प्रति सकारात्मक नदेखिएको जानकार कुटनीतिक स्रोत बताउँछ । यस अवधारणाप्रति नेपालले स्पस्ट जवाफ दिन नसकेकै कारण चिनियाँ राष्ट्रपति सि जिन पिङ्को गत असोज अन्तिम हप्ताका लागि हुने भनिएको नेपाल भ्रमण रद्द भएको स्रोतको भनाई छ ।

    नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधीमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सि जिन पिङ्को अग्रसरतामा शुरु भएको उक्त अवधारणाबाट नेपाल लगायत यस क्षेत्रका सबै मुलुकले लाभ लिनसक्ने बताएको थियो ।

    प्रतिनिधीमण्डलले वान रोड वान बेल्ट अवधारणाबाट समग्र क्षेत्रको कनेक्टिभिटी बढाउन तथा चीन र नेपाल लगायत सार्क मुलुकहरुबीचको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताएको थियो । भेटमा वाणिज्यमन्त्री थकालीले नेपाल र चीन सदियौँदेखि घनिस्ट मित्रका रुपमा रहेका र दुवैले एक अर्काको भलाई र हित हुने गरी आपसि व्यावहार र सहयोग गरिरहेको बताएको वाणिज्यमन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

    भेटमा मन्त्री थकालीले वान रोड वान बेल्ट अवधारणाको उच्च सराहान गरेका थिए । ‘यस अवधारणाबाट यस क्षेत्रका सबै छिमेकी देशहरुसँग सुदृढ र सबल कनेक्टिभिटी कायम भई नेपालको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउने मन्त्रीज्यूले विश्वास ब्यक्त गर्नुभयो’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

    साथै नेपाल र चीनको आपसी आर्थिक एकीकरण, समन्वय र सहयोग मार्फत नेपालको उच्च सम्भावना भएका जलबिद्दुत, पर्यटन, जडिबुटी, कृषि लगायतका क्षेत्रमा विकास गर्न सकिने विचार थकालीले ब्यक्त गरेका थिए ।

    मन्त्री थकालीले चीनको लगानी र प्रविधि मार्फत नेपालका सम्भावनाको उचित प्रस्फुटन एवं विकास र प्रबद्र्धन गरी देशमा आर्थिक समृद्धि हासिल गर्नमा समेत यसले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका यी क्षेत्रहरुमा चीनको लगानी र प्रविधिलाई उच्च सम्मान सहीत स्वागत गरिने धारणा राखेका थिए । उक्त चिनियाँ प्रतिनिधीमण्डलले नेपाल सरकारका उच्च अधिकारीहरु र राजनीतिक दलका नेतासँग पनि भेट्ने बताइएको छ ।

    nnapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.