×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

महानगरको सेवा अब विद्युतीय प्रणालीबाट

  •  
  • मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक ३० गते ।  काठमाडौँ महानगरपालिकाले परीक्षणका रूपमा महानगरको वडा नम्बर ३१ बाट विद्युतीय प्रणालीमार्फत सेवा दिन सुरु गर्ने भएको छ ।  महानगरबासीलाई गुणस्तरीय र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यसहित महानगरपालिकाले यसै साताबाट महानगरको उक्त वडाबाट विद्युतीय प्रणालीमार्फत सेवा दिन सुरु गर्ने भएको हो ।
    महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले नागरिकलाई दिने हरेक सेवा कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र आम नागरिकका घरघरमा सेवा विस्तार गर्न विद्युतीय प्रणालीमार्फत सेवा विस्तार गर्ने योजना अनुरूप उक्त सेवा दिने तयारी गरिएको जानकारी गराउनुभयो ।
    “महानगरपालिकाले मङ्गलबार÷बुधबारदेखि परीक्षणका रूपमा महानगरको वडा नं. ३१ मा उक्त सेवा सुरु गर्छौं र त्यस सेवाप्रति सेवाग्राहीको आकर्षण र प्रतिक्रिया हेरेर विस्तारै महानगरका सबै वडाका कार्यालयमा यस प्रकारको सेवा विस्तार गर्छौं,” उहाँले भन्नुभयो ।
    एसियाली विकास बैङ्क (एडीबी) र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको उक्त कार्यका लागि झन्डै चार करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
    महानगरका प्रवक्ता कार्कीका अनुसार यो सेवा सुरु भएपछि महानगरवासीका गुनासो सुन्न, नक्सा पास गर्न, कर लिनेदिने बक्यौता रकमका बारेमा जानकारी लिन, करको शीर्षक, महानगरका सबै काम कारबाही तथा नीति नियमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न इन्टरनेटमार्फत नागरिक र महानगरको सम्बन्धित शाखासँग सीधा सम्र्पक गर्न सकिनेछ ।
    त्यसैगरी महानगरको बजेट, योजना, वित्तीय तथा राजस्व व्यवस्थापन चुस्तदुरुस्त भए वा नभएका बारे आम महानगरवासीले घरमै बसेर बुझ्न र हेर्न सक्नेछन् ।  उक्त सेवा विस्तार भएसँगै महानगरको आन्तरिक राजस्व नियमित रूपमा सङ्कलन हुने विश्वास लिएको छ ।  योसँगै महानगरका सबै वडा कार्यालयले आगामी दिनमा महानगरवासीको सम्पूर्ण कार्यको जानकारी कम्प्युटरमा अभिलेख राखिनेछ ।  महानगरपालिकाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्प्युटरमा राख्ने काम गर्नेछ ।
    महानगरपालिकाले गत वर्षदेखि नयाँ घर बनाउनेका लागि सहज गराउन भन्दै विद्युतीय प्रणालीबाट नक्सापास गर्ने सेवा सञ्चालन गर्दै आएको छ ।
    फाइलबाट नक्सा पास गर्दा लामो समय कुर्नुपर्ने र कर्मचारीले समयमै काम नगरिदिने गुनासो आउन थालेपछि महानगरपालिकाले गएको मङ्सिरको पहिलो सातादेखि विद्युतीय नक्सापास प्रणाली (ईबीपीएस) अगाडि बढाएको थियो ।  महानगरको कागजरहित सेवा लागू भएपछि यसलाई अझै व्यवस्थित हुने महानगरपालिकाले जनाएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.