×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

साली भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

  •  
  • मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लिबाङ (रोल्पा), कात्तिक ३० गते । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ ।

    गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँँका अनुसार ज्यान मार्ने उद्योग गरेको अभियोगमा २०७३ असोज २६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँले दुवै जनालाई नियन्त्रणमा लिई कारागार कार्यालय, रोल्पामा थुनामा राख्दै आएको छ ।

    सुनकुमारीको उपचारका क्रममा यसरी थुनामा परेका साली भिनाजु जालकुमारी र ध्रुवलाई रु २५ हजार धरौटीमा छोड्न सकिने भएपनि धरौटी जम्मा गर्न नसकी पुर्पक्षका लागि उनीहरु हालसम्म पनि कारागारमा थुनामा रहँदै आएका थिए ।

    यस्तै, जिल्ला न्यायाधीवक्ता सुवर्णमान बनेपालीले सुनकुमारीको मृत्यु भएको हुँदा थप अनुसन्धान गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा कारागारमा धरौटीमा रहेका साली भिनाजु जालकुमारी र ध्रुवलाई आवश्यक प्रक्रिया पु¥याई कर्तव्य ज्यानको मुद्दाका लागि प्रक्रिया अगाडि बढिराखेको बताउनुभएको छ ।

    उहाँका अनुसार हालसम्मको अनुसन्धानका क्रममा र जिल्ला अदालत रोल्पामा जालकुमारीले दिएको बयानका आधारमा मृतक सुनकुमारीलाई उनले नै ढुङ्गामा पटकपटक टाउको ठोक्काइ कुटपिट गरेको बुझिएको छ । यसरी सुनकुमारीको हत्यामा साली भिनाजुको संलग्नता रहेको देखिएको बनेपालीको भनाइ छ ।

    प्रनि श्रेष्ठका अनुसार असोज २५ गते विजया दशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि सुनकुमारीका श्रीमान् धु्रव र बहिनी जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको घटनास्थल पुग्दा प्रत्यक्ष देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    यसरी घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय, घर्तीगाउँ, रोल्पाले उनीहरु दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेको हो ।

    काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् रोजगारीका लागि विगत दुई वर्षदेखि साउदी अरबमा रहनुभएको छ भने जालकुमारी भने करिब छ महिनादेखि सात वर्ष, चार वर्ष र तीन वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । हाल जालकुमारीका तीन वर्षीय एक छोरी उनीहरुसँगै कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा छिन् ।

    प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपाली आर्थिक अभावका कारण गाउँकै बज्यै पर्नेको घरमा करिब एक वर्ष पहिलेदेखि काम गर्न बसेकी थिइन् भने उनका एकमात्र दाजु आर्थिक अभावका कारण जीवन गुजाराका लागि करिब तीन वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् ।

    प्रनि श्रेष्ठका अनुसार सुनकुमारीलाई साली भिनाजु मिलेर कुटपिट गर्दा घरमा अन्य कोही नभएको हुँदा घाइते सुनकुमारी रातभरि सिलौटामा ठोकिएकै ठाउँमा लडिरहनुभयो । सुनकुमारीलाई घाइते अवस्थामा छोडेर जालकुमारी आफ्नो कोठामा फर्किएको र मदिराले मातेका सुनकुमारीका श्रीमान् भने घरमै बसेको अनुसन्धानका क्रममा खुलेको छ ।

    यसरी पेटभरि खान र एकसरो कपडा लगाउनकै लागि अर्काको घरमा काम गरेर दिन गुजार्दै आएकी बिनिताकी आमा सुनकुमारीको मृत्यु भएको र बुबा ध्रुव पनि कर्तव्य ज्यान मुद्दामा जेल चलान हुने भएपछि छोरी विनिताको भविष्य अब थप अन्यौल बन्दै गएको देखिएको छ ।

    घाइते आमा सुनकुमारीको हेरचाहमा लामो समयसम्म स्तब्ध बनेको र अन्तमा आमाको पार्थिव शरीरमा दागबत्ती दिएर फर्केकी विनिताको मनलाई सान्त्वना दिन र उनको भविष्यका बाटा खुल्ला गर्नका लागि यतिबेला विनितालाई सहयोगी हातको खाँचो छ । अर्काको घरमा काम गरेर गाउँकै सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी विनिताको भविष्यका बारेमा सरोकारवालाले सोच्नुपर्ने अवस्था छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.