×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रोमानियाली सेनाका पाइलट हृयाकर बनेर नेपाल आएपछि …

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     एटिएम चोरहरु सैनिक पाइलटदेखि आर्किटेक्चरसम्म
    रमेश धमला

    २८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रोमानियाका तीन जना र टर्कीका दुई जना थुनिएका छन् । उनीहरुमाथि अभियोग छ, अरुको एटिएम पिन प्रयोग गरी पैसा चोरी गरेको ।

    एटिएमबाट पैसा चोरी गर्न युरोपदेखि नेपाल आइपुगेका कुख्यात एटिएम हृयाकरहरु यसपालि प्रहरीको चंगुलमा परेका छन् । यसअघि यस्ता थुप्रै  हृयाकरहरु नेपालबाट पैसा चोरेर भागिसकेको हुन सक्ने सीआईबीको अनुमान छ । अनुसन्धानमा सक्रिय कतिपय अधिकृतका अनुसार यस पटक बैंक तथा ग्राहकले दिएको सूचनाका आधारमा मात्रै त्यस्ता हृयाकर समातिएका हुन् ।

    सेनाका पूर्व पाइलट कुख्यात हृयाकर

    प्रहरी हिरासतमा रहेका रोमानियाका ५३ वर्षीय जिता हुजुमको पृष्ठभूमि निकै आकर्षक थियो । उनी रोमानियाली सेनाका पाइलट थिए । २० वर्षअघि रोमानियाको सेनामा जागिर खाएका जिता अवकाशपछि एटिएम ह्याकरको ग्याङमा सामेल भएका हुन् ।

    सेनाको जहाज उडाउने पाइलट जस्तो प्रतिष्ठित पेशा विगतमा रहे पनि पैसाको लोभमा उनी ह्याकर बनेर नेपाल भित्रिए । त्यसपछि ग्याङमा मिलेर एटिएमबाट पैसा चोरी गर्न थाले । अन्ततः गत कात्तिक १९ गते सीआईबीको फन्दामा परे ।

    त्यसो त दुई साताअघि पक्राउ परेका बुल्गेरियाका यतिना पनि आफ्नो देशमा निजी सुरक्षागार्ड रहेको खुलेको छ । उच्च तथा घरानियाँ व्यक्तिको सुरक्षामा खटिने यतिना आफैं गैरकानुनी काममा लागेपछि सीआईबीको नियन्त्रणमा परे ।

    आर्किटेक्चरदेखि इञ्जिनियरसम्म चोरीमा 

    सीआईबीले बिहीबार पक्राउ गरेको टर्कीका स्यालाहाटिन याबर इलेक्ट्रोनिक इञ्जिनियर हुन् । एटिएम बुथमा उपरकणदेखि ‘हिडन क्यामेरा’ बनाएर राख्नेसम्म ज्ञान याबरलाई थियो । सीआईबीका प्रमुख एवं डिआईजी नवराज सिलवालका अनुसार, याबर पेशाले इञ्जिनियर भएकाले त्यही ज्ञान प्रयोग गरेर हृयाकरको ग्याङमा सामेल भएका हुन् ।

    एक साताअघि डाटा चोरी गर्ने उपकरणसहित पक्राउ परेका रोमानियन नागरिकलाई याबरले नै बुथमा उपकरण राख्ने तरिका सिकाएको हुन सक्ने डिआईजी सिलवालको अनुमान छ ।

    atm-hacker-2

    त्यस्तै, एटिएमबाट पैसा चोर्न रोमानियादेखि आइपुगेका लोसिभ आर्किटेक्चर हुन् । उनको जिम्मेवारी एटिएम बुथको अवस्था र त्यहाँको सुरक्षा व्यवस्था पत्ता लगाउने थियो । २६ लाख रुपैयाँ नगद सहित पक्राउ परेका उजुन गार्मेन्ट व्यवसायी थिए । उनी र रोमानियाका एलेक्सको जिम्मेवारी एटिएमबाट पैसा निकाल्ने मात्रै थियो ।

    पाँच सय जनाको गिरोह, टर्कीमा बन्छ योजना

    नेपालमा लगातार अन्तर्राष्ट्रिय एटिएम हृयाकरहरु पक्राउ पर्न थालेपछि सीआईबीले अनुसन्धानको काम पनि तीव्र बनाएको छ ।

    सीआईबी प्रमुख सिलवालका अनुसार, पक्राउ परेका रोमानिया, बुल्गेरिया र टर्कीका हृयाकर सबै एकै समूहको भएको देखिएको छ ।

    अनुसन्धानको क्रममा यो गिरोहमा पाँच सय जति रहेको देखिएको डिआईजी नवराज सिलवालले बताए ‘पक्राउ परेका अधिकांश ह्याकर टर्कीबाट सीधै काठमाडौं आएको देखिन्छ’, सिलवालले भने, ‘यस हिसाबले यिनीहरुको योजना पनि टर्कीमै बनेको हुन सक्छ ।’

    टर्कीबाट जहाजमा काठमाडौंसम्म सीधै आउन सकिन्छ । ह्याकरहरु नेपाल आउँदा भारतको पनि भिसा लगाएर आउने र यता डर भए भारतबाट भाग्ने उनीहरुको योजना देखिएको अनुसन्धानबाट खुलेको छ ।

    पूर्वी युरोपका एटिएम हृयाकरहरुले नेपाललाई बढी निशानामा पार्ने गरेका छन् ।  नेपालको बैंकिङ कसुरको कारबाही नै कमजोर भएकोले अपराधीले नेपाललाई रोज्ने गरेको डिआईजी सिलवाल बताउँछन्

    बैंकिङ कसुरमा विभिन्न देशको कानुन र सजायबारे अध्ययन गर्ने, एटिएमको पिन चोर्ने प्रविधि बनाउने इञ्जिनियरदेखि पैसा निकाल्नेसम्मको मान्छे लिएर यो गिरोह परिचालन हुने गरेको उनीहरुकै बयानबाट खुलेको छ । विशेष गरेर भारत, फिलिपन्स, नेपाल जस्ता मुलुक एटिएम हृयाकरको निशानामा पर्ने गरेको अनुसन्धानका क्रममा देखिएको छ ।

    नेपालको कानुनै कमजोर

    सीआईबीले चलाएको कारबाहीमा पूर्वी युरोपका नौ जना एटिएम हृयाकर पक्राउ परिसकेका छन् । उनीहरुबाट नेपालका एटिएमबाट चोरी भएको दुई करोड रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको छ ।

    पूर्वी युरोपका एटिएम हृयाकरहरुले नेपाललाई बढी निशानामा पार्ने गरेका छन् ।  नेपालको बैंकिङ कसुरको कारबाही नै कमजोर भएकोले अपराधीले नेपाललाई रोज्ने गरेको डिआईजी सिलवाल बताउँछन् ।

    बैकिङ कसुरमा दुईदेखि चार वर्षसम्मको जेल सजाय र बरामद भएको नगदको आधारमा विगो माग दाबी हुने व्यवस्था छ ।

    प्रहरीले भेटिएका जतिलाई पक्राउ गरे पनि नेपालमा कस्तो कानुनी कारबाही हुन्छ भन्ने उनीहरुले उतैबाट अध्ययन गरेर आउने गरेको पाइएको छ । यसैले फितलो कानुनका कारण अपराधी उत्साहित हुने भयावह स्थिति भएकोले सजाय व्यवस्थाप सच्याउनैपर्ने डिआईजी सिलवाल तर्क गर्छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.