×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

निर्वाचनका लागि आवश्यक तीन विधेयकमाथि छलफल सुरु

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक २८ गते । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षताको दायित्व आयोगको काँधमा रहेकाले मिति घोषणा गर्नेदेखि कर्मचारीको खटनपटनसम्मको अधिकार आफूलाई दिइनुपर्ने माग गरेको छ ।

    व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले अघिल्ला निर्वाचनमा देखिएका कमजोरी सुधार्न निर्वाचनको मिति घोषणादेखि खटनपटनसम्मको भूमिका आयोगलाई प्रदान गर्न उचित हुने तर्क गर्नुभयो । समितिमा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार, राजनीतिक दलसम्बन्धी कानुन र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ माथि आजदेखि छलफल सुरु भएको छ ।

    “निर्वाचन सञ्चालन, रेखदेख, व्यवस्थापन र निर्देशन गर्ने जिम्मेवारीमा रहेको आयोगले निर्वाचनलाई तथ्यपरक, वस्तुनिष्ठ र निष्पक्ष तुल्याउन सबै राजनीतिक दलले आयोगको अभियानलाई सहयोग पु¥याउन आवश्यक रहेको छ”, डा यादवले भन्नुभयो ।

    नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र संसद्को निर्वाचन आगामी २०७४ साल माघभित्र गरिसक्नुपर्ने भएकाले निर्वाचन, दल र मतदातासम्बन्धी विधेयकमाथि तीव्र रुपमा छलफल गरी यथाशीघ्र पारित गर्नुपर्नेमा सांसदले जोड दिनुभयो ।

    सरकारले निर्वाचनको जिम्मेवारी पूरा गर्छ र भन्ने आशङ्का भइरहेको बेला समितिमा प्रवेश पाएका विधेयकलाई छिटो निष्कर्षमा पु¥याउन उपसमिति गठन गरेर जिम्मेवारी तोक्नुपर्ने तथा छलफललाई निरन्तरता दिइनुपर्ने सुझाव दिँदै उहाँहरुले निर्वाचनलाई सरकारको नियन्त्रणबाट बाहिर राख्न नसक्दा २५ वर्षदेखि लोकतन्त्रको अभ्यास गरिए पनि स्वतन्त्र, भयरहित र निष्पक्षताको प्रश्न हट्न नसकेको टिप्पणी गर्नुभयो ।

    राजनीतिक दलको आर्थिक गतिविधि र खर्चको विवरण पारदर्शी हुन आवश्यक रहेको बताउँदै सांसदले बनाएका ऐनकानुन कति कार्यान्वयन गर्न सक्छौँ, त्यो पक्षलाई पनि हेक्का गर्न आवश्यक रहेको भनाइ पनि सो अवसरमा आएको थियो । राजनीति भनेको दर्शन र विचारबाट अघि बढ्नुपर्छ भन्दै उहाँहरुले आयोगलाई अधिकारसम्पन्न नबनाएसम्म स्वच्छ निर्वाचन बोलीमा मात्रै सीमित रहने धारणा प्रकट गर्नुभयो ।

    निर्वाचन हुन्छ, त्यसमा कुनै भ्रम नराखौँः गृहमन्त्री

    उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले धेरै छलफल गरेर प्रस्तुत गरेको निर्वाचनसम्बन्धी विधेयक औचित्यपूर्ण रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो–“अहिलेको सरकार छिटो विधेयक पारित गरेर निर्वाचन गर्न चाहन्छ, यसमा कुनै भ्रम नराखे हुन्छ, भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत लोकतान्त्रिक पद्धतिलाई बलियो पार्न खोजिएको छ । आगामी चैत महिनामा स्थानीय तह तथा २०७४ साल माघभित्र बाँकी दुई वटा निर्वाचन गराउने कार्ययोजना रहेको छ, छिटो निर्वाचन कानुन निर्माण गरौँ, संविधान कार्यान्वयन गर्न संविधान संशोधन गर्न आवश्यक छ, संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन हुन्छ ।”

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.