×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सकियो बौद्ध महाचैत्य पुनर्निर्माण

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गत वर्षको भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा

    पुनर्निर्माण सम्पन्न भएको राजधानीको बौद्धस्थित बौद्धनाथ स्तूपा ।तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर

    गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ ।

    अघिल्लो वैशाख १२ गतेको भूकम्पले युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भाग, मण्डला र छ्यार्तेनहरू पूर्ण रूपमा भत्काएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोगबिनै २०७२ जेठ १० गते नै पुनर्निर्माण थालेको थियो । समितिका अनुसार विभिन्न दातृ संस्था र व्यक्तिबाट उठेको २३ करोड रुपैयाँ लागतमा महाचैत्यको पुनर्निर्माण सम्पन्न भएको हो ।

    आउँदो मंसिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणपछिको महाचैत्य उद्घाटन गर्दैछन् । बौद्ध परम्पराअनुसार देवातरण दिवस (लभव दुइछेन) को अवसर पारी महाचैत्य उद्घाटन गर्न लागिएको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जनाए ।

    त्यसअघि मंसिर ३ र ४ गते ङिङमा, गेलुक, काग्यु, शाक्य, बज्रयान र थेरबादी गरी सबै बौद्ध सम्प्रदायका गुरुहरूको उपस्थितिमा शुद्धीकरण पूजा (डुस्याक) र ५ गते प्राण प्रतिष्ठा गरिने लामाले जनाए । ‘सरकारको मुख हेर्नुभन्दा आफ्नै बुतामा पनि गर्न सकिन्छ भन्ने यो उदाहरण हो,’ अध्यक्ष लामाले भने, ‘उद्घाटनकै दिन आय व्याय सार्वजनिक र दातालाई सम्मानसमेत गर्दैछौं ।’

    पाँचांै शताब्दीमा निर्माण भएको मानिने यो विश्व सम्पदा पुनर्निर्माणका लागि ३० किलो सुन जनस्तरबाटै संकलन गरिएको थियो । पुरातत्त्व विभागका प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा सम्पन्न पुनर्निर्माण पुरानै मौलिक शैलीबाट गरिएको छ ।

    समितिका कार्यकारी निर्देशक फुबु याङजी लामाका अनुसार महाचैत्यको पुनर्निर्माणमा पुरानैपन झल्काउन सिमेन्टको सट्टा बज्र प्लास्टर प्रयोग गरिएको छ । यो सिमेन्ट जत्तिकै बलियो हुने परम्परागत प्रविधि हो । काँचो चुन, सुर्खी (इँटाको धूलो) र बालुवा प्रयोग गरी बज्र प्लास्टर निर्माण गरिन्छ । ‘पुरातत्त्व विभागको सिफारिसअनुसार यसो गरेका हौं,’ उनले भनिन् ।

    अध्यक्ष लामाका अनुसार भूकम्पले भत्किँदा महाचैत्यको माथिल्लो भागमा १९ वटा तामाका बन्द बाकस भेटिएका थिए । ती सबै पुरातत्त्व विभागको रोहवरमा लाहछाप लगाई संरक्षणका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो । पुनर्निर्माण क्रममा ती बाकसलाई पनि नखोलीकनै महाचैत्यभित्रै राखिएको लामाले जनाए । ‘३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलोपटक अर्थिङसमेत गरिएको छ,’ उनले भने ।

    बौद्धको पुरानो नाम झ्यारुङ खस्योर हो । बुद्धले निर्वाण प्राप्त गरेको केही समयपछि नै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको बौद्ध मिथक छ । केही बौद्ध अनुयायी स्वयम्भूजस्तै यो महाचैत्य पनि आफैं उत्पत्ति भएको विश्वास गर्छन् । डानियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावलीअनुसार भने यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४-५०५ मा निर्माण गर्न लगाएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.