×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्रोत खुलेको भारतीय नोट साटिन्छ : राष्ट्र बैङ्क

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वास रेग्मी

    काठमाडौँ, कात्तिक २८ गते ।  मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि फैलिँदो छ ।
    कालो धन रोक्ने उद्देश्य राखिएको उक्त घोषणाले भारुमा कारोबार गर्दै आएका नेपाली व्यापारीदेखि सीमा क्षेत्रका सर्वसाधारणलाई अलमलमा पारिदिएको छ ।  मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आफैँ भारतीय नोट सटहीको अनुमतिका लागि भारतीय रिजर्भ बैङ्कको निर्णयको प्रतीक्षामा रहेकाले सटही सुविधा पाउने अथवा नपाउने पिरलो सर्वसाधारणमा यथावत् छ ।  भारतीय बैङ्क तथा एटीएममा नोट साट्ने काम सुरु भइसक्दा पनि नेपालमा यसबारे औपचारिक जानकारी नआउँदा द्विविधा थप बढ्दो छ ।
    नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले भने आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिएको छ ।  नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताउनुभयो ।
    “उता (भारत)बाट हामीसँग भएको भारतीय नोटको जानकारी माग भएको छ”, उहाँले भन्नुभयो, “त्यसै अनुसार हामीले भारतीय नोट रहेका बैङ्क वित्तीय संस्थासँग रकमको विवरण मागेका छौँ । ”
    केन्द्रीय बैङ्कलाई बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच सय र एक हजारका दुई करोड ५२ लाख भारतीय नोट सञ्चित रहेको पाइएको छ ।  त्यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमा गरी ८० लाख भारु प्रचलनमा रहेको तथ्याङ्क राष्ट्र बैङ्कले पाएको छ ।  राष्ट्र बैङ्कले अहिलेसम्म तीन करोड ३६ लाख ९० हजार भारतीय रुपियाँको विवरण पाएको शिवाकोटीले जानकारी दिनुभयो ।  अझै पनि केही बैङ्क तथा वित्तीय संस्थाको शाखाबाट पूरा विवरण नआएकाले २० लाखसम्म रकम बढ्नसक्ने राष्ट्र बैङ्कको अनुमान छ ।
    एक हप्ताभित्र टुङ्गो
    नोटमा प्रतिबन्ध लगाउने विषय भारतीय सरकारको घोषणा भएकाले रिजर्ब बैङ्क आफैँले यसमा निर्णय गर्न नसक्ने कुरा राष्ट्र बैङ्कलाई जानकारी गराइसकेको छ तर नोट सटहीका लागि भारत सरकारले सीमितमात्र समय तोकेको र नेपालभित्र पनि सोही समयभित्रै साट्नुपर्ने बाध्यता रहेकाले अबको एक हप्ताभित्र निर्णय आउनसक्ने प्रतीक्षामा राष्ट्र बैङ्क रहेको छ ।
    भारतीय नोट सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैङ्कले परराष्ट्र, गृह र अर्थ मन्त्रालयलाई समेत जानकारी गराइसकेको छ ।  भारतीय सरकारको निर्णय भएकाले राष्ट्र बैङ्कले नेपालस्थित भारतीय राजदूतावासलाई सरकारी स्तरमा पहलका लागि आग्रह गरिसकेको छ ।
    विगत १४ वर्षदेखि नेपालमा पाँच सय र एक हजारका भारतीय नोट प्रतिबन्ध रहेको र डेढ वर्षअघि मात्र प्रयोगका लागि रिजर्ब बैङ्कले अनुमति दिए पनि राष्ट्र बैङ्क आफैँले भने पाँच सय र एक हजारका नोट प्रयोगमा ल्याएको थिएन ।  यद्यपि रिजर्ब बैङ्कसँगको सहमतिका आधारमा रकम साट्ने प्रयास राष्ट्र बैङ्कको छ ।
    भारतीय रिजर्ब बैङ्कमा गरिएको आग्रह अनुसार सकारात्मक निर्णय प्राप्त भए राष्ट्र बैङ्कले आधिकारिक कागजपत्रका आधारमा वैध रकममात्र साट्ने बताएको छ ।  बैङ्क तथा वित्तीय प्रणालीभन्दा सर्वसाधारणसँग पाँच सय र एक हजारका भारु बढी रहेकाले औपचारिक स्रोत खुलेका रकममात्र साट्न सकिने राष्ट्र बैङ्कका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले
    जानकारी दिनुभयो ।
    उहाँका अनुसार रिजर्ब बैङ्कले यसअघि अनुमति दिएको २५ हजारको सीमाभित्र रहेर नै भारतीय नोट सटहीको सुविधा सर्वसाधारणलाई उपलब्ध गराइनेछ ।  स्रोत नखुलेका र अवैध किसिमबाट नेपाल भित्रिएका भारतीय नोट भने कागजमा परिणत हुनेछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.