×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

जनतालाई अनुभूति हुने सेवा प्रदान गर्न निर्देशन– प्रम दाहाल

  •  
  • शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विराटनगर, कात्तिक २६ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै उहाँले भन्नुभयो – विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस् ।

    प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै गुणस्तरीय कार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्ने छ भन्नुभयो ।

    राष्ट्रिय गौरवका योजनालगायत अन्य महत्वपूर्ण योजनालाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्र निर्माणका लागि सकारात्मक सोचका साथ एक्यबद्ध भएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

    प्रधानमन्त्री दाहालले आपूmले राष्ट्रिय गौरवका योजना र महत्वपूर्ण योजनालाई सम्पन्न गर्नका लागि के समस्या छ भनेर विभागीय मन्त्रीलगायत पदाधिकारीसँग छलफल गरी समस्या समाधानका ठोस कदम उठाउन निर्देशन दिएको उल्लेखगर्दै विकास निर्माणको कार्यमा गति दिई बजेट खर्च बढाउन पनि निर्देशन गर्नुभयो ।

    आपूmले मेलम्ची, सिक्टा सिँचाइ आयोजना, प्यूठानको बाढीग्रस्त क्षेत्र, अपर तामाकोसी, खोटाङ, सङ्खुवासभाको राजमार्ग क्षेत्रको अवलोकन र अनुगमन गरेर ती योजना समयमै सम्पन्न गर्न बढी केन्द्रित हुन समेत निर्देश गरेको उहाँले बताउनुभयो ।

    राजनीतिक दलबीच समझदारी बढाएर सबैको सहमतिमा संविधान कार्यान्यनको काम अगाडि बढाइएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान कार्यान्वयनका साथै तीन तहको निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीले सकारात्मक वातावरण बनाएर कार्य गर्न जरुरी छ ।”

    उहाँले स्वतन्त्र विदेश नीतिलाई आधार बनाएर दुबै छिमेकी मूलुकसँगको सम्बन्ध सन्तुलित रहेको र अन्तर्राष्ट्रिय जगतसँग सन्तुलित सम्बन्ध राखेर सरकार कार्य गरिरहेको बताउँदै शान्ति प्रक्रियालाई अगाडि बढाएको, सेना समायोजनपछि मुलुकमा गुणात्मक रुपमा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको उल्लेख गर्नुभयो ।

    भूमण्डलीकरण र विज्ञान प्रविधिको राम्रो पक्षलाई अङ्गिकार गरी नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीलाई सक्षम बनाउन सरकार अग्रसर रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

    निमित मुख्य सचिव टङकमणि शर्माले विकासको गति सुस्त भएकाले यसतर्फ कर्मचारी अग्रसर हुनुपर्दछ भन्नुभयो ।

    सो अवसरमा मोरङका पमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाका मुख्य समस्याका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.