कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २४ गते । गोरखाको सुदुर उत्तर मानिएको सामागाउँ गाउँ बिकास समितिको साम्दोमा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । स्थानिय समाजसेवीको सहयोगमा एक्मी कम्यूनिकेशन नेटवर्कले त्यहाँ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
गोरखा जिल्लाको केरौजा र विही गाबिसको उच्च पहाडबाट वायरलेस प्रविधिमा आधारीत उत्त सेवा अहिले सामागाउँ गाउँ बिकास समितिमा स्कुल, स्वास्थ्य चौकी र ब्यापारी गरी ४ जनाले प्रयोगमा ल्याएको छ । 
विगतमा पनि उत्त क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरीएको भएता पनि उच्च पहाडमा डिभाइस राख्दा विभिन्न सामाग्रीहरु चोरी हुनाले सेवा प्रभावित हुदै आएको थियो । नेटवर्क सञ्चालक राजेन्द्र प्रसाद न्यौपानेका अनुसार सामागाउँ सम्म नेट चलाउन १५ देखी १६ लाख खर्च भएको बताउनुभयो । 
सबै सामान हामीले गोरखाको आरुघाट बजार देखी मानिस द्वारा सम्वन्धीत स्थानमा पुरयाउनु परेको कारण पनि ठुलो खर्च भएको भन्दै अन्य गाउँमा पनि नेट सेवा विस्तार गर्ने योजना बनाएको बताउनु भयो ।
बिशाल चिनको स्वशासित क्षेत्र तिब्बत संग जोडीएको तथा गोरखाको अन्तिम गाउँ साम्दोका समाज सेवी निमा दोर्जे लामाको पहल जोडीएको नेट सेवाका कारण अहिले उत्त क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटक र स्थानिय सबैलाई सुविधा पुगेको कुरा लामा बताउनु हुन्छ । 
लामाका अुनसार उत्त सेवा लिनका लागि आफुले ४ लाख खर्चेको भन्दै सेवा संगै स्थानियले विदेशमा रहेका आफन्त संग गफ गर्ने देखी नेटबाट पाउने सबै सुविधा प्रयोग गरी रहेकोले आफुलाई यो सेवाबाट सन्तुष्टी रहेको बताउनु भयो ।
३ सय १२ केबिपिसमा नेट चलाएका लामाले मासिक ५ हजार रुपैयाँ तिर्दै आएका छन । सेवा प्रदायक नेटवर्कका सञ्चालक न्यौपानेले भने ५ सय १२ केबिपिसका लागि मासिक ८ हजार १ एमविएका लागि ग्राहकले मासिक १३ हजार भुक्तानी गनु पर्ने बताउनु भयो ।
सुदुर उत्तरको साम्दोमा नेट सेवा
सुदुर उत्तरको साम्दोमा नेट सेवा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



