×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अनुदान रकम दुरुपयोग हुँदा पुनःनिर्माण हुन सकेन

  •  
  • मङ्गलबार, कार्तिक २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मेलम्ची, कात्तिक २३ गते । विनाशकारी भूकम्प गएको १८ महिना बितिसक्दा पनि सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकमा अझै पनि पुनःनिर्माणले गति पाउन सकेको छैन । नेपाल सरकारले भूकम्पपीडितका लागि भनेर दिएकोे पहिलो किस्ताको रु ५० हजार समेत स्थायी आवास पुनःनिर्माणमा प्रयोग नभएकाले पुनःनिर्माणको कार्यले गति पाउन नसकेको हो ।

    अनुदान सम्झौतालगत्तै भूकम्पपीडितका लागि पाएक पर्ने बैंकबाट अनुदान वितरण गरिएको थियो । दसैँको मुखमै अनुदानको रकम वितरण गरेकाले पनि पीडितले अनुदानको लागि पाएको पैसाले दसैँ खर्च चलाउनाले तथा उक्त रकम पुनःनिर्माण प्रयोग नगरी अन्यत्र दुरुपयोग गरेका कारणले पनि पुनःनिर्माण अन्योलमा परेको शेर्माथाङका कर्मतोप्के लामा ह्योल्मोले बताउनुभयो ।

    यसरी पुनःनिर्माणको लागि दिएको अनुदान दुरुपयोग भएका कारण जिल्लाभरिका अधिकांश गाविसमा पुनःनिर्माण हुन सकेको छैन । कतिपयले अनुदानको पहिरो रकम लिएर शौचालय समेत बनाउने गरेको पाइएको छ ।

    भूकम्पले घर, शौचालय दुवै भत्काएपछि जलवीरेका कृष्णबहादुर खड्का शौचालय निर्माणमा आफैँ लागि परे । उनले भने, “बास बस्न पालको छानो छ तर हामीले शौचालय बनाउन महत्वपूर्ण ठान्यौँ ।”

    अहिले सबैको घरमा चर्पी निर्माण भइसकेको छ । अनुदानको रकम सबैभन्दा बढी शौचालय बनाउनमा प्रयोग भएको देखिन्छ । भूकम्पअघि नै खुला दिसामुक्त गाविस घोषणा भइसकेकाले शौचालय निर्माणलाई पहिलो प्राथमिकता दिएको स्थानीय बताउँछन् ।

    यसरी अनुदानको रकम अन्यत्र प्रयोग भएपछि अनुदानको पहिलो किस्ताले निर्माण गर्नुपर्ने स्थायी आवासको पहिलो चरणको जग खन्ने कार्य समेत सुरु नहुँदा सरकारले मापदण्डअनुरुप कार्य नभए दोस्रो किस्ताको रकम समेत उपलब्ध गराउँदैन । यसका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवास निर्माण गरेमात्र दोस्रो किस्ता वितरण गर्ने प्रावधान छ ।

    जिल्लाको हिमाली गाविस हेलम्बु, गुन्सा, किउल, भोताङ, सेलाङलगायतका क्षेत्रमा समेत पुनःनिर्माणको अवस्था चिन्ताजनक छ ।हेलम्बुका गाविस सचिव नारायण पौडेल भन्नुहुन्छ– “सात सय ८२ को सम्झौताका लागि पठाएको मध्ये नाम नमिलेर सात जनाको फिर्ता आएको र अन्यले रकम लिइसकेका छन् । दसँै अघिनै रकम लिएको भए पनि केहीले बाहेक अधिकांशले पुनःनिर्माण गरेका छैनन् । हिउँदको समयमा अब निर्माण हुने पनि पौडेलले बताउनुभयो ।

    त्यस्तै, गुन्सा गाविसका काले गोले भन्नुहुन्छ– “अनुदानको रकम दुरुपयोग भएको छ ।” पुनःनिर्माणका लागि दसैँको समयमा दिएकाले पनि बढी दुरुपयोग भएको उहाँको धारणा छ । पुनःनिर्माण हुन नसक्नु अर्को कारण पनि बताउँदै गोलेले सरकारले बाटोको मापदण्डको कुरा ल्याएको कारणले पनि अन्योल भएको बताउनुभयो । अर्को कुरा इन्जिनियरको पर्खाइको कारणले पनि पुनःनिर्माणले गति लिन नसकेको उहाँको धारणा छ ।

    आफैँ बनाउँदा नमिल्ला मापदण्डअनुरुप नहोला भनेर पनि स्थायी आवास निर्माण गर्न नसकेको स्थानीयको गुनासो छ ।

    रासस

    ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.