×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

  •  
  • सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक २२ गते । नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ ।

    सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई व्यवस्थापन मात्रै गरिएको हो ।

    उपलब्ध विद्युत्लाई व्यवस्थापन गरेकै कारण विद्युत्भार कटौती मुक्त गर्ने अभियान साकार भएको प्राधिकरणले जनाएको छ । यसअघि उपलब्ध विद्युत्को व्यवस्थापनमा सुधार नगरिएका कारण विद्युत्भार कटौतीको सूचना पटक पटक सार्वजनिक गर्नुपरेको थियो ।


    कार्यकारी निर्देशक घिसिङ : लोडसेडिंग हटाउने रणनीतिकार

    काठमाडौँ उपत्यकामा बढी विद्युत् माग हुने साँझको समयमा करिब ३०० मेगावाट विद्युत् आवश्यक पर्छ । मागअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरणले आन्तरिक व्यवस्थापनमा सुधार गरिएको जनाएको छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार विद्युत् उपलब्ध गराउने सरकारको र प्राधिकरणको योजनालाई साकार पार्न आन्तरिक रुपमा व्यवस्थापन गरिएको बताउनुभयो ।

    यही तिहारको लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत् माग भएको थियो । एक हजार ४८५ मेगावाट विद्युत् उक्त दिन माग भएको प्राधिकरणको भारप्रेषण केन्द्रले जनाएको छ । उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको वितरण प्रणाली एकापसमा जोडिएको र वितरणसमेत सहज रहेकाले विद्युत्भार कटौती मुक्त गर्न सहज भएको हो ।

    भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ उपत्यकामा नल्याइए पनि मस्र्याङ्दी करिडोरमा उत्पादित विद्युत् भने सहज रुपमा भित्र्याइएको छ । सो प्रणालीबाट करिब दुई सय मेगावाट विद्युत् आपूर्ति हुने गर्दछ । यस्तै बढी माग हुने साँझको समयमा जगेडा शक्तिका रुपमा रहेको कुलेखानी आयोजना चलाइएको प्राधिकरणले जनाएको छ । साँझको समयको माग तीन सय मेगावाट भएकाले सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ ।

    काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्म उद्योग व्यवसायमा करिब १२ मेगावाट मात्रै विद्युत् खपत हुने गरेको छ । उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गर्ने योजना सफल बनाउन उपत्यकाको वितरण प्रणालीलाई समेत सुधार गरिएको छ । बिग्रिएका र मर्मत गर्नुपर्ने ट्रान्सफर्मर तथा कन्डक्टरलाई समेत सुधार गरिएको छ ।

    प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुष्पकमल दाहालले एकाध समयभित्रै उपत्यकालाई परीक्षणका रुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालय मार्फत प्राधिकरणलाई निर्देश गर्नुभएको थियो । आजमात्रै प्रधानमन्त्री दाहालले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बोलाएर तत्काल विद्युत्भार कटौतीमुक्त कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

    प्रधानमन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले परीक्षणका रुपमा उपत्यकामा विद्युत्भार कटौतीमुक्त गर्ने अभियान सुरु भइसकेको र त्यसलाई केही समयपछि पूर्णता दिइने बताउनुभयो ।

    ऊर्जा मन्त्री जनार्दन शर्मा उपत्यकापछि क्रमशः मुलुकलाई नै विद्युत्भार कटौती मुक्त गर्ने कार्ययोजना अगाडि बढाइएको बताउनुहुन्छ । आगामी हिउँदमा भारतबाट थप २५० मेगावाट विद्युत् ल्याउने पहल भइरहेको छ । त्यसका लागि धनुषाको ढल्केबरका सवस्टेसनको काम युद्धस्तरमा अगाडि बढिरहेकाले आगामी पुस मध्यसम्ममा उक्त सवस्टेसनको काम सम्पन्न हुनेछ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सवस्टेसनको काम दुई तीन महिनामा सम्पन्न गर्नुपर्दा अलिक गाह्रो भए पनि सफल हुने कार्यकारी निर्देशक घिसिङ बताउनुहुन्छ ।

    काठमाडौँ उपत्यकामा थप विद्युत् ल्याउन खिम्ती ढल्केबर प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ भने थानकोट मातातीर्थ–हेटौँडा प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै उपत्यकामा सुधार गर्नुपर्ने वितरण प्रणाली तथा अन्य प्राविधिक विषयलाई समेत सुधार गर्ने प्राधिकरणको योजना छ ।
    यस्तै चुहावट नियन्त्रण तथा बक्यौता रकम उठाउने कामलाई समेत निरन्तरता दिने र निर्माणमा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्नेसमेत प्राधिकरणले तयारी गरेको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.