×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

 तरकारीबाट करोडको आम्दानी

  •  
  • सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    चन्द्र कार्की, तेह्रथुम
    तेह्रथुमको लालीगुराँस नगरपालिका चित्रेका किसान आफूले रोपेको बन्दा भारतीय बजारतर्फ पठाउने तयारी गर्दै ।तस्बिर : चन्द्र/कान्तिपुर
    व्यापारीले आफ्नो उत्पादन थोरै मूल्यमा खरिद गरी धेरै नाफा खाएर बेच्ने गरेकाले किसानले उनीहरूलाई नदिने निर्णय गर्दै सहकारी सञ्चालन गरे

    कार्तिक २२, २०७३- डेढ दशकअघि बेमौसमी बन्दा खेती सुरु गर्दा लालीगुराँस नगरपालिका ४ चित्रेका ४६ वर्षीय किसान श्याम गुरुङसँग लगभग १ लाख रुपैयाँको सम्पत्ति थियो । बन्दाको व्यावसायिक खेतीपछि उनको सम्पत्ति १ करोड ५० लाख रुपैयाँ बढी पुगेको उनले बताए । तरकारी बजारमा पुर्‍याउन ट्याक्टर र ट्रक आफैंले खरिद गरेका छन् । उनी उत्पादन आफैं भारतीय बजारमा पुर्‍याउने यस क्षेत्रकै अगुवा कृषकसमेत बने ।

    चित्रेसँगै जोडिएको धनकुटा मूर्तिढुंगा ९ का ५६ वर्षीय जगत काफ्ले १५ वर्षअघि जंगलमा गाउँलेको आरा लाउने काम गर्थे । यस कामले परिवार पाल्न मुस्किल परेपछि उनले पनि पाखोबारीमा व्यावसायिक रूपमा बेमौसमी बन्दाको खेती सुरु गरे । अहिले उनीसँग दुईवटा ट्रक छन् ।

    झापामा एक बिघा खेती छ । पहाडमा बन्दा खेतीका लागि ३० रोपनीभन्दा बढी जग्गा जोडेका छन् । यो सम्पूर्ण सफलताको श्रेय उनलाई सेमौसमी बन्दाले नै दिएको हो ।

    चित्रेकै अर्का किसान होम रायमाझी बन्दा खेती सुरु गरेको १४ वर्षमा तीनवटा गाडीका मालिक बनेका छन् । बन्दा खेतीबाट भएको आम्दानीले उनले ट्रक, ट्याक्टर र मोटरसाइकल जोडेका हुन् । खेतीका लागि जग्गाजमिन पनि प्रशस्त किनेका छन् । चित्रेकै अर्का युवा किसान पोष्टराज रायमाझी पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने किसानको सूचीमा पर्छन् । उत्पादित तरकारी बजारसम्म पुर्‍याउन उनले पनि ट्याक्टर र ट्रक किनेका छन् । दु:खले परिवार पाल्ने किसानलाई बन्दा खेतीले छोटै समयमा करोडको मालिक बनाएको छ ।

    बन्दा खेतीबाट लालीगुराँस नगरपालिका, मूर्तिढुंगा, मारेककटहरे, परेवादिन, तामाफोकलगायत गाविसमा लखपती हुने किसानको सूची निकै लामो रहेको वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताए । चित्रेका किसान गुरुङले यो वर्ष मात्र रायोको साग, आलु, हरियो मटरकोसा, काउली र बन्दा बेचेर १० लाख रुपैयाँभन्दा बढीको आम्दानी गरेको बताए । बेमौसमी बन्दालगायत अन्य तरकारीे खेतीमा लागेका यहाँका प्रत्येक किसानले सिजनमा २ लाखदेखि १४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ ।
    बेमौसमी बन्दा मात्र यति सजिलै किसानको जीवनमा कायापलट ल्याउने माध्यम बनेको भने होइन, यसका लागि किसानले मेहनत त गरेका छन् नै, आफ्नो उत्पादन आफैं बजारमा पुर्‍याउने सफल नीति पनि अवलम्बन गरेका छन् ।

    व्यापारीले आफ्नोउत्पादन थोरै मूल्यमा खरिद गरी धेरै नाफा खाएर बेच्ने गरेकाले किसानले आफ्नो उत्पादन त्यस्ता व्यापारीलाई नदिने निर्णय गर्दै सहकारी पनि सञ्चालनमा ल्याएका छन् । जसले यस क्षेत्रमा उत्पादन हुने बन्दालाई सोझै भारतीय बजारमा पुर्‍याउने गरिरहेका छन् ।

    सहकारी संस्था सञ्चालनमा ल्याएपछि किसानले आफ्नो उत्पादन व्यापारीलाई दिन छोडेका छन् । सहकारी संस्थामार्फत बन्दा बिक्री गर्दा तौलमा नठगिने र मूल्य पनि बढी पाइने गरेको किसान रायमाझीले बताए ।

    तेह्रथुमसहित धनकुटा र संखुवासभाका हजारौं किसान व्यावसायिक रूपमा बन्दाको खेतीमा लागेपछि डेढ दशकको अवधिमा यहाँका ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि भएको छ । तरकारी खेतीबाट आर्थिक उपार्जन हुन थालेपछि बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार गर्ने किसानको संख्या बढेको वसन्तपुर बजारस्थित माउन्ट मकालु डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत कुमार खड्काले बताए । व्यावसायिक तरकारी खेतीले किसानको वित्तीय पहँुच बढाएको उनले बताए ।

    तेह्रथुमसँग सीमा जोडिएको धनकुटाको सिंधुवा बजारको बाटो भएर सिजनमा दैनिक ३५ ट्रक बन्दालगायत अन्य तरकारी भारतीय बजारतर्फ जाने गरेको सिंधुवा बहुउदेशीय सहकारी संस्थाले जनाएको छ । यी क्षेत्रमा वर्षको नौ महिना बन्दालगायत अन्य ताजा तरकारीको उत्पादन र बिक्री हुन्छ । यो अवधिमा किसानले ४ करोड भारतीय रुपैयाँ भित्र्याउने गरेको सिंधुवा कृषि भण्डारका प्रबन्ध निर्देशक मेघेन्द्र गुरुङले बताए । यहाँको बन्दा भारतीय बजार सिलगुढी र कलकत्तासम्म पुग्ने गरेको उनले बताए ।

    विशेषगरी तरकारी, अचार, मम, सलादलगायतका खाद्य परिकार बनाउन प्रयोग गरिने बन्दाको व्यावसायिक खेतीमा २० हजारभन्दा बढी किसान संलग्न रहेको कृषि कार्यालयले जनाएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.