×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

एटीएम प्रयोगकर्तालाई प्रहरीको अनुरोध- तत्काल पिनकोड परिवर्तन गर्नुहोस्

  •  
  • सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केपी ढुंगाना, काठमाडौं

    कार्तिक २२, २०७३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकको एटीएम चलाउने सम्पूर्ण ग्राहकलाई तत्काल पिनकोड परिवर्तन गर्न आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।

    अर्काको एटीएमको पिन र पासवर्ड चोरेर पैसा निकाल्ने तीन रोमानियनलाई सिआइबीले पक्राउ गरेको छ । जिता हुजुन, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइनलाई सिआइबीले पिनकोड र पासवर्ड परिवर्तन गर्न प्रयोग गर्ने सामाग्री सहित आज सार्वजनिक गरेपछि नेपालको एटीएम असुरक्षित रहेको भन्दै प्रहरीले सबै एटीएम प्रयोगकर्तलाई पिनकोड परिवर्तन गर्न भनेको हो ।

    ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘समातिएका तीनजनाबाट नेपालका एटीएमको पिनकोड अन्तर्राष्ट्रिय गिरोहमा पुगिसक्यो । त्यसैले जतिसक्दो चाँडोभन्दा चाँडो आफ्नो एटीएम पिननम्बर चेन्ज गर्नुहोला ।’

    नेपालमा अहिले ३५ लाख एटीएम प्रयोगकर्ता रहेको सिआइबीको तथ्याङ्क छ । ती मध्ये अधिकांशको पिनकोड चोरी भएको डीआईजी सिलवालले बताए । उनले भने, ‘संगठित स्वरुपमा पिनकोड चोर्ने देखिएको छ । यो भन्दा पहिला विदेशमा विदेशीको पिनकोड चोरेर नेपाल आएर पैसा झिक्ने गर्थे । तर अहिले नेपाल आएर नेपालीको एटीएमको पिनकोड चोरेर नेपालीकै पैसा झिक्न थाले ।’

    पक्राउ परेका तीनजनाबाट व्युरोले ३ लाख ८ हजार रुपैयाँ, १ हजार युरो, ३ सय ५३ वटा एटिएक, हिडन् क्यामेरा, नक्कली एटीएम नम्बर किप्याड, कार्ड पर्सनलाइजेसन मेसिन लगायतका सामाग्री बरामद गरेको छ ।

    उनीहरुले दरबारमार्ग, ठमेल, बसन्तपुर लगायतका पर्यटकीय क्षेत्र र आसपास रहेका एटीएमबाट पैसा निकाल्ने गरेका थिए । उनीहरु १ महिनाअघि पर्यटकीय भिसामा आएका थिए ।

    चोरीको पैसाले २५ लाखको घडी

    पक्राउ परेका तीनजनाले एटीएमबाट झिकेको पैसा महँगा लुगा, गहना, ग्याजेट्स किन्ने गरेको फेला परेको छ ।

    तीमध्ये एकजनाले हबलोड स्विस कम्पनीको २५ लाख पर्ने घडी किनेको फेला परेको डीआईजी सिलवालले बताए । उनले भने, ‘नेपाली रुपैयाँ साटेर डलर लैजाँदा शंका हुनेभएपछि उनीहरुले महँगा-महँगा सामान नेपालमा किन्ने र उता लगेर बेच्ने गरेको देखियो ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.