×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पत्रकारको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनमा चुनौती

  •  
  • सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक २२ गते । “सूचना विभागमा प्रेस परिचयपत्र बनाउन जाँदा न्यूनतम पारिश्रमिक तलब खुलाएको नियुक्तिपत्र पेस गर्नुपर्छ, मेरो सञ्चार गृहले तोकिएभन्दा कम तलबसहितको नियुक्तिपत्र दिएकाले मैले सिंहदरबार छिर्ने प्रेस पास बनाउन पाएको छैन ।’’

    एक निजी टेलिभिजनमा कार्यरत पत्रकारको यो गुनासो अन्य पत्रकारका सन्दर्भमा पनि मिल्छ । सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० अझै पनि धेरै सञ्चार माध्यममा दिन थालिएको छैन तर पनि पत्रकारहरुले खुलेर त्यो कुरा भन्न सक्दैनन् । सायद, उनीहरुलाई जागिरको सुनिश्चितता पनि चाहिएको छ ।011

    नाम उल्लेख नगर्न आग्रह गर्दै अर्का फोटो पत्रकारले भन्नुभयो – “के गर्ने मैले न्यूनतम पारिश्रमिक पाएको छैन, भनेर कतै उजुरी गरौँ भने फेरि पाइरहेको रु १४ हजारको जागिर पनि जाला कि भन्ने डर छ ।”

    यी दुई पत्रकारको गुनासो सुन्दा सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको हकमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा जटिलता र चुनौती देखिन्छ ।

    सूचना तथा सञ्चार मन्त्रालयले भने न्यूनतम पारिश्रमिक नपाएको बारे अहिलेसम्म कहीँकतैबाट उजुरी वा गुनासो नआएको हुँदा सबै सञ्चारमाध्यमले कार्यान्वयन गरेको हुनुपर्ने विश्वास व्यक्त गरेको छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारी स्वामित्वका सञ्चारमाध्यममा पूर्ण रूपमा न्यूनतम पारिश्रमिकको निर्णय लागू भएको र निजी सञ्चारमाध्यमले पालना गरेको जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिले न्यूनतम पारिश्रमिक कतिपय सञ्चार प्रतिष्ठानले कार्यान्वयन गरे पनि समग्रमा कार्यान्वयन हुन नसकेको जनाउँदै आएको छ ।

    “हाम्रो जानकारीमा आएअनुसार केही मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गरेका छन्, लागू नभएका उजुरी वा गुनासा पनि आएका छन्, कार्यान्वयन भए÷नभएको बारे केही दिनभित्रै महासङ्घले अनुगमन गर्नेछ” – महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भन्नुभयो ।

    समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो ।

    नेपाल मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले सरकारले तोकेको न्यूनतsdfdfsdम पारिश्रमिक कुनै पनि हिसाबले व्यावहारिक नभएका कारण त्यसलाई मान्यता दिएर कार्यान्वयन गर्ने आवस्था नरहेको तर्क राख्नुभयो ।

    समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियामा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २०६६ सालमा रु सात हजार २००, २०६८ सालमा रु १० हजार ८ तोेकेको थियो । चार वर्षपछि समितिले न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० र एक हजार (सञ्चार खर्च) सिफारिस गरेको थियो ।

    ऐन कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवि पत्रकारका लागि रु १९ हजार ५००, राष्ट्रिय मिडियाका श्रमजीवि कामदार÷कर्मचारीका लागि रु १४ हजार ४०० न्यूनतम पारिश्रमिक निर्धारण गरिएको नेपाल राजपत्रमा प्रकाशित छ ।

    त्यसैगरी अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवि पत्रकारका लागि रु १४ हजार १००, अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवि कामदार÷कर्मचारीका लागि रु १२ हजार ५०० तोकिएको छ ।

    ‘आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको हकमा न्यूनतम पारिश्रमिकको सट्टा कार्य घन्टा र करारबमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गर्ने राजपत्रमा उल्लेख छ ।

    समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक लागू नभएकोबारे समितिमा कम उजुरी आएको र त्यसकै आधारमा समितिले हप्ता दिनपछि सबै प्रतिष्ठानमा अनुगमन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले पनि श्रमजीवी पत्रकारको पेसागत हकहितको संरक्षणका निम्ति श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएको छ ।

    पारिश्रमिक पूर्णरूपमा कार्यान्वयनका लागि पत्रकार महासङ्घ र अन्य सरोकारवाला सङ्घसंस्थाले समेत जोडदार पहल गर्नुपर्ने सचिव थपलियाको भनाइ छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.