×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुढीगण्डकी आयोजना: मुआब्जा केही दिनमै

  •  
  • आइतबार, कार्तिक २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    बुढीगण्डकी आयोजनाको जलासय निर्माण गर्दा १ लाख ३० हजार रोपनी भन्दा वढी जग्गा डुबानमा पर्ने बताइन्छ

    प्रस्तावित १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम अबको १० दिनभित्रबाट शुरु गरिने अधिकारीहरुले बताएका छन्।

    निर्माण पूरा भएपछि देशकै ठूलो जलाशययुक्त आयोजना हुने यो जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम निकै चुनौतीपूर्ण मानिएको थियो।

    जग्गा वर्गिकरणको काम भइसकेकोले यसै महिनाको अन्तिमबाट मुआब्जा वितरण कार्य शुरु हुने मुआब्जा निर्धारण समितिका अधिकारीहरुले बताएका हुन्।

    तयारी

    हामीले दशैं अगाडि नै मुआब्जा दिने योजना बनाएका थियौं । त्यो सकिएन। अब हाम्रो लक्ष्य मंसिर लाग्न अगाडि नै वितरण शुरु गर्ने हो

    विश्वप्रकाश सुवेदी, संयोजक, मुआब्जा निर्धारण समिति

    बुढीगण्डकी नदी किनारमा रहेका धादिङ र गोरखाका व्यक्तिको नाममा रहेको झन्डै ६७ हजार रोपनी जग्गाको मुआब्जा वितरणका लागि प्रक्रिया शुरु हुन लागेको मुआब्जा निर्धारण समितिका अधिकारीहरुले बताएका छन्।

    झन्डै एक वर्ष लगाएर मुआब्जा वितरणको वर्गीकरण प्रणाली तयार पारिसकेको बताउँदै मुआब्जा निर्धारण समितिका संयोजक तथा धादिङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुबेदीले भने, “हामीले दशैं अगाडि नै मुआब्जा दिने योजना बनाएका थियौं । त्यो सकिएन। अब हाम्रो लक्ष्य मंसिर लाग्न अगाडि नै वितरण शुरु गर्ने हो।”

    आयोजना विकास समितिले मुआब्जा वितरण गर्नका लागि ११ तरिकाले जग्गा वर्गीकरण गरिसकिएको बताएको छ।

    वर्गीकरण गरेका खेत, बारी, सडकसंग जोडिएका जग्गा, र बैकल्पिक सडक जोडिएका जग्गालाई कति रकम दिने भन्ने अहिलेसम्म निर्णय भएको छैन। तर त्यो छिट्टै नै गरिने तयारी भएको छ

    गोपाल बस्नेत, कार्यकारी निर्देशक, बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति

    तर कस्तो वर्गीकरणको जग्गालाई कति रकम दिने भन्ने निर्णय भने हुन बाँकी नै रहेको बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए।

    पुनर्स्थापना

    उनले भने, “वर्गीकरण गरेका खेत, बारी, सडकसंग जोडिएका जग्गा र वैकल्पिक सडक जोडिएका जग्गालाई कति रकम दिने भन्ने अहिलेसम्म निर्णय भएको छैन। तर त्यो छिट्टै नै गरिने तयारी भएको छ।”

    प्रस्तावित १२ सय मेगावाट क्षमताको यो जलविद्युत आयोजना निर्माण गर्दा गोरखा र धादिङका २७ गाँउका ३५ सय बढी घरपरिवार विस्थापित हुने बताइएको छ।

    उनीहरुको पुनर्वास र पुनर्स्थापनाका लागि ६१ अर्ब रुपैँया खर्च हुने अनुमान गरिएको छ।

    तर हाल सरकारले मुआब्जा वितरणको लागि ५ अर्ब रुपैँया मात्र छुट्याएको छ।

    बाँकी रकमका लागि सरकारको उच्च तहबाट बाचा दिइसकेकोले त्यसमा समस्या नहुने विश्वास आयोजनाका अधिकारीहरुको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.