×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तराईमा सुरु भयो छठको रौनक

  •  
  • शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    छठपूजाका लागि सजाइएको वीरगन्जको घडीअर्वा पोखरी परिसरको छठघाट । तस्बिरः क्रान्ति शाह

    छठ पर्व विधिवत रुपमा सुरु

    क्रान्ति शाह

     वीरगन्जः निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व शुक्रबारदेखि विधिवत सुरु भएको छ ।सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व शुक्रबार विधीवत सुरु भएको हो ।

    कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात् शुक्रबारको दिनलाई नहाए खाए (नुहाउने खाने) दिन पनि भन्ने गरिन्छ ।

    छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुले खोला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भइ बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन् ।

    छठको दोश्रो दिन शनिवार अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर (रसीआव) तथा गहँुको रोटी प्रसादका रुपमा पकाउँछन् ।

    उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् ।

    छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । त्यस दिन ब्रतालु मलिाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र दोस्रोदिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सकिन्छ ।

    छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिने गरिन्छ । अर्घ दिनका लागि ब्रतालुले गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गर्छन् । यस्तै मुला, गाजर, बेसारको हरियो बोट, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उँखु , बोडीलगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।
    अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भवानको पूजा गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।

    तराईमा छठ पूजाको तयारी तिब्र
    पर्सा, बारालगायत तराईका जिल्लामा छठ पूजाको तयारी भइराखेको छ । कात्तिक २१ गते आइतबार परेको छठ पूजाका लागि मध्यतराईका जिल्लामा छठी घाटमा सरसफाई, सजावट र व्यवस्थापनका काम तिब्र बनाइएकोछ । वीरगन्जको घडीअर्वा पोखरी, स्वीमीङ पुल परिसर, रानीघाट, छपकैया, नगवा, मुर्ली, पिपरा गरि दुई दर्जन स्थानमा छठघाट बनाइएको छ ।

    यस्तै पर्साको ग्रामीण क्षेत्रका रामगढवा, पोखरीया, बहुअरी, भिस्वा, लंगडी, सेढवा, धोरे, विन्दवासीनी लगायतका गाँउमा रहेका पोखरी, तलाउ र नदी छेउमा पनि छठघाटको सजावटको काम भइरहेको छ ।
    मुलुकमै छठपूजाका लागि ख्याती कमाएको वीरगन्जको घडीअर्वा पोखरी परिसरमा छठघाट सजाउने काम विशेष रुपमा भइरहेको छ।

    घडीअर्वा पोखरी छठघाटमा पन्डाल, बिजुलबत्ती र फूलको सजावटमा मात्रै यसपाली ११ लाख ५० हजार रुपैयाँ खर्च गरिएको घडीअर्वा छठपूजा व्यवस्थापन समितिका सचिव मनोहर साहले बताए । विगतका वर्षहरु भन्दा यसपाली अझ व्यवस्थित र सुन्दरतका साथ छठघाटलाई सजाउने काम भइरहेको सचिव साहले बताए ।

    घडीअर्वा छठघाटामा आइतबार साँझ र सोमबार बिहान गरि करिब दुई लाख ५० हजार भक्तजन र दर्शनार्थी आउने अनुमान गरिएको समितिका अध्यक्ष बाल्मिकी साहले बताए । छठका ब्रतालु मात्रै चार हजार दुई सय जति यहा आएर छठी माता र सूर्य भगवानको पूजाअर्चना गर्छन’्, उनले भने,‘त्यस्तै यो छठघाटको मनमोहक सजावट र छठमाताको दर्शन गर्न अढाई लाख भक्तजन र दर्शनाथी आउने गर्छन् ।

    छठपूजाका दिन घडीअर्वा छठघाटमा आउने भक्तजन र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी एक सय १५, सशस्त्र प्रहरी ७५ र घडीअर्वा स्पोटर्स क्लबका ८० जना स्वयंसेवक परिचालन गर्ने गरि योजना बनाइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । घडीअर्वा छठको चार वटै प्रवेशद्वारमा गरि आठ वटा सिसिटिभी क्यामेरा जडान गरिने उनले जानकारी दिए ।

    annapurnapost.

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.