×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाल्पा, कात्तिक १८ गते । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसँै–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ ।

    विशेषगरी दसँैतिहारका बेला अदुवाको राम्रो मूल्य हुने गर्दथ्यो तर यसपालिको दसँैमा अदुवाको मूल्य झनै ओरालो लागेको किसानको भनाइ छ । पाल्पा मुभुङ्ग अदुवा सङ्कलन केन्द्रका सञ्चालकका अनुसार नयाँलाई प्रतिकिलो २० रुपैयाँ, पुरानोलाई प्रतिकिलो ५० रुपैयाँभन्दा कम मूल्य रहेकोले किसानलाई निकै मर्का परेको बताउनुहुन्छ । रु सयभन्दा बढी मूल्यमा खरिद गरी अदुवा रोपेका किसानलाई अहिले अदुवाको भाउ घटेपछि निकासी हुन सकेको छैन ।

    अदुवाको मूल्य राम्रो नभएपछि किसानले अदुवा बारीबाट समेत खनेका छैनन् । जिल्लाका पश्चिम भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादी मुभुङ्ग, छहरा, सोमादी, भुवनपोखरी लगायतका गाविसबाट ठूलो मात्रामा अदुवा भारत निकासी हुने भएपनि यसपालि अदुवाको बजार राम्रो नभएपछि अदुवा किसानको बारीमा नै रहेको छ ।

    भारतीय बजारमा अदुवाको निकासी हुने भए पनि यसपालि भारतीय बजारमा अदुवाको माग कम भएकाले नेपालमा उत्पादित अदुवाले बजार पाउन सकेको छैन । अदुवालाई सुकाएर सुठो बनाउन सकेको अवस्थामा आम्दानी राम्रो हुने थियो । मुभुङ्ग–७ का जङ्गबहादुर आलेका अनुसार अदुवाको मुल्य राम्रो नभएकाले अदुवा अझै बारीमा नै रहेको बताउनुहुन्छ । पैसा राम्रो नभएपछि बारीमा रहेको अदुवा खनेर बेच्दा खरिद मूल्यसमेत नउठ्ने किसानको भनाइ छ ।

    पाल्पाको पश्चिम भेगमा सङ्कलित अदुवा जिल्लाको दोभान गाविसको प्रमुख सङ्कलन केन्द्रमा सङ्कलन गरी भारत निकासी हँदै आएको छ । बजारमा अदुवाको मूल्य न्यून रहेपछि अदुवा सङ्कलन हुन समस्या भएको अदुवा सङ्कलन केन्द्रका सञ्चालक बताउँछन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.