×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

मुखर्जीलाई दिएको ‘एकदिने छुट्टी’ले छठसम्म हान्यो

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     दुई दिनसम्म सरकारको काम, कहिले जाला घाम !

    १८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जी नेपाल आउने दिन बुधबार सरकारले सार्वजनिक विदा दियो । तर, यो एकदिने विदाले छठसम्म असर पार्ने देखिएको छ । एक दिनको विदाले तीन दिनसम्म सरकारी कार्यालयहरु नचल्ने अवस्था सिर्जना भएको छ ।

    आज बिहीबारदेखि सरकारी विदा सकियो भनेर तपाई ढुक्क नहुनोस् । यदि तपाई सार्वजनिक विदा छैन भनेर सेवाका लागि राजधानीका कुनै सरकारी कार्यालयमा जाँदै हुनुहुन्छ भने विचार गर्नुहोला, कार्यालय त खुल्छ, तर त्यहाँसम्म पुग्नका लागि तपाईलाई सकस पर्न सक्छ । एकदिने विदासँगै कर्मचारीहरु पनि आ…. छठपछि आइन्छ भन्दै घरतिर लागेका पनि हुन सक्छन् ।

    सरकारले तिहारका लागि कात्तिक १४ देखि १६ गतेसम्म विदा दिएको थियो । भाइटीकाको भोलिपल्ट कात्तिक १७ गते भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षा व्यवस्थापनका लागि भन्दै सरकारले थप विदा घोषणा गर्‍यो ।

    त्यसपश्चात बिहीबार र शुक्रबार पनि मुखर्जीको सवारी हुने हुँदा राजधानी प्रभावित हुँदैछ । र, त्यसपछि आउने आइतबार पनि सरकारी कार्यालय बन्द हुनेछन् । आइतबार सरकारले छठ पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

    यसरी तिहारका लागि कात्तिक १४ गतेबाट शुरु भएको विदा कात्तिक २१ गतेसम्म जर्वजस्त तानिएको छ । सरकारले मुखर्जी आउँदा एक दिन विदा नदिएको भए सेवाग्राहीहरुले कात्तिक १७ देखि १९ गतेसम्म आफ्नो सेवा लिन पाउने थिए ।  योवीचमा मुखर्जीको भ्रमणका लागि सरकारी विदा नदिएको भए तीन दिन कार्यालय सञ्चालन हुने थिए । तर, सरकारले एक दिन विदा दिँदा बाँकी दुई दिनमा समेत त्यसको प्रभाव पर्‍यो ।

    यसले गर्दा आम नागरिकले कात्तिक २२ गतेअघि सरकारी कार्यालयबाट सेवा लिन लगभग कठिन देखिएको हो ।

    राष्ट्रपति मुखर्जीको सुरक्षाका नाममा बिहीबार पनि राजधानीका मुख्य सडकहरुमा अधिकांश समय अघोषित कर्फ्यू लाग्नेछ । यो स्थितिमा विदेश यात्राका लागि विमानस्थलसम्म पुग्नुपर्ने वा श्रम स्वीकतिका लागि वैदेशिक रोजगार विभागसम्म पुग्नुपर्ने युवाहरु सबैभन्दा बढी मारमा पर्नेछन् ।

    त्यस्तै दुई दिनभित्र सरकारी डकुमेन्ट बनाइसक्नुपर्ने बाध्यतामा रहेका सेवाग्राहीहरु बढी मारमा पर्नुपर्ने अवस्था छ । राजधानीमा सबैभन्दा बढी गाडीको चाप हुने सडकहरु खाली गरिँदा स्वभाविकरुपमा त्यसको मार अन्य साना सडकहरुमा पनि पर्न जान्छ । यसले गर्दा दिनभरि नै राजधानीको जनजीवन प्रभावित हुने पक्कापक्की छ ।

    बाटो जामका कारण अधिकांश कार्यालयमा कर्मचारीहरु पुग्नै गाह्रो हुन्छ । यदि कर्मचारी पुगिहाले भने पनि सेवाग्राहीको अभावमा काम हुने सम्भावना कमै हुन्छ । यसवीचमा मधेसी समुदायका कर्मचारीहरु यही मौकामा कार्यालय छाडेर छठ मनाउन घरतिर लाग्ने भएकाले विहीबार र शुक्रबार सरकारी कार्यालयमा तपाईले सोचेको काम नहुन सक्छ । यो दुई दिनमा काम भएन भने तपाईले सोमबारसम्म पर्खनुपर्ने हुन्छ ।

    मुखर्जी शुक्रबार जनकपुर र पोखरा जाने भएकाले राजधानीमा जस्तै त्यहाँको सवारी आवत-जावतमा पनि प्रत्यक्ष प्रभाव पर्नेछ । र, त्यसको प्रभाव सरकारी कार्यालयको नियमित काममा पनि पर्न सक्छ ।

    शुक्रबार मुखर्जी दिल्ली र्फकने कार्यतालिका छ । त्यो दिन पनि राजधानीमा ट्राफिक व्यवस्थापन भद्रगोल हुने निश्चित छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.