×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सत्तामा पुगेपछि प्रचण्ड पनि पण्डित भएः महन्थ ठाकुर

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १८ कात्तिक, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सत्तामा गएपछि सबै पण्डित हुने बताएका छन् । साथै उनले कात्तिक मसान्तभित्र दर्ता हुने भनिएको संविधान संशोधन प्रस्ताव कस्तो आउँछ भन्ने आफूहरुलाई थाहा नभएको बताए ।

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जारी नेपाल भ्रमणको सन्दर्भ पारेर नेपाल-भारत सम्वन्धबारे बुधबारदेखि राजधानीमा दुई दिने सम्मेलन चलिरहेको छ । र, सम्मेलनको एक छलफलमा सहभागी मधेसी मोर्चाका नेता समेत रहेका ठाकुरले धेरै देशमा लोकतान्त्रिक स्वरुप रहेको तर, त्यसले गर्नुपर्ने काम नभएको बताए ।

    उनले भने, ‘देश त स्वतन्त्र छ । तर, आफ्नो अधिकारका लागि किन उनीहरु (मधेसी)ले मर्न परिरहेको छ ? के जनता पनि स्वतन्त्र छ ?’

    प्रधानमन्त्री प्रचण्डले पनि समावेशीताका लागि संघर्ष गरेको भन्दै उनले भने, ‘तर, सत्तामा गएपछि सबै पण्डित हुन्छन् । र, पण्डितले कहिल्यै पनि समानताको कुरा गर्दैन ।’

    समावेशीताको सिद्धान्त त रहेको तर, व्यवहारमा नभएको ठाकुरको विश्लेषण थियो ।

    जसले समावेशीताको सिद्धान्त बनाए, उनीहरुले नै जेष्ठता, श्रेष्ठता, जाति, धर्मका नाममा हुने विभेद रोक्न नसकेको भन्दै उनले भने, ‘किन रोक्न सकेनन् ? किनकी जब विशेषअधिकार पाउने स्थानमा गए, उनीहरुले केही गरेनन् ।’

    गीतामा दुःख परेकाहरुलाई यो पूर्व जन्मको कर्मको फल भन्ने गरेको स्मरण गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने, ‘हाम्रा शासकहरु पनि पुरै पण्डित बनेका छन् । जनतालाई भएको कष्ट हटाउन आएको भन्छन् । तर, आएपछि सबै (बाचा) भुल्छन् ।’

    उनले नेपालको निजामती प्रशासनदेखि न्यायालय कुनै पनि संयन्त्र समावेशी नभएको बताए ।

    लोकतन्त्र भएपनि शासन प्रशासनमा मधेसी समुदायलाई अझै ढोका बन्द रहेको भन्दै उनले भने, ‘यदि उसको एटिच्युड अफ माइन्ड त्यस्तो रहेसम्म पछाडि पारिएको समुदायले केही पाउँदैनन् । उसले आफ्नै समुदायकै लागि मात्र काम गर्छ ।’

    उनले अघि भने, ‘गोली चलाउनु पर्‍यो भने घुँडाभन्दा मुनी हान्नुपर्छ, त्यो पनि चेतावनी दिएर । तर, हाम्रो आन्दोलनमा ८० प्रतिशतभन्दा धेरैलाई कम्मरभन्दा माथि गोली हानिएको छ । किन यस्तो भयो ? कहिल्यै सोच्नु भएको छ ? किनकी अलग-अलग समुदाय छ र जसमाथि गोली चल्यो, उनीहरु पीडित समुदाय हुन् ।’

    ‘माग सम्बोधन नभए सन्तुष्ट हुन्नौं’

    तमलोपा अध्यक्ष ठाकुरले ९० प्रतिशतले संविधान बनाएको भनिए पनि कार्यान्वयन हुन नसकेको बताए । प्रक्रिया निलम्बन गरेर संविधान बनाइएको भन्दै उनले भने, ‘जतिबेला ड्राफ्ट बन्यो, त्यसबेला नै विरोध भएको थियो । तर, जारी भयो । अहिले संविधान कहाँ कार्यान्वयन भएको छ ? सबै व्यवस्था अन्तरिम नै छ ।’

    आफूहरुको मागअनुसार संविधान संशोधनका लागि प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्छु भनेको उनले बताए ।

    उनले भने, ‘तर, कस्तो प्रस्ताव आउँछ, हामीलाई थाहा छैन ।’ सरकारले ल्याएको संविधान संशोधनले आफूहरुको माग सम्बोधन नभए असन्तुष्टि कायमै रहने उनले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.