×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भीभीआईपी उडानले आकासमै ट्राफिक जाम

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्केच

    राजु बास्कोटा

    काठमाडौंः भारतीय राष्ट्रपछि प्रणव मुखर्जीको बुधबार दिउँसोको नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको छ । आन्तरिक र बाह्य उडानका वायुसेवाले १ देखि ३ घन्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकासमार्ग व्यस्त हुन पुगेको हो ।

    त्रिभुवन विमानस्थको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण रुट एउटै हुनु र दैनिक दुई सयभन्दा बढी उडान हुनु काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

    त्यसमा पनि भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवाई मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले तीन दिन अगाडि नै सूचना जारी भएकोले हवाई उडानमा ठूलो प्रभाव नपरेको बताए ।

    ठाकुरका अनुसार बुधबार १२ः१० मिनेटदेखि १२ः५५ मिनेसम्मका लागि नोटिस टुर एयर म्यान (नोटाम) जारी गरिएको थियो । तीन दिन अगाडि नै पाइलट, कर्मचारी र जहाज कम्पनीका लागि जारी हुने यो सूचना भीभीआईपीको उडान तथा अवतरणका लागि हुने विमानस्थल बन्दको हो ।

    पहिले १ घन्टासम्म पनि नोटाम जारी हुने भएकोले विमानस्थल कार्यालयले सकेसम्म कम समय विमानस्थल बन्द गर्ने गरी सूचना जारी गर्न थालेको छ । कुनै कारण बस १० मिनेट अगाडि वा पछाडिसम्म नोटाम लाग्नु स्वाभाविक भए पनि वायुसेवालाई असर कम पर्ने गरी यो सूचाना जारी गर्ने प्रयास हुने पनि विमानस्थल कार्यालयको भनाइ छ ।

    विमानस्थल बन्दले हवाई चाप बढेका कारण केही वायुसेवा आकासमा होल्ड गर्नुपर्ने, उडान रद्द हुने वा ढिलो भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार बुधबार भारतीय राष्ट्रपति काठमाडौं आउने मात्रै कार्यक्रम भएकोले एक पटक ४५ मिनेट मात्रै विमानस्थ बन्द भएको छ ।

    शुक्रबारका लागि भने काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं फर्कंदा तथा भारत जाँदाको समयमा पनि विमानस्थल बन्द हुने भएकाले बुधबारको तुलनामा शुक्रबार विमानस्थल धेरै समय बन्द हुन्छ । शुक्रबार विमानस्थ कर्यालयले विहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ देखि सवा पाँचसम्मका लागि नोटाम जारी गरेको छ ।

    त्रिभुवन विमानस्थको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण रुट एउटै हुनु र दैनिक दुई सयभन्दा बढी उडान हुनु काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

    यो समयमा विमानस्थल बन्द हुने पनि ठाकुरले बताए । ठाकुरका अनुसार नोटामका कारण भएको उडान सयम प्रभावितका कारण कुनै वायुसेवाले राति साढे १२ बजेपछि उडान गर्न चाहेमा सेवा दिइने बताए ।

    राति सामान्यता साढे १२ बजेपछि विमानस्थल बन्द हुने भएकोले कुनै वायुसेवाले तीन घन्टा अगाडि नै अनुरोध गरेको अवस्थामा सेवा उपलव्ध हुने पनि विमानस्थल कार्यालयको भनाइ छ । यस अघि भूकम्पको समयमा रातैभरि विमानस्थल खुला भएको थियो ।

    भीभीआईपीको उडानकै कारण परेका चापका कारण सिम्रिक एयरले बुधबार पोखराका लागि दुईवटा उडान रद्द गरेको छ । अन्य आन्तरिक वायुसेवाका पनि उडान प्रभावित हुने र निर्धारित समयमा उडाउन नसक्ने समस्या भएको सिम्रिक एयरका बजार निर्देशक प्रज्ज्वल थापाले बताए ।

    भीभीआईपीको समयमा हुने हवाई चाप, उडान प्रभावित र जहाज होल्ड हुने समस्या नेपालका लागि सामान्य भएको छ । एउटै मात्र धावनमार्ग हुनु र व्यवस्थापन मिलाउन नसक्नुका कारण निर्धारित समयभन्दा बढी जहाज उडान प्रभावित भएको आन्तरिक वायुसेवाको बुझाइ छ ।

    बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलका अनुसार नोटाम जारी भएपछि सम्बन्धित वायुसेवाले यो समयमा उडान नगर्ने र कम उडान राख्ने गर्नुपर्छ । बुद्धले अन्य सयमा ४० वटा उडान गर्ने गरेकोमा बुधबारका लागि भने २३ वटा मात्रै राखेको जानकारी उनले दिए ।

    उनका अनुसार विमानस्थ कार्यालयले समयमा नै खबर गरेको अवस्थामा व्यवस्थापन मिलाउन समस्या नहुने तर्क दिए । विमानस्थल कार्यालयका अनुसार छिमेकी मुलुक भारतमा नै तीनवटा धावनमार्ग छन् भने थाइल्यान्डमा पाँचवटा छ । ती मुलुकमा एउटा धावनमार्ग भीभीआईपीका लागि प्रयोग हुँदा अन्य धावनमार्गबाट नियमित उडान तथा अवतरण हुन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.