×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१ लाख ७ हजारले अझै पाएनन् अनुदान

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कार्तिक १८, २०७३- उपत्यकाबाहिरका ११ जिल्लामा एक लाख ७ हजार भूकम्पपीडितले अझै घर पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । भूकम्प गएको झन्डै १८ महिना बितिसक्न लाग्दा समेत उपत्यकाबाहिरका ११ जिल्लामा १ लाख ७ हजार ५ सय ४० परिवारले अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन् ।

    उपत्यकाका तीन जिल्लामा सर्वेक्षणको काम बल्ल सकिएर अनुदान रकम पाउनका लागि सरकारसँग सम्झौताको काम सुरु भएको छ । अति प्रभावित १४ जिल्लाभन्दा बाहेकका १७ जिल्लामा सर्वेक्षण काम नै सुरु हुन सकेको छैन ।

    एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएलगत्तै ४५ दिने अभियानको घोषणा गरी सबै भूकम्पपीडितलाई उक्त अवधिभित्रै अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गर्ने कार्ययोजना अघि सारेका थिए ।

    तर, उक्त घोषणा सकिएको करिब दुई महिना बितिसक्न लाग्दा समेत अनुदान पाउन योग्य परिवारमध्ये झन्डै २० प्रतिशतले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् ।

    ‘करिब ६४ हजार परिवारको जग्गाधनीपुर्जा सम्बन्धी समस्या छ । धनीपुर्जा नभएका पीडितलाई अनुदान सम्झौता गर्न नसक्ने व्यवस्था सम्बन्धित कार्यविधिले गरेको छ,’ राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने, ‘यो समस्या समाधानका लागि स्थानीय निकाय अहिले नेतृत्वविहीन छ । स्थानीय निकायका कर्मचारीहरू पटकपटक सरुवा हुने कारणले पनि यो समस्या समाधान गर्न सकिएको छैन ।’

    समाधानका लागि स्थानीय र केन्द्रीय तहबाट पहल जारी रहेको उनले बताए ।

    तथ्यांकअनुसार उपत्यकाबाहिर ५ लाख ३३ हजार परिवारले घर पुनर्निर्माणका लागि अनुदान पाउनुपर्ने हो । तिहार अघिसम्म उक्त परिवारमध्ये ४ लाख २५ हजार ६ सय ४२ परिवारले मात्रै अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार कतिपय भूकम्पपीडितको ऐलानी जग्गा छ । घरजग्गा अंशबन्डा भएको तर प्रमाण नभएका समस्या पनि छन् । घर भत्किएको तर मानिस जीवित नभएर कागजात मिलाउन बाँकी पनि छन् । ‘कतिपय पीडत अनुदान सम्झौता गर्न नै सरकारी निकायमा नआएर रकम वितरण हुन नसकेको हो,’ थपलियाले भने, ‘यी समस्या समाधान गर्ने प्रयत्न जारी छ । चाँडै समाधान हुनेछ ।’

    अहिलेसम्मको तथ्यांकका आधारमा भूकम्पपीडितका लागि २१ अर्ब २८ करोड २१ लाख रुपैयाँ भूकम्पपीडितलाई पहिलो किस्ताबापत भुक्तानी भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले करिब ४२ हजार परिवारलाई मात्रै अनुदानको पहिलो किस्ता उपलब्ध गराएको थियो । करिब ४ लाख परिवारलाई यो आर्थिक वर्ष लागेपछि अनुदानको पहिलो किस्ताको ५० हजार रकम भुक्तानी भएको हो । उक्त रकम सम्बन्धित भूकम्पपीडितको बैंक खातामा जम्मा भएको छ । उक्त रकम जुनसुकै समयमा बैंक खाताबाट निकाले भूकम्पपीडितले घर बनाउन पाउनेछन् ।

    भूकम्पबाट अति प्रभावित उपत्यकाका तीन जिल्लामा भने बल्ल विस्तृत सर्वेक्षणको काम सकिएको छ । ‘केही ठाउँमा अनुदान वितरणका लागि सम्झौतासमेत सुरु भइसकेको छ,’ प्राधिकरणका प्रवक्ता थपलियाले भने, ‘अनुदानको पहिलो किस्ता वितरण अब उपत्यकामा तीव्र गतिमा अघि बढ्नेछ ।’

    सरकारले भूकम्प गएलगत्तै पूर्ण रूपमा घर क्षति भएको परिवारलाई पहिलो किस्ताअन्तर्गत ५० हजार, उक्त रकमले घरको जग निर्माण गरिसकेपछि दोस्रो किस्तामा ८० हजार र छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भएपश्चात तेस्रो तथा अन्तिम किस्ता ७० हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो ।

    तर, दाहाल नेतृत्वको सरकारले घर पुनर्निर्माणका लागि थप एक लाख रुपैयाँ अनुदान बढाएर तीन लाख पुर्‍याएको छ । उक्त रकमअनुसार दोस्रो किस्तामा डेढ लाख रुपैयाँ र तेस्रो तथा अन्तिम किस्तामा बाँकी एक लाख रुपैयाँ वितरण गर्ने सरकारको तयारी हो । हालसम्म दोस्रो र तेस्रो किस्ता रकम लिने कोही पनि छैनन् ।
    पहिलो किस्ता वितरणमै ढिलाइ भएकाले दोस्रो किस्ता वितरण कुनै पनि जिल्लामा सुरु हुन सकेको छैन । अनुदान पाउनुपर्ने जिल्लामध्ये तीन वटामा मात्रै ९७ प्रतिशत भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएका छन् ।
    सिन्धुपाल्चोक, रामेछाप र दोलखामा उक्त प्रतिशत परिवारले अनुदान पाएका हुन् ।

    अन्य जिल्लामा करिब ९० प्रतिशतले मात्रै अनुदानको पहिलो किस्ता पाएका छन् । धादिङमा ३० प्रतिशत परिवारले अनुदान नै पाउन सकेका छैनन् । भूकम्पले १४ जिल्लाबाहेक थप १७ जिल्लामा समेत प्रभाव पारेको छ । उक्त जिल्लाका भूकम्पपीडितलाई अनुदान वितरणका लागि सरकारले विस्तृत सर्वेक्षणको काम नै सुरु गर्न सकेको छैन ।

    विस्तृत सर्वेक्षणका काम नसकी अनुदान वितरण नहुने व्यवस्था गरिएको छ । उक्त आधारमा बाँकी १७ जिल्लाका भूकम्पपीडितले अनुदानको पहिलो किस्ता रकम पाउन अझै समय कुर्नुपर्ने भएको छ ।

    कुन जिल्लामा कतिले पाए अनुदान ?
    सिन्धुपाल्चोक     ७२२८९
    रामेछाप     ३९७५९
    दोलखा    ४४६०७
    ओखालढुंगा     १७००३
    गोरखा    ४९०५५
    काभ्रेपलाञ्चोक     ५५१५८
    नुवाकोट     ५३००९
    सिन्धुली    २५५८१
    रसुवा     ८२३२
    धादिङ    ४३८७९
    मकवानपुर     १७०७०
    जम्मा     ४२५६४२

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.