×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

मुखर्जीद्वारा संविधानका लागि बधाई

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालले नयाँ संविधान जारी गरेको एक वर्षभन्दा बढी समयपछि भारतले पहिलोपटक उच्च तहबाट स्पष्ट शब्दमा बधाई दिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

    तीनदिने राजकीय भ्रमणका लागि काठमाण्डू आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आफ्नी नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा नेपालले संविधान जारी गरेकोमा स्वागत गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताए।

    अधिकारीहरुका अनुसार मुखर्जीले बुधबार नै प्रधानमन्त्री प्रचण्ड तथा उपराष्ट्रपति नन्दबहादुर पुनसँग द्विपक्षीय सम्बन्ध र आपसी हित लगायतका विषयमा छलफल गरेका छन्।

    गत असोज ३ गते नेपालको संविधानसभाले नयाँ संविधान जारी गरेकोमा विभिन्न मुलुकले बधाई दिइरहँदा रुष्ट देखिएको भारतले आफूलाई जानकारीमा आएको मात्रै बताएको थियो।

    पहिलोपटक

    भारतका महामहिम राष्ट्रपतिज्यूले गत वर्ष नेपालमा संविधान जारी भएकोमा नेपालका सम्मानीय राष्ट्रपतिज्यू, संविधानसभा र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभयो

    भरतराज पौड्याल, प्रवक्ता, परराष्ट्र मन्त्रालय

    त्यसपछि विभिन्न सन्दर्भमा नेपालको संविधानको विषयमा प्रसंग उठ्दा पनि उसले स्पष्ट शब्दमा बधाई दिएको थिएन।

    तर आफ्नी नेपाली समकक्षी भण्डारीको निम्तोमा राजकीय भ्रमणका लागि काठमाण्डू ओर्लिएका भारतीय राष्ट्रपति मुखर्जीले नेपालमा संविधान जारी भएकोमा बधाई दिन छुटाएनन्।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, “भारतका महामहिम राष्ट्रपतिज्यूले गत वर्ष नेपालमा संविधान जारी भएकोमा नेपालका सम्मानीय राष्ट्रपतिज्यू, संविधानसभा र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभयो।”

    वर्षैको प्रयासपछि नेपालमा नयाँ संविधान जारी भएकोमा नेपाली भूमिमै आएर भारतीय राष्ट्राध्यक्षको तहबाट बधाई दिइएको यो नै पहिलोपटक भएको बताइएको छ।

    गत १८ वर्षमा भारतीय राष्ट्रपतिबाट नेपालको भ्रमण भएको पनि यो पहिलोपटक नै हो।

    सहजकर्ता

    भारतीय वायु सेनाको विशेष विमानबाट अपरान्ह अवतरण गरेका मुखर्जीलाई राष्ट्रपति भण्डारीले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

    उनीसहित उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री लगायत सेनाका उच्चपदस्थ अधिकारीहरु मुखर्जीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए, जहाँ नेपाली सेनाले २१ तोपको सलामीसहित उनीप्रति राजकीय सम्मान व्यक्त गरेको थियो।

    तत्कालीन माओवादी विद्रोहीलाई मूल राजनीतिक धारमा ल्याउने १२ बुँदे सहमतिका सहजकर्ताका रुपमा पनि चिनिने भारतीय राष्ट्रपति मुखर्जीले नेपालमा राज्यस्तरबाट भव्य स्वागत पाइरहँदा सामाजिक सञ्जालमा भने तीव्र आलोचना खेपिरहेका छन्।

    विनाशकारी भूकम्प लगत्तै गत वर्षको अघोषित नाकाबन्दीका बेला आमनागरिकले भोग्नु परेका अभाव र पीडालाई स्मरण गर्दै कतिपयले मुखर्जीलाई स्वागत छैन भन्दै गरेको ट्वीट गरेका छन् भने कतिपयले ‘अमानवीय’ नाकाबन्दी भन्दै त्यसका लागि भारतको तर्फबाट मुखर्जीले माफी माग्नुपर्ने विचार व्यक्त गरेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.