×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अमेरिकी चुनाव, नेपाली चासो

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नारायण श्रेष्ठ
    डेमोक्र्याट र रिपब्लिकन दुबै दलका चुनावी गतिविधिमा नेपालीहरुको सहभागिता छ

    अमेरिकी राष्ट्रपतीय चुनाव आउन एक हप्ता भन्दा पनि कम समय बाँकी रहँदा त्यहाँको चुनावी गतिविधिमा नेपाली अमेरिकीहरुको पनि सक्रियता बढेको छ।

    डेमोक्र्याट र रिपब्लिकन दुवै दलका चुनावी गतिविधिमा नेपालीहरुको सहभागिता छ।

    गत शनिबार अमेरिकाको पूर्वी तटीय शहर फिलाडेल्फियामा राष्ट्रपति पदका लागि डेमोक्र्याट दलकी उम्मेदवार हिलरी क्लिन्टनको पक्षमा चुनावी मत जुटाउन एसियन प्यासिफिक अमेरिकीहरुले आयोजना गरेको भेलामा झण्डै डेढ सय नेपालीहरु सहभागी भए।

    उल्लेख्य

    Image copyrightREUTERS

    भर्जिनिया, डिसी, र मेरिल्याण्डबाट उक्त भेलामा सहभागी हुन पुगेका नेपालीहरुको संख्या त्यो भेलाका अन्य सहभागीहरुको तुलनामा उल्लेख्य हो।

    नेपालीहरु ट्रम्पको पक्षमा कम देखिन्छन्, तर अमेरिकी नागरिकहरुका लागि उनका योजनाहरु ठीक छन्

    चन्द्रप्रकाश शर्मा बेल्बासे, ट्रम्प समर्थक एकजना मतदाता

    क्लिन्टनको पक्षमा चुनावी मत जुटाउन नेपाली मूलका अमेरिकीहरु परम्परागत बाजागाजासहित झण्डै अढाई सय वर्ष अघि अमेरिकी स्वतन्त्रताको घोषणा गरिएको शहर फिलाडेल्फिया पुगेका थिए।

    यो चुनावी अभियान अमेरिकाको १६ राज्यका नेपाली समुदाय सक्रिय रहेको ‘नेपाली फर हिलरी’ अभियानका संयोजन गरिरहेका मेरिल्याण्डको स्थानीय राजनीतिमा डेमोक्र्याट दलबाट सक्रिय एच बी भण्डारीले बताए।

    डेमोक्र्याट समर्थकहरु जस्तै रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा पनि नेपालीहरु सक्रिय छन तर संख्या र गतिविधिका हिसाबले अलि कम।

    अन्तत: चुनावी अभियानमा सहभागिताले अमेरिकामा रहेका नेपाली समुदायको उपस्थिति र मूल्य उँचो पार्ने छ

    एच बी भण्डारी, डेमोक्रयाट समर्थक एकजना मतदाता

    ट्रम्प समर्थक मतदाता चन्द्रप्रकाश शर्मा बेल्बासेले भने, “नेपालीहरु ट्रम्पको पक्षमा कम देखिन्छन्, तर अमेरिकी नागरिकहरुका लागि उनका योजनाहरु ठीक छन्।”

    सक्रिय

    नेपालको अर्घाखाँचीबाट भारतको मेघालय हुँदै सपरिवार अमेरिका पुगेका बेल्बासे रिपब्लिकन उम्मेदवार ट्रम्पलाई जिताउन चुनावी अभियानमा सक्रिय छन्, तर उनको सक्रियता चाहिँ अमेरिकी मतदाताको भोट माग्ने भन्दा पनि ट्रम्पको भलो होस् भन्दै अखण्ड दीप प्रज्वलनमा छ, त्यो पनि नेपालकै अर्घाखाँचीमा।

    जुन दलबाट चुनावी अभियानमा संलग्न भए पनि अन्तत: यस्तो अभियानले अमेरिकामा रहेका नेपाली समुदायको उपस्थिति र मूल्य उँचो पार्ने भण्डारी बताउँछन्।

    २१ करोडभन्दा धेरै अर्थात नेपालको जनसंख्याभन्दा सात गुणा बढी मतदाताको बीचमा केही हजारको संख्यामा रहेका नेपाली अमेरिकी मतदाता संख्या र उपस्थिति दुवै हिसाबले न्यून हो, जसले अमेरिकी मूलधारको राजनीतिमा फेरबदल ल्याउने औकात राख्दैन।

    तर अमेरिकामा नेपाली समुदायको बढ्दो उपस्थितिलाई यसले प्रष्ट संकेत गर्छ।

    हाल अमेरिकामा रहेका श्रेष्ठ बीबीसी साझा सवालका पूर्व प्रस्तोता हुन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.