×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

दक्षिण अफ्रिकामा ‘उच्च तहमा भ्रष्टाचार’

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    दक्षिण अफ्रिकाका राष्ट्रपति जेकब जुमाको एउटा सम्पन्न परिवारसँग अनुचित सम्बन्ध रहेको आरोपबारे गरिएको अनुसन्धान प्रतिवेदनले सरकारको उच्च तहमा भ्रष्टाचारको सम्भावित प्रमाण भेटेको बताएको छ।

    बहुप्रतीक्षित त्यो प्रतिवेदनले जुमालाई ३० दिनभित्रमा एउटा अनुसन्धान गर्ने न्यायिक आयोग स्थापना गर्न सुझाव दिएको छ।

    भ्रष्टाचारविरोधी निकायकी पूर्व प्रमुख टुली मडोनसेलाले तयार पारेको उक्त प्रतिवेदनलाई राष्ट्रपति जुमाले सार्वजनिक गर्न नदिने प्रयास गरेका थिए।

    जुमाका वकिलले अब जुमाले उक्त प्रतिवेदनलाई अवरुद्ध नगर्ने बताएपछि त्यस्तो आदेश आएको हो।

    झडप

    जुमाले न्यायलाई ध्यानमा राखेर त्यो कानुनी प्रयास फिर्ता लिएको बताएका छन् र प्रतिवेदनको पाठ हेरेपछि मात्रै कानुनी रुपमा त्यसलाई चुनौती दिने कि नदिने निर्णय गरिने बताएका छन्।

    जुमामाथि सम्पन्न व्यापारीहरुसँग अनुचित सम्बन्ध राखेको आरोप लगाइएको थियो।

    एकजना न्यायाधीशले राष्ट्रपति जेकब जुमाविरुद्ध लागेका भ्रष्टाचारका आरोपसम्बन्धी प्रतिवेदन बुधबार नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सम्ममा सार्वजनिक भइसक्नुपर्ने बताएपछि राष्ट्रपतिको कार्यालय अगाडि झडप भएका थिए।

    उनको राजीनामा माग गरिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहोराले प्रहार गरेका थिए।

    ‘इकोनोमिक फ्रिडम फाईटर्स’ नामक पार्टीका समर्थक ती प्रदर्शनकारी जुमाको प्रशासनिक कार्यालय अगाडि जम्मा भएका थिए।

    विरोध

    दक्षिण अफ्रिकाका अन्य प्रमुख शहरहरुमा पनि विपक्षी समूहहरुले प्रदर्शन गरिरहेका छन्।

    राष्ट्रपति जुमामाथि करिब १ दशकदेखि भ्रष्टाचारका आरोप लाग्दै आएका छन्त, र उनले बारम्बार आफूले केही गल्ती नगरेको बताउँदै आएका छन्।

    जुमाले सम्पन्न गुप्ता परिवारलाई सरकारमा अनुचित रुपमा हस्तक्षेप गर्न दिएको आरोपमाथि भ्रष्टाचार विरोधी निकायकी भूतपुर्व प्रमुख टुली मडोनसेलाले अनुसन्धान गरेकी थिइन्।

    गुप्ता परिवारमाथि व्यापारिक सुविधा लिएर त्यसको साटो मन्त्रीहरुलाई नियुक्त गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.