×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पत्रकार आचारसंहितामा बालबालिका

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ,  कात्तिक १७ गते । पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ ।

    पत्रकार आचारसंहिता– २०६० (संशोधन तथा परिमार्जित– २०६४) ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता २०७३ ले थप गरिएको हो ।

    नयाँ आचारसंहिताअन्तर्गत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमध्ये बुँदा नं–१४ मा “मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर” र “बालबालिकालाई तत्कालीन तथा दीर्घकालीन हानि हुने गरी समाचार सङ्कलन तथा सम्प्रेषण गर्नुहुँदैन” भनिएको छ ।

    त्यसैगरी कानुनविपरीत कार्य वा बाल बिझ्याइमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्त विपरीत गोपनियता खोल्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

    पत्रकारिता क्षेत्रमा भएको विकास र विकृति विसङ्गतिलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालले गत असोजमा आचारसंहिता जारी गरेको हो । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले नयाँ आचारसंहिताले सबै क्षेत्रलाई समेटेको हुँदा त्यसको कार्यान्वयनका लागि अपिल गर्नुभयो ।

    आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय तथा अल्पसङ्ख्यक समुदायका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुरयाउन नहुने विषयलाई जोड दिइएको छ ।

    “पत्रकार तथा सञ्चारमाध्यमले महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुरयाउनु हुँदैन”–आचारसंहितामा भनिएको छ । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्ली गिरीले पत्रकार आचारसंहिता २०७३ ले बालबालिकाको सम्बन्धमा पत्रकारले गर्न नहुने विषयको रूपमा समावेश गर्नु आफैँमा सकारात्मक भएको बताउनुभयो ।

    “सोह्रवर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तवार्ता वा तस्बिर अभिभावक, संरक्षक वा परिवारको अनुमतिबिना लिनु हुँदैन”–आचारसंहितामा भनिएको छ । आचारसंहितामा आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नु हुँदैन समेत भनिएको छ ।

    अन्तर्राष्ट्रिय अभ्यास, सञ्चारविज्ञलगायत सबैको सल्लाहमा काउन्सिलले पुरानो पत्रकार आचारसंहितालाई संशोधन गरी नयाँ आचारसंहिता २०७३ ल्याएको हो । सो संहितामा पत्रकार र सञ्चारमाध्यमले गर्नुपर्ने र गर्न नहुने कुरालाई १५/१५ बुँदामा उल्लेख गरिएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.