×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

मनसुन लम्बिँदा हराए आगन्तुक चरा

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, कात्तिक १८ गते ।  यसपटक हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने उत्तरी ध्रुवका आगन्तुक चराको सङ्ख्या कम हुने देखिएको छ ।  नेपालमा मनसुन ढिलासम्म रही आकाश सफा नहुँदा उत्तरी ध्रुवका चराले नेपाली आकाशमा उडान भर्न नपाएपछि यो अवस्था आएको हो ।
    उत्तरी ध्रुव रसिया लगायतका देशका साइबेरियन जङ्गलमा विचरण गर्ने विश्वकै दुर्लभ र सङ्कटापन्न विभिन्न प्रजातिका चरा हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउनेगर्छन् ।  यस पटकको मनसुन ढिलो गरी नेपालबाट हराएकाले साइबेरियन चरा नेपाली आकाशमा प्रवेश गर्न नसकेको पक्षीविद्ले बताएका छन् ।  पक्षीविद् डा. हेमसागर बरालका अनुसार यसपटक ढिलोसम्म मनसुनले प्रभाव पारेकाले नेपाली आकाशमा प्रशस्त मात्रामा साइबेरियन चराले उडान भर्न पाएनन् ।  फलस्वरूप यो वर्ष सधैँ झैँ उत्तरी ध्रुवका पक्षी नेपाली भूमिमा कम देखिनेभएका छन् ।
    उत्तरी ध्रुवमा हिउँ पर्न सुरु भएपछि त्यहाँका रैथाने चराले विचरण गर्न दक्षिणी देशको भूमिमा उडान भर्ने गर्छन् ।  पहिलो चरणमा दक्षिण एसियाली देशका लागि उडेका चरा यहाँको मनसुनका कारणले अन्यत्र गएका हुनसक्ने बताइएको छ ।  पक्षीविद् डा. बरालले यो समयमा नेपाली आकाशमा धेरै आगन्तुक चरा देखिन थालिसक्थे तर यसपटक त्यति देखिएका छैनन् भन्नुभयो ।
    कात्तिकको दोस्रो सातासम्ममा नारायणी, कर्णाली र कोसी बेसिनमा बढी देखिने चरा यो वर्ष कपिलवस्तुको जगदीशपुर ताल, बर्दियाको बडैया ताल, कैलालीको घोडाघोडी ताल, सुनसरीको चिमडी ताल, कोसी टप्पु र चितवनको सौराहा क्षेत्रमा अलि अलि देखिन थालेका छन् ।  अघिल्ला वर्षमा संरक्षित क्षेत्रभित्रका घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनारमा जताततै आगन्तुक चरा देख्न पाइन्थ्यो ।  डा. बरालका अनुसार यो वर्ष सिमसार पक्षी ताल क्षेत्रमा बढी देखिए पनि घाँसे मैदान र वनजङ्गलमा विचरण गर्न आउने पक्षीको सङ्ख्या त्यति देखिएको छैन ।
    उत्तरी ध्रुवमा हिउँ परेर अत्यधिक चिसो हुनेहुँदा कतिपय प्रजातिका चरा बच्चा कोरल्न नेपालको भूमिमा आउनेगरेका छन् ।  हिउँ पर्दा सुरक्षित बासस्थान नहुने, चारा पनि नपाइने, दिनभन्दा रातको समय लामो हुनेहुँदा विचरणको समय पनि छोटो हुने लगायतका समस्याले ती चराले विचरण गर्न नेपाल, भारत र श्रीलङ्काको भूमि प्रयोग गर्ने गरेको विज्ञको भनाइ छ ।  हिउँदे याममा रसिया, मङ्गोलिया हुँदै चीनको उत्तरी क्षेत्रबाट १५० प्रजातिका पक्षी नेपाल प्रवेश गर्ने गरेको कुरा डा. बरालले बताउनुभयो ।
    आगन्तुक चराले बढी समय बिताउने कोसी टप्पु र चितवन राष्ट्रिय निकुञ्जमा त्यति चरा देखिएका छैनन् ।  सधैँ यो समयमा हजारौँको सङ्ख्यामा आकाशमा हुलका हुल देखिने चरा यो वर्ष सयौँका हुल मात्र देखिन थालेका छन् ।  लामो समयमा कोसी टप्पु वन्यजन्तु आरक्षमा काम गर्नुभएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोककुमार रामका अनुसार कोसी टप्पु ५०२ प्रजातिका पक्षीको बासस्थान मानिन्छ ।  हिउँदे याममा रैथाने चरा र आगन्तुक चराले सँगै विचरण गरेको दृश्य नजिकबाट हेर्न सकिने भएकाले कोसी टप्पुमा पक्षीसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा पर्यटकीय विकासका लागि राम्रो अवसर हुने उहाँको धारणा छ ।  हिउँदे याम चराको प्रत्यक्ष अवलोकन र अध्ययन गर्नेका लागि नेपाल उपयुक्त स्थान मानिन्छ ।
    पक्षीविद् डा. बरालका अनुसार विश्वमै दुर्लभ मानिने महाचिल र चिलले निकै उचाइबाट उडान भरेर नेपाली भूमिमा छ महिना जति विचरण गरी भारत, श्रीलङ्काको जङ्गल हुँदै अफ्रिकी जङ्गलसम्म यात्रा गर्नेगर्छन् ।  विश्वमै दुर्लभ मानिने उत्तरी ध्रुवमा पाइने रणमत्ता महाचिल र जीवाहार महाचिल, दुर्लभ हाँस प्रजातिका चराले हिउँदका छ महिना नेपाली भूमिमा विचरण गर्ने गर्छन् ।
    हिउँदे याममा तराईमा शीतलहर चल्दा केही चराको आहार र विचरणमा समस्या पर्ने गरेको र त्यस्ता केही चरा नेपाली भूमि छाडेर भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गरेकोसमेत बताइन्छ ।  हिउँदका छ महिना नेपालका घाँसे मैदान, तालतलैया, सिमसार क्षेत्र र वनजङ्गलमा नेपालका रैथाने चरासँग मिलेर आगन्तुक चरा विचरण गर्ने गर्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.