×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ को ट्रेन्डिङ !

  •  
  • बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    १६ कात्तिक, काठमाडौं । भारतीखगेन्द्र संग्रौला ट्विट गर्छन्-नागरिकलाई गृहनजरबन्द, धन्य सर्कार !

    य राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता ह्यासट्याग चलाएर सरकारले छिमेकी राष्ट्रप्रमुखको स्वागत गर्ने नाममा नागरिकलाई सास्ती दिएकोमा चर्को विरोध गरेका छन् ।

    सरकारले मुखर्जीको सम्मानमा फौजी शैलीमा उपत्यका बन्द गरेको टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘आज सरकारी उपत्यका बन्द, त्यो पनि फौजी शैलीमा ! नागरिकलाई गृहनजरबन्द Û दिनभरि तानाशाहीबारे पाब्लो नेरूदाका कविता पढ्छु । अवसरका लागि धन्य सर्कार !’

    Follow

    Khagendra Sangroula @belakoboli

    अाज सरकारी उपत्यका बन्द,त्याे पनि फाैजी शैलीमा!नागरिकलाई गृहनजरबन्द!दिनभरि तानाशाहीबारे पाब्लाे नेरूदाका कविता पढ्छु।अवसरकालागि धन्य सर्कार!

    7:55 PM – 1 Nov 2016 · Nepal, Nepal
    • 6868 Retweets

    • 175175 likes

    मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु अगाडिदेखि नै सुरु भएको विरोधको अभिव्यक्ति उनी काठमाडौं आइसकेपछि अझ उर्लिएको छ सोसियल मिडियामा ।

    डा. सुधांशु केसीले व्यङ्ग्यात्मक शैलीमा सरकारलाई स्याबासी दिएका छन्, ‘अघोषित नाकाबन्दीको उपहार दिने नाइकेलाई अघोषित काठमाडौं बन्दको उपहार ! क्याबात नेपाल सरकार !!’

    डा. केसीले नै अर्को ट्विटमा लेखेका छन्, ‘आउन पाएको छैन, मलाई त अतिथि तुम कब जाओगे भन्न मन लागिसक्यो ! तपाईँलाई नि ?’

    Follow

    Sudhamshu K.C. @Drsudhamshu

    आउन पाएको छैन, मलाई त अतिथी तुम कब जाओगे भन्न मन लागी सक्यो ! तपाइँ लाई नि ?

    11:00 PM – 1 Nov 2016
    • 55 Retweets

    • 1919 likes

    यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जालको शक्तिलाई इंगित गर्दै लेखेका छन्, ‘सामाजिक सञ्जालमा प्रकट जनअभिव्यक्तिलाई नजरअन्दाज नगरियोस् । यस्तो सहज अवसरले हरेकले मनको तीतो प्रकट गरेका छन् । नत्र सडकमै विरोध हुन सक्थ्यो ।’

    आज सार्वजनिक बिदा दिनुका साथै सडक ठप्प पारिएकोमा गरिमा राणाले तीतो पोखेकी छिन्, ‘भारतले त्योबेला अघोषित नाकाबन्दी गर्‍यो, अहिले सरकारले सार्वजनिक बिदाको नाउँमा अघोषित कर्फ्यु ।’

    Follow

    गरिमा @gareema_rana

    भारतले त्याे बेला अघाेषित नाकाबन्दी गर्याे अहिले सरकारले सार्वजनिक विदाकाे नाउँमा अघाेषित कर्फ्यु । ?#IndianPresidentNotWelcome
    never✋

    11:11 PM – 1 Nov 2016
    • 5656 Retweets

    • 5858 likes

    यसै प्रसंगमा साहित्यकार उमा सुवेदीले पूकारा गरेकी छिन्, ‘यो अतिचार सहन गाह्रो भो त भोलेनाथ । हाम्रो बाटामा पैदल चल्न पनि नपाइने रे !’

    नेपाल प्रहरीले सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न सुझाउँदै गरेको ट्विटमा जवाफ फर्काउँदै प्रकाश गुरागाईँले टिप्पणी गरेका छन्, ‘सडक जति सबै सडक बन्द गरेर बैकल्पिक सडक प्रयोग गर रे । हृवाट अ जोक !’

    Follow

    Prakash Guragain @GuragainP

    सडक जति सबै सडक बन्द गरेर बैकल्पिक सडक प्रयोग गर रे। ह्वाट अ जोक। https://twitter.com/NepalPoliceHQ/status/793686960086716416 …

    11:01 PM – 1 Nov 2016
    • 66 Retweets

    • 22 likes

    यस्तै, पत्रकार लेनिन बञ्जाडेले सडकमा पैदल यात्रुलाई समेत रोक लगाइएकोमा असन्तुष्टि पोखेका छन्, ‘हेर्दाहेर्दै सरकारले लम्पसार दिवस मनाउन पैदलयात्रीलाई पनि हिँड्न नदिने गरी कर्फ्यु लगाएछ !’

    17h
    Lenin Banjade @lendaai

    हाम्रा नेता अधिकारविहीन राष्ट्रपतिसामु त यसरी #लम्पसार पर्छन्, एसिया हाँक्न खोज्ने मोदीसामु कति लत्रिँदा हुन् ! #IndianPresidentNotWelcomepic.twitter.com/wDq5xmAoIN

    Follow

    Lenin Banjade @lendaai

    हेर्दाहेर्दै सरकारले #लम्पसार दिवस मनाउन पैदलयात्रीलाई पनि हिँड्न नदिने गरी कर्फ्यु लगाएछ ! pic.twitter.com/rxifFPv7JS

    8:44 PM – 1 Nov 2016

    View image on Twitter
    • 4949 Retweets

    • 4949 likes

    चाप्लुसीलाई प्रश्रय दिने सरकारी शैलीप्रति कडा टिप्पणी गर्दै पत्रकार गजेन्ऽ बुढाथोकीले लेखेका छन्, ‘आखिर एउटा रेफको त फरक, मुखर्जी आउँदा अघोषित कर्फ्यु लगाउने मूर्खजीहरू !’

    Follow

    आचार्यजी @RohiniAcharya1

    मुखर्जी विमानस्थल आउँदा हाम्रा नेतालाइ २-४ लिटर तेल,बुटपालिस र ब्रश दिएर स्वागतमा राख्दा हुने। प्रभुभक्ती,गुलामी र मोलाइ त्यही शुरु गर्थे।

    11:49 PM – 1 Nov 2016
    • Retweets

    • likes

    महाप्रसाद खतिवडाले लेखेका छन्, ‘आजदेखि मुखर्जी पर्व र छठ पर्व सुरु भएका छन् । मुखर्जी पर्वका अवसरमा लम्पसारवादको शुभकामना र छैठ पर्वका अबसरमा हार्दिक मंगलमय शुभकामना ।’

    नेपाली नेताहरुको चाप्लुसी शैलीबारे टिप्पणी गर्दै रोहिनी आचार्यले लेखेका छन्, ‘मुखर्जी विमानस्थल आउँदा हाम्रा नेतालाई २-४ लिटर तेल, बुटपालिस र ब्रश दिएर स्वागतमा राख्दा हुने । प्रभुभक्ति, गुलामी र मोलाइ त्यही सुरु गर्थे ।’

    मुखर्जीको भ्रमणमा आज सार्वजनिक बिदा दिइएकोमा पत्रकार प्रकटकुमार शिशिरले व्यङ्ग्य गर्दै ट्विटरमा लेखेका छन् – ‘आज त खासमा सरकार मरेको शोकमा बिदा हो । हार्दिक श्रद्धाञ्जली सरकार !’
    बाबाजी ह्यान्डलबाट ट्विट गर्ने प्रकाश लामिछानेले छिमेकी मुलुकसँगको सम्बन्धमा नेपालीको दुईथरि अतिवाद रहेको औंल्याएका छन्, ‘हामीकहाँ दुईखाले वादहरु जबर्जस्त भएर आए:

    लम्पसारवाद र उग्र राष्ट्रवाद । दुबै अतिवादको चेपुवामा आम नागरिकहरु ! यसको उपचार के होला ?

    Follow

    ©बाबाजी™ @baabajee

    हामीकहाँ दुईखाले वादहरु जबर्जस्त भएर आए:-
    १.लम्पसारवाद,
    २.उग्र राष्ट्रवाद,
    दुबै अतिवादको चेपुवामा आम नागरिकहरु !
    यसको उपचार के होला?

    11:48 PM – 1 Nov 2016
    • 77 Retweets

    • 1111 likes

    शहर चकमन्न पारेर गरिएको स्वागतलाई सीमान्त दाहालले फरक नजरले हेरेका छन् । उनी लेख्छन्, ‘भारतीय राष्ट्रपतिलाई सन्नाटा छाएको शहरमा गरिएको स्वागत नाकाबन्दी विरुद्धको व्यङ्ग्य नै हो, राष्ट्रपतिले unwelcome महसुस गरुन् ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.