काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालीको तिहारमा पनि टीका लगाएनन् । उनले आफ्ना बहिनीसँग विगत २३ वर्षदेखि टिका लगाएका छैनन् ।
२०५२ सालमा सशस्त्र युद्ध सुरु गरेसँग दाहालले तिहारमा टीका लगाउन छोडेका हुन् । टीका नलगाएपनि उनले आफ्ना पाँच बहिनीलाई भेटघाटका लागि भाटिकाका दिन बालुवाटार बोलाए । त्यस्तै दाहालले दसैंमा पनि टीका लगाएनन् ।
तर दाहालका पाँच बहिनीले उनका भाइ गंगाराम दाहालसँग भने टीका लगाउने गरेका छन् ।
annapurnapost




















