×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

जुवातास, होला हिरासतबास

  •  
  • मङ्गलबार, कार्तिक १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केपी ढुंगाना
    सोखका रूपमा पारिवारिक सदस्यमाझ कौडा खेल्दा र घरमा व्यवसाय बनाउँदै कौडा या तासलाई जुवाका रूपमा खालै जमाएर खेल्दा तिहार प्रहरी हिरासतमै बित्ने जोखिम बढी छ

    कार्तिक १६, २०७३- महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली ब्वाइज होस्टलमा जुवाको खाल जमेको सूचनाका आधारमा शुक्रबार थापागाउँ पुग्यो । प्रहरी सरासर होस्टलभित्र छिर्दा ७ जना ८ बुक ताससहित फेला परेपछि पक्राउ गरी कार्यालय लग्यो । महानगरीय प्रहरी कार्यालयका अनुसार ८३ हजार रुपैयाँसमेत उनीहरूको साथबाट फेला पर्‍यो ।

    कात्तिक ३ मा पर्सामा १२ जना १ लाख ६२ हजार रुपैयाँसहित पक्राउ परे । वीरगन्जको मिथिला नगरटोलको मृत्युन्जय श्रीवास्तवको घरमा प्रहरीले छापा मारेर तास खेलिरहेका १२ लाई पक्राउ गरेको थियो । लक्ष्मीपूजाको दिन कौडा खेले शुभ हुने जनविश्वासअनुसार धेरैको घरमा कौडा चल्छ । कतै सोखका रूपमा खेलिन्छ कतै व्यावसायिक रूपमै जुवा नै जम्छ । कौडाको ठाउँमा हिजोआज तास पनि उत्तिकै चल्तीमा छ ।

    जनविश्वासअनुसार सोखका रूपमा पारिवारिक सदस्यमाझ कौडा खेल्दा तिहार आफ्नै घरमा मनाउने पक्का विश्वासलाई व्यवसाय बनाउँदै कौडा या तासलाई जुवाका रूपमा खालै जमाएर खेल्दा तिहार प्रहरी हिरासतमा बित्ने जोखिम बढी छ ।

    दसैंमा सुरक्षा निकाय बढी चोरी र लुटपाट नियन्त्रणमा केन्द्रित हुने गरेको छ । रमाइलोको आवरणमा खाल नै जमाएर ठूलो परिमाणमा हार–जित हुने गरी जुवा खेल्ने क्रम बढेसँगै प्रहरी प्रधान कार्यालयले ७५ वटै जिल्ला प्रहरी कार्यालयलाई ‘जुवा’ नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएको छ । घरघरमा निगरानी बढाउने प्रहरीको संख्या बढ्दो छ । महानगरीय प्रहरीको तथ्यांकअनुसार काठमाडौंमा २८ जनाको दसै प्रहरी हिरासतमा बितेको थियो । प्रहरीले छापा मारेका अधिकांश स्थानमा फेला परेको नगद र तासको संख्या आधारमा रमाइलोको साटो व्यावसायिक रूपमै जुवा खेलाइएको देखिन्छ ।

    तिहारमा व्यावसायिक रूपमै घरघरमा जुवाका खाल बढ्ने आशंकामा प्रहरीले निगरानीका लागि सादा पोसाकका प्रहरीको बढाएको छ । पछिल्लो समय क्यासिनोमा नेपालीको प्रवेशमा कडाइ गरेसँगै टोलैपिच्छे मिनिक्यासिनो बढेको सूचनापछि प्रहरीले काठमाडौंमा जुवा खेलाइने सम्भावित स्थानको सूची नै बनाएर कारबाहीको तयारी गरेको छ । जुवा ऐन, २०२० ले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापेर खेलेको कुनै खेल भनेर परिभाषित गरेको छ । सोही परिभाषामा टेकेर सानो परिमाणमा हार–जित हुने गरी खेलिने जुवा पनि कानुनी कारबाहीको दायरामा तानिन सक्छ ।

    महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापा चाडको आवरणमा व्यावसायिक रूपमै ठूलो मात्राको हार–जित हुने गरी खेल्ने र खेलाइने जुवा नियन्त्रणका लागि प्रहरी परिचालन बढाइएको जानकारी दिए ।

    रमाइलो या समय बिताउने बहानामा मिनिक्यासिनोका रूपमा जुवातास खेलाउने क्रम बढ्ने भएकाले निगरानीका लागि सादा पोसाकमा प्रहरी बढाइएको र छापा मारेर जुवा ऐनअन्तर्गत कारबाही अगाडि बढाउने थापाले बताए । ‘रमाइलोका लागि पारिवारिक सदस्यमाझ खेल्नेलाई समस्या हुन्न,’ एआईजी थापाले भने, ‘चाड मनाउने बहानामा ठूलो खाल जमाउँदै ठूलै रकम हार–जित हुने गरी खेल्ने खेललाई प्रहरीले छाड्दैन ।’

    २ सय जरिवानामा उन्मुक्ति
    व्यावसायिक रूपमा हुने जुवा नियन्त्रणका लागि प्रहरी सधैंझैं सक्रिय भए पनि कारबाही प्रक्रिया प्रभावकारी देखिन्न । उपत्यकालगायत उपत्यका बाहिरका पोखरा, वीरगन्ज, धरान, बारा, पर्सा, मकवानपुर र पूर्व र मध्यका अधिकांश जिल्लामा संगठित जुवाको खाल जम्ने गरे पनि ती अधिकांश कारबाहीमा तानिँदैनन् । अधिकांश कम परिमाणका सानो तहका जुवाडे पक्राउ पर्ने गरेका छन् । विश्वस्त स्रोतका अनुसार काठमाडौं र ललितपुरमा ठूलो परिमाणमा जुवाको खाल जम्ने गरेका छन् । कतिपय खालबारे जानकार भएर पनि प्रभावशाली व्यक्तिको संलग्नताका कारण प्रहरीले कारबाही गर्न सकेको छैन ।

    सहरी क्षेत्रमा जुवाले संगठित स्वरूप लिए पनि फितलो कानुनी प्रावधानका कारणसमेत नियन्त्रणका लागि प्रहरीले अपनाएको कारबाही प्रक्रिया प्रभावकारी हुन सकेको छैन । जुवा ऐनअनुसार जुवा खेल्दा पहिलो पटक पक्राउ पर्ने २ सय रुपैयाँ जरिवाना तिरेर सहजै उम्कन सक्छ । उसलाई अनुसन्धानका लागि प्रहरीले २ दिनभन्दा बढी प्रहरी हिरासतमा समेत राख्न सक्दैन । पटकेको हकमा एक वर्षसम्म कैद सजायको प्रावधान छ ।

    भुइँचम्पामा प्रहरीको कर्के नजर
    माल्टाबारुद, आलुबम, भुइँचम्पा, गमला, झिरझिरे रकेट र पटका । तिहारको झिलिमिलीसँगै रमाइलोको अर्को पाटो यी सामग्री अहिले निषेध छ । यसको बिक्री गर्ने पक्राउ परिरहेका छन् । तिहारमा प्रयोग गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । भारत हुँदै भित्रिने यी सामग्री नेपालमा तिहारको रमाइलोको एक अंग बनिसके पनि माओवादी सशस्त्र द्वन्द्व चर्किएसँगै सरकारले प्रतिबन्ध लगाएको थियो । तिहारमा प्रयोग हुने बारुदको आवरणमा ठूलो परिमाणमा विस्फोटक पदार्थ भित्रिने सक्ने वा माल्टाबारुदमा रहेको बारुद संकलन गरी विस्फोटक पदार्थ बनाउन सक्ने आशंकाले गृह मन्त्रालयले यस्ता सामग्री भित्र्याउन, बिक्री गर्न र प्रयोग गर्न प्रतिबन्ध लगाए पनि लुकीछिपी कारोबार हुने गरेको छ ।
    तिहार नजिकिएसँगै प्रहरीले मुख्यत: काठमाडौं उपत्यका भित्रिने नाकाको जाँचमा कडाइ गर्दै पटका र झिरझिरे भित्रिन नदिने प्रयास गर्छ । केही फेला पनि पर्छन् । केही भित्रिन्छन् पनि ।

    भूमिगत रूपमा भित्रिएका यस्ता सामग्री व्यापारीले तिहार अगाडि नै मुख्य बजार क्षेत्रमा लुकाएर राख्छन् अनि तिहारमा चर्को मूल्यमा बिक्री गर्छन् ।

    महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापा बारुद प्रयोग हुने पटका र अन्य प्रकृतिका साना बम भित्र्याउन, बिक्री गर्न र प्रयोग गर्न निषेध भए पनि रमाइलोका लागि विशेषत: बालबालिकाले प्रयोग गर्ने भुइँचम्पा, झिरझिरेलगायत बारुद प्रयोग नहुने सामानमा भने रोक नभएको बताए ।

    तर, प्रहरीले पटका भन्दै यस्ता सामग्रीसमेत पक्राउ गरिरहेको छ । शुक्रबार मात्रै प्रहरीले काठमाडौंको खरिबोट र ललितपुरको कुपण्डोलमा रकेट, अनारदाना, आलु बारुद, सानो चक्र, ठूलो चक्र, झिरझिरे र भुइँचम्पासहित सुनील साह र शत्रुध्नकुमार साहलाई पक्राउ गरेको थियो । ‘पड्किने सामग्रीबाहेक झिरझिरे, भुइँचम्पालगायत रमाइलोका लागि प्रयोग हुने सामग्री जफत नगर्न निर्देशन गइसकेको छ,’ एआईजी थापाले भने, ‘सबै पटका हुन् भन्ने अन्योलले नपड्किने सामग्री पनि जफत भइरहेजस्तो छ, म फेरि निर्देशन दिन्छु ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.