×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हङकङ अध्यागमनको कष्टडीमा

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     ‘हङकङ अध्यागमनले हामीलाई पीपुल इन कष्टडी एण्ड पीपुल अण्डर इन्भेष्टिगेसन ग्रुपमा लगेर राख्यो’

    नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चीनको सेन्झेनबाट हङकङ छिर्ने क्रममा शनिबार दिउँसो हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ।

    चीन सरकार निकट संस्थाले ग्वान्झाओमा आयोजना गरेको सिल्करोड सम्बन्धी सेमिनारमा शुक्रबार मन्तव्य दिएपछि भट्टराई हिसिला यमी र विश्वद्वीप पाण्डेसहित नजिकैको शहर हङकङ आउँदै थिए। ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै दिउँसो १ बजेतिर हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र दिएका थिए।

    चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ आएलगत्तै नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफुलाई अपमान गरिएको बताए। नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको बताउँदै भट्टराईले थपे, ‘अहिले म आफैँले पनि अनुभूती गरेँ, आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यावहार गरे।’

    ‘हङकङ अध्यागमनले सजिलैसँग छोडिदिन खोज्यो भन्ने ठानेर हामी तीन जना गयौँ, जाँदै गर्दा त हामीलाई पीपुल इन कष्टडी एण्ड पीपुल अण्डर इन्भेष्टिगेसन भन्ने ग्रुपमा पो लगेर राख्यो’, आफुलाई राखिएको कोठाको सूचना पढेर छानविनमा परेको महशुस गरेका भट्टराईले भने, ‘अनि हामीले पनि के गर्ला भनेर हेर्यौँ, तर झण्डै एक घण्टा बित्न लागिसक्यो केही वास्ता गर्दैन। हामीलाई भर्चुअल कष्टडीमा राखेको जस्तो भयो त्यहाँ।’

    आफुलाई सरकारले कुटनीतिक पासपोर्ट उपलब्ध गराएको भए पनि त्यो प्रयोग नगरेर हरियो पासपोर्ट मै हिँड्ने गरेको पूर्व प्रधानमन्त्री भट्टराईले त्यहाँ खुलाए।

    ‘हामीले पहिले नै भिसा लिएका थियौँ, भिसा लिइसकेपछि अध्यागमनमा त दर्ता गर्ने हो, आयो भनेर रेकर्ड राख्ने मात्र हो’, हङकङस्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराई सहित नेपाली संघसंस्थाका प्रतिनिधिसमक्ष बोल्ने क्रममा केही आक्रोशित देखिएका भट्टराईले भने, ‘कि त भिसा नै दिनु हुँदैन, दिइसकेपछि अध्यागमनमा सामान्य प्रहरीले रोक्ने होइन। हरियो पासपोर्ट देख्ने बित्तिकै अपमान गरियो।’

    हरियो पासपोर्टलाई यसरी अपमान गरिन्छ भन्ने सुनेको तर आफुलाई अति नै गरिएको भट्टराईले बताए । ‘यो त अति भयो, हामीलाई त यस्तो गर्यो भनेपछि अरुलाई के होला?’, भट्टराईले प्रश्न गरे।

    झण्डै एक घण्टा नियन्त्रणमा राखेपछि गल्ती भयो भन्दै माफी मागेर आफुहरूलाई छोडिएको भट्टराईले बताए।

    नेपालीहरू अनधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ। काठमाडौँस्थित चिनियाँ दूताबासबाट दिइँदै आएको भिसाका लागि अहिले हङकङ अध्यागमनमै आवेदन दिनु पर्ने व्यावस्था गरिएको छ ।

    ‘एक घण्टा बित्न लागेपछि हामीले हङकङका नेपाली महावाणिज्यदूतलाई पनि सूचना गर्यौँ’, भट्टराईले थपे, ‘म आफैँले पनि तिमिहरूले खोजेको के हो भनेर कस्सिएपछि गल्ती भो गल्ती भो भने । के गल्ती भो भन्दा केही भन्दैनन्।’

    ‘सरी सरी भनेपछि ह्वाट डु यू मिन वाई सरी भनेर सोधेँ, तर सरी मात्र भने, त्यसपछि तिमिहिरूले नेपाली पासपोर्टलाई जे गर्यौ त्यो ठिक होइन भनेर हामी त्यहाँबाट आयौँ’, भट्टराईले भने।

    कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले यो विषयलाई गम्भिर ढंगले उठाउन महावाणिज्यदूतलाई आग्रह गरे। भट्टराईले भने,  ‘चिनेनन् होला, हामीले पनि पूर्व प्रधानमन्त्री भनेर धाक लगाएनौँ, के गर्दारहेछन् भनेर सामान्य नेपाली जस्तै चुप लागेर बस्यौँ।’

    ‘अरु थुप्रै देशका मानिस खुरु खुरु गइरहेका थिए, हामीलाई चाहीँ छानविन पनि केही छैन, लगेर कष्टडी राखे। यो राष्ट्रिय अपमान हो, नेपाली पासपोर्ट प्रतिको अपमान हो’, भट्टराईले भने, ‘म पनि यसलाई गम्भिर ढंगले उठाउँछु, चीन सरकारसँग नै उठाउँछु, किनकी दुई प्रणाली भए पनि हङकङ चीनकै एउटा अंग हो।’

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.