×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

युरोपको देउसीः दौरासुरुवाल र गुन्युचोलीमा सजियो नयाँ पुस्ता !

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एनआरएनका अगुवादेखि विदेशमै जन्मेको नयाँ पुस्तासम्म

    बसन्त रानाभाट
    स्वदेशमा तिहारको रौनक बढिरहेका बेला प्रवासमा पनि चाडबाडले छोएको छ। युरोपका केही देशमा विभिन्न संघसंस्थादेखि नयाँ पुस्ताका नेपालीसम्मले देउसी भैलो खेल्दै नेपाली संस्कृतिको पहिचान गराएका छन्। विदेशमै जन्मिएको नयाँ पुस्तालार्इ नेपाली भेषमा देखेपछि पुरानो पुस्ताले खुशी प्रकट गरेको छ ।

    युरोपका विभिन्न मुलुकहरुमा नेपाली समुदाय माझ अहिले देउसी भैलो कार्यक्रम चलिरहेको छ। ईच्छुक परिवारलाई अग्रिम जानकारी गराउँदै उनीहरुको दैलोमा नै पुगेर देउसी खेल्ने प्रचलन बढेको छ।

    कतिपय ठाउँमा भने एउटा हलभित्र नै सामुहिक रुपमा देउसी खेल्ने गरिएको छ।

    france-deushi-1

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यसपटक पनि आपतकालीन कोष वृद्धिका लागि देउसी भैलो सुरुवात गरेको छ। संघका पूर्वअध्यक्ष निर्मल अर्यालले यस पटक गरी यो सातौं पटकको देउसी भैलो कार्यक्रम रहेको जानकारी दिए।

    नेपाली दुताबास पेरिसबाट सुरु भएको देउसी भैलो कार्यक्रम अझै जारी छ।

    नेपाली जनसम्पर्क समिति डेनमार्कले पनि यस बर्ष देउसी भैलो खेलिरहेको छ। सामाजिक तथा परोपकारी कोष बढाउनका लागि देउसी कार्यक्रमलाई निरन्तरता दिएको समितिका अध्यक्ष नवराज आचार्य ‘नविन’ ले जानकारी दिए।

    denmark-deushi-1

    त्यसैगरी यतिबेला कोपेनहेगनका नेपाली घर दैलोमा पनि देउसी भैलोका गीतहरु गुन्जिरहेका छन्।

    यस्तै युरो नेपाल कलाकार संघ बेल्जियमले पनि देउसी भैलो विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

    जर्मनीको देउसीमा नयाँ पुस्ता

    युरोपमा नै जन्मेर यतै हुर्केका बालबालिकादेखि युवायुवतीसम्मले दौरासुरुवाल, टोपी, गुन्यु चोलीमा सजिँदै मादलको तालमा देउसुरे भनिरहेका छन्। जर्मनीको फ्र्यान्कफटमा शनिबार यस्तै दृश्य देखियो।

    germany-deushi-photo-2-1

    त्रिशुली न्यु जेनेरेशन जर्मनी नामको संस्थाबाट दोस्रो पुस्ताका एनआरएनहरु देउसी भैलो खेल्दै रमाइलो गरे।

    यतै जन्मेर र हुर्केका भए पनि देउँसी भैलो भट्टाउँदा नेपाली पहिचान र संस्कृतिको कुनै कमी थिएन। जर्मनीको शहरमा पनि उनीहरु भन्दै थिए- ए भन मेरा भाइ हो ….. देउसी रे ! रातो माटो….. देउसी रे ! ए चिप्लो बाटो….. देउसी रे ! ए लड्दै र पढ्दै….. देउसी रे  ! ए आएका हामी ….. देउसी रे ! हामी त्यसै ….. देउसी रे ! आएका हैनौं….. देउसी रे !  बली राजाले ….. देउसी रे ! पठाएका देउसी रे ।”

    europe-deusi

    युवापुस्तालार्इ जीवा र कुमारको साथ

    घर दैलो कार्यक्रम हुँदा गैरआवासीय नेपाली संघ(एनआरएनए) का प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने तथा केन्द्रीय उपाध्यक्ष कुमार पन्त पनि सहभागी थिए।

    एनआरएन अभियन्ताहरुले दोस्रो पुस्ताका गैरआवासीयहरुले आफ्नो संस्कृति र पहिचानका लागि भैलो खेलेको देख्दा खुलेर प्रंशसा गरे।

    संघका उपाध्यक्ष पन्तले भने, यस्ता कार्यक्रमहरुले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको छ, यस्तो दृश्य देख्दा लाग्छ, भावी पुस्ताले पनि विदेशमा नै रहेर पनि नेपाली कला र संस्कृतिका बारेमा राम्ररी बुझ्ने छन् भनेर ढुक्क लागेको छ।”

    france-deushi-1

    आपतकालीन कोष जुटाउन देउसी भैलो

    स्वदेशमा जस्तै देउसी भैलोको रन्को विदेशमा पनि कम छैन।

    गैरआवासीय नेपाली संघदेखि प्रवासमा रहेका विभिन्न संघ संस्थाहरुले आपतकालीन वा सामाजिक कोष बढाउनका लागि देउसी भैलो खेलिरहेका छन्।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.