×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

विवादमा ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    झण्डै २० लाख नेपाली कामदार विदेशमा रहेको सरकारी आकंडा छ

    वैदेशिक रोजगारीका लागि सरकारले ‘नि:शुल्क प्रवेशाज्ञा र हवाई टिकट’ अर्थात् ‘फ्रि भिसा, फ्रि टिकट’को अनिवार्य व्यवस्था ल्याएपछि विदेशमा काम गर्न जाने नेपालीको संख्या करिब एक लाखले घटेको व्यवसायीहरुले बताएका छन्।

    सरकारी अधिकारीहरुले भने गत वर्षयता लागु उक्त व्यवस्थाबाट कामदारहरु लाभान्वित भएको र चेतना बढ्दै गएपछि जोखिम हुनसक्ने वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्या घटेको जनाएका छन्।

    उक्त व्यवस्थाको वैदेशिक रोजगारी व्यवसायीहरुले विरोध गरेपछि सेवा शुल्कबापत निश्चित रकम कामदारबाट लिन पाउने बाटो सरकारले खोलिदिएको छ तर त्यसभन्दा कैयौं गुणा बढी रकम उनीहरुले कामदारबाट असुलिरहेको विवरण पनि प्रकाशमा आएका छन्।

    चिन्ता

    वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार गत वर्ष झन्डै एक लाखको हाराहारीमा विदेश जाने कामदारको संख्या घटेको थियो र यो वर्षको चार महिनाको तथ्यांक हेर्दा यसपालि त्यो संख्या थप घट्ने सम्भावना छ।

    त्यसका कारण देशमा बेरोजगारको संख्या बढेको, देशको एक चौथाइ अर्थतन्त्र धान्ने गरेको रेमिट्यान्स भित्रिने क्रम घटेको र नेपाली कामदारको माग झन् घट्ने खतरा बढेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्।

    वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले भने, “उनीहरुले सस्तोमा र विना टिकट कामदार पाइराख्दा नेपालभन्दा पनि अरु देशका कामदार लिन उनीहरु(विदेशी रोजगारदाता) अन्यत्र लागिसकेका छन्। एक पटक अन्यत्र गइसकेका कम्पनीहरुलाई फेरि नेपाली कामदार लिनकै लागि फर्काउन धेरै सहज हुँदैन।”

    टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुंदा ‘फ्रि भिसा, फ्रि टिकट’ अनिवार्य रुपमा लागू गरेपछि, व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुने भन्दै व्यवसायीहरुले त्यसको निरन्तर विरोध जनाउँदै आएका छन्।

    तर्क

    श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले विदेशिने कामदारहरुको संख्या घट्नुको कारण ‘फ्रि भिसा, फ्रि टिकट’ नभएको बताए।

    उनले भने, “पहिला पहिला जनतामा त्यो सचेतना थिएन। नबुझिकनै मान्छेहरु विदेश जान्थे। धेरै ठगीमा परे र फर्किनका लागि पनि दु:ख बेहोर्नुपर्ने भयो।”

    “उनीहरुलाई मन्त्रालयले अहिले विदेश जाँदा सुरक्षित हुने उपायबारे जानकारी गराउने सेफर माइग्रेसन प्रोजेक्ट सञ्चालन गरेका छौं। त्यो विभिन्न १८ जिल्लामा सञ्चालनमा छ। त्यसकारण जनचेतनामा भएको अभिवृद्धिले जथाभावी तरिकाले मान्छेहरु विदेश जान छोडेको हो। त्यो भएपछि अलिकति घट्नु स्वाभाविक नै हो।”

    तर श्रममन्त्री सूर्यमान गुरुङ भने ‘फ्रि भिसा, फ्रि टिकट’को विपक्षमा देखिन्छन्।

    उनले भने, “यो सस्तो लोकप्रियताका लागि ल्याइएको कार्यक्रम जस्तो बनेको छ। यो व्यवस्था लागू गरेपनि कामदारहरु ठगिने क्रम रोकिएको छैन”।

    झन्डै २० लाखको हाराहारीमा नेपाली कामदारहरु विदेशमा रहेको र उनीहरुले वार्षिक साढे तीन खर्ब रुपैयाँको हाराहारीमा ‘रेमिट्यान्स’ पठाउने गरेको बताइन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.