×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘हिउँदमा गत वर्षकोभन्दा लोडशेडिङ नबढ्ने’

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नेपाल विद्युत प्राधिकरणले यसपालि हिउँद याममा अघिल्लो वर्षको भन्दा बढी लोडशेडिङ हुन नदिने बताएको छ।

    प्रधानमन्त्री प्रचण्डले लोडशेडिङ सात घण्टामा सीमित पार्न पद बहालीपछि अधिकारीहरुलाई निर्देशन दिएका थिए।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले लोडशेडिङको समय घटाउन प्रयास भइरहेको बताए।

    तिहार सकिएसँगै दैनिक हुने लोडशेडिङको समायावधि पनि विस्तारै बढ्दै जाने गरेको छ।

    विकराल

    लोडशेडिङ्ग भनेको आयातमा अलिकति गडबड हुन थाल्यो अथवा हाम्रो उत्पादनमा अलिकति गडबड हुन थाल्यो भने त्यहीं हिसाबले थपघट हुन्छ, नभए हाम्रो योजनाअनुसार गत वर्षको भन्दा बढ्दैन

    कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण

    अघिल्लो वर्ष शुरुमा भूकम्प र त्यसपछि नाकाबन्दीका कारण लोडशेडिङको समस्या विकराल बनेको थियो।

    गत वर्ष यसै महिनातिर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडशेडिङको अन्त्य हुने बताएका थिए।

    उनले दिएको समयावधि लगभग पूरा हुनलाग्दा सरकार भने अझै पनि पोहोर भएको १२ घन्टा कम लोडशेडिङ कसरी गराउने भन्ने प्रयासमै छ।

    यो वर्षको लोडशेडिङ अवस्था कस्तो होला?

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, “लोडशेडिङ्ग भनेको आयातमा अलिकति गडबड हुन थाल्यो अथवा हाम्रो उत्पादनमा अलिकति गडबड हुन थाल्यो भने त्यहीं हिसाबले थपघट हुन्छ, नभए हाम्रो योजनाअनुसार गत वर्षको भन्दा बढ्दैन।”

    यस वर्ष हिउँद याम लोडशेडिङ सात घण्टामा सीमित गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए।

    नेपालमा १३ सय मेगावाट विद्युतको अभाव रहेपनि नेपालको विद्युत उत्पादन क्षमता करिब ७ सय मेगावाटमात्रै छ।

    अपेक्षा

    अघिल्लो वर्ष ढल्केवर-मुजफ्फरपुर द्वीदेशीय प्रसारणलाइनबाट नेपालमा ८० मेगावाट विद्युत आयात भएको थियो।

    जसबाट थप १ सय ८० मेगावाट यो हिउँदमा थपिए सरकारको योजना अनुसार लोडशेडिङ सात घण्टामा रहने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।

    कार्यकारी निर्देशक घिसिङले थपे, “डिसेम्बर अन्तिम सम्ममा सकाउने लक्ष्य दिइएको छ। त्यतिबेलासम्म सकिएन भने १०/१५ दिन तलमाथि होला। तर त्यो सब स्टेशन एकदमै द्रुत गतिमा बढेको छ। त्यो भयो भने थप २५० मेगावाट आयात गर्ने अवस्थामा पुग्छौँ।”

    ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी अबको दुई वर्षभित्र बनिसके त्यसले लोडशेडिङमा व्यापक कमी ल्याउने अपेक्षा गरिएको छ।

    त्यसबाहेक चमेलियालगायत निजी क्षेत्रबाट पनि केही आयोजनाहरु आएपछि नेपालीहरुले हिउँदमा चर्को लोडशेडिङ खेप्ने अवस्था नरहने सरकारको अपेक्षा छ।

    तर अघिल्लो वर्षको भूकम्पका कारण निर्माण अवधि थप लम्बिएका जलविद्युत आयोजनाहरु बनाउने काम सोचेजति द्रुत गतिमा अघि बढ्न नसकिरहेको सरकारी अधिकारीहरु नै स्वीकार्छन्।

    जसका कारण एकाध वर्षमै लोडशेडिङ्ग अन्त्य गर्ने प्रतिबद्धता अझै पनि पूरा हुने ठोस आधार देखिँदैन।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.