×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

हामीले नगरेरै हो, गरे देश बनाउन सकिन्छः सीताराम कट्टेल (धुर्मुस)

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सीताराम कट्टेल, धुर्मुस

    मेरा लागि दशैं, तिहार र छठ सबै हिजै हो, जुन दिन मैले राष्ट्रप्रमुखलाई आफुले बनाएको बस्तीको साँचो हस्तान्तरण गरें । त्यो क्षण मलाई कति खुसी लाग्यो, शब्दमा व्याख्या गर्न गार्‍हो हुन्छ । बस्ती निर्माणमा खटिएकाहरुले निकैबेर एक-आपसमा हक गर्‍यौं । हर्षका आँशु पनि आए ।

    भूकम्पपछि मस्तले निदाएको पनि हिजै हो । बेलुका टेलिभिजन पनि त्यति हेरिनँ । आज एउटा सपना पूरा भयो भनेर बेलैमा सुतेँ । तर, लागेको बानी के छुट्थ्यो ? बिहान तीनै बजे नै निन्द्राले छोड्यो ।

    Dhurmus Suntali work at Giranchaur (11)बस्ती निर्माण गर्दा म गिरानचौरमै बस्थेँ । पाँच सयको हाराहारीमा काम गर्ने मान्छेहरु थिए । म तीनै बजे उठ्थेँ, सबैलाई उठाउथेँ । शौचालय सीमित थियो, त्यसकारण पनि तीनै बजे उठ्नुपथ्र्यो । सबैजना एकैपटक उठे भने शौचालयको समस्या पथ्र्यो । चिया खाजा खाएर पाँच बजे त काममा जुटिसक्थ्यौं । तीन बजे उठेको बानीले छाडेन । हिजो पनि तीनै बजे ब्युझिएँ ।

    राष्ट्रपतिले भन्नुभयो-अभियान देशब्यापी बनाउनुपर्छ

    राष्ट्रपति विद्यादेवी भण्डारीले सबै घरहरु अवलोकन गर्नुभयो । नमूना काम गरेको भन्दै बधाइ दिनुभयो । यस्तो काम देशव्यापी गर्नुपर्ने भन्दै अभियानलाई सफल पार्न सरकारसँग सल्लाह गरेर सहयोग गर्ने कुरा गर्नुभयो ।

    बस्ती घुम्नेक्रममै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सोध्नुभयो- ‘तपाईलाई कसरी यस्तो महान काम गर्ने सोच आयो ?’ मैले भनेँ-भूइँचालोपछि यस किसिमको सोच आयो ।’

    dhurmus-suntali-giranchaur-4नेपालको विकासका लागि सामुहिक आवास अनिवार्य निर्माण गर्नैपर्छ भनेर मैले जानकारी गराएँ । उद्योगमन्त्रीले पनि आगामी दिनमा यही स्टाइलमा काम गर्ने वचन दिनुभयो । र, यसलाई बृहत बनाउने कुरा गर्नुभयो ।

    प्रकृतिले निकै दुःख दियो

    नेपालको कानुन अनुसार असार, साउन र भदौमा खोलाको ढुंगा निकाल्न पाइँदैन । तर, हाम्रो पुनर्निर्माणको काम बर्षायाममै सुरु भएको थियो । त्यसकारण नजिकै खोलामा भएको ढुंगा छाडेर  निकै पर गएर ल्याउनुपर्‍यो ।

    यो वर्ष प्रकृतिले पनि निकै सतायो । पानी अत्यधिक पर्‍यो । हामी निकै दुःख गरेर गिटी बालुवा जम्मा गथ्यौर्ं । आकाशबाट परेको पानीले हामीले जम्मा गरेको बालुवा र गिटी बगाएर लान्थ्यो । त्यो देख्दा मलाई सार्‍है नरमाइलो लाग्थ्यो ।

    Dhurmus Suntali work at Giranchaur (8)घर बनाउन सुरु गरिसकेकाले बनाउनैपर्ने हाम्रो वाध्यता थियो । तर, प्रकृतिले हाम्रो समस्या बुझ्ने कुरो भएन । हामी आफैंले प्रकृतिको समस्य बुझ्ने प्रयाश गर्दै काम गर्‍यौं ।

    चार वृद्धलाई गुमाउनु पर्दाको पीडा

    बस्तीमा चारजना बृद्ध हुनुहुन्थ्यो । उहाँहरु चारै जना काम गर्न सक्नु हुन्थेन । तर, सँधै मसँगै हिँड्नुहुन्थ्यो । म जता काममा जान्थें, उहाँहरु उतै जानुहुन्थ्यो ।

    धुर्मुस र सुन्तली त हाम्रा बा-आमा हुन् भन्नुहुन्थ्यो । यस्तो घरमा बस्न पाइन्छ भनेर त हामीले सपनामा पनि देखेका थिएनौं तर, बस्न पाउने भयौं भनेर निकै खुसी हुनुभएको थियो । नयाँ घरमा बस्ने उहाँहरुको निकै ठूलो चाहना थियो ।

    giranchaur_dhurmus-suntali-basti-17चारमध्ये दुईजना बृद्धको बस्ती निर्माण हुँदै गर्दा निधन भयो भने अरु दुईजनाको घर निर्माण भएपछि निधन भयो । उहाँहरुले हामीले बनाएको घर हेर्न त पाउनुभयो, तर बस्न पाउनुभएन ।  अहिले पनि मलाई उहाँहरुको यादले सताइरहन्छ । बस्तीमा पुग्यो कि उहाँहरुको अनुहार झल्झली याद आउँछ ।

    उहाँहरुलाई नयाँ घरमा बसाउन पाएको भए म साँच्चै आभारी हुने थिएँ । उहाँहरुले मलाई आर्शिवाद दिनु हुने थियो । तर, मलाई आर्शिवाद दिन नभ्याउँदै उहाँहरुले संसार छाड्नुभयो ।

    सास्ती कति भयो, क्रमशः भन्ने छु

    भर्खर बस्ती बनेको छ । अहिले नै मलाई यस्तो समस्या पर्‍यो भन्दा कतिलाई नपच्न सक्छ । कति दुःख भएको छ, त्यो मलाई मात्रै थाह छ । दुःखका कथा क्रमशः भन्दै जाने छु ।

    सुरुमा स्थानीयलाई कन्भिन्स गर्न निकै गार्‍हो भएको थियो । धुर्मुसेले पैसा उठाउन आएको हो, यसले घर बनाउँदैन भनेर भन्नेहरु धेरै थिए । यो सस्तो लोकपि्रयता खोज्दै आएको पनि भने । तर, म आफ्नो योजना पूरा गर्ने सोचमा थिएँ ।

    जब बस्ती निर्माणले गति लियो, सहयोगी हातहरुको ओइरो लाग्यो । कतिले यस्तो पनि भने ‘धुर्मुसजी तपाई सहयोग स्थगित नगर्नुस् । जति उठ्छ उठाउनुस् । यहाँ कामै नगरी खाने त छन् । तपाईले त काम गर्नुभएको छ । तपाई पनि खानुस् ।’ तर, मेरो उद्देश्य पैसा कमाउने थिएन । मैले बस्ती निर्माणलाई पुग्ने पैसा उठेपछि सहयोग बन्द गरेँ ।

    नगरेरै देश नबनेको हो, गरे बनाउन सकिन्छ

    Dhurmus Suntali work at Giranchaur (12)म कलाकारिता क्षेत्रको मान्छे । मलाई घर कसरी बनाउने, के गरेमा सभ्य बस्ती निर्माण गर्न सकिन्छ भन्ने थाहा थिएन । तर, मैले प्रयाश गरेँ । सफल भइयो । मेरो अनुभवले भन्छ- हाम्रो देश नबनेको, हामीले नगरेरै हो, गरे देश बनाउन सकिन्छ ।

    यदि राजनीतिक दलका नेताहरुले चाहने हो भने सबै सम्भव छ । अहिले राजनीति व्यवसायजस्तो बनेको छ । त्यसकारण पनि राजनितिज्ञहरु देश बनाउने कुरामा चासो दिँदैनन् ।

    केहीलाई राम्रो काम गर्दा रोजीरोटी गुम्ला कि भन्ने डर छ । तर, म ठोकुवा गर्छु, जनताको साथ, समर्थन र नेतृत्वको दुरदर्शिता भयो भने देश बन्छ । बन्नैपर्छ । नबनेर सुःखै छैन ।

    (अनलाइनखबरसँगको कुराकानीमा आधारित)

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.