×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

विश्वभर दिपावलीको प्रभावः ओबामालाई समेत लाग्छ तिहार !

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कुन कुन देशमा कसरी मनाइन्छ दिपावली ?

    एजेन्सीको सहयोगमा

    १३ कात्तिक, काठमाडौं ।  तिहार नेपालका हिन्दुहरुको दोस्रो ठूलो चाड हो । दशैंपछि लगत्तै आउने यो चाड पाँच दिनसम्म मनाइन्छ । तर, नेपाल र भारतमा मात्रै होइन, विश्वका विभिन्न देशमा आ-आफ्नो तरिकाले तिहार मनाइन्छ । कुन देशमा कसरी मनाइन्छ तिहार ? पढ्नुहोस् एक रिपोर्टः

    अमेरिका

    अमेरिकाका थुप्रै शहरमा दीपावली आयोजना गरिन्छ । सन् २००३ मा ह्वाइट हाउसमा समेत पहिलोपटक दीपावली मनाइएको थियो ।

    obama-dipawaliपूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । बाराक ओबामा सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिने पहिलो राष्ट्रपति बने ।

    सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तलिम र नेपालीहरु पर्दछन् ।

    इण्डोनेसिया

    इण्डोनेसियाको जनसंख्याको दुई प्रतिशत हिन्दुहरु छन् । दक्षिणपूर्वी एशियाको ठूलो देश मानिने इण्डिोनेसियामा पनि दिपावली पर्व मनाउने गरिन्छ ।

    indonesiaत्यसैगरी दक्षिण अफ्रिका, गुएना, मौरिसस लगायतका देशहरुमा पनि कतिपय नागरिकहरुले दिपावली मनाउने गरेका छन् । क्यानडनलाई पनि दिपावलीले छुने गरेको छ । जापान, थाइल्याण्ड, फिलिपिन्सजस्ता देशहरु पनि दिपावलीबाट अछुतो छैनन् ।

    मलेसिया

    मलेसियामा भारतीय उपमहाद्विपको परम्पराअनुसार दिपावली मनाइन्छ । यस अवसरमा मलेशियाई हिन्दू (तमिल, तेलुगु र मलयाली) ले ओपन हाउसेस आयोजना गर्छन्, जसमा भोजनका लागि आफ्नो घरमा फरक- फरक जाति तथा धर्माबलम्बीहरुलाई स्वागत गरिन्छ ।

    malesiyaमलेसियामा दिपावलीलाई धार्मिक सदभावना तथा देशभित्रका धार्मिक र जातीय समुहहरुका बीच मैत्रीपूर्ण सम्वन्धका लागि एक अवसर रुपमा लिइन्छ ।

    मलेसियाको जनसंख्याको ८ प्रतिशत हिन्दुहरु रहेकाले त्यहाँ दिपावली अनिवार्यरुपमा मनाउने गरिन्छ । त्यहाँ ठूलो संख्यामा रहेका नेपालीहरुले पनि दिपावलीमा रौनक थप्ने गरेका छन् ।

    सिंगापुर

    सिंगापुरमा रहेका हिन्दुहरुका लागि दिपावली एक वाषिर्क उत्सव हो । यहाँ अल्पसंख्यक भारतीय समुदाय (तमिल) ले यसलाई मुख्यरुपमा मनाउँछन् । सिंगापुरमा दिपावलीमा यहाँ सार्वजनिक विदा दिइन्छ । सिंगापुर प्रहरीमा रहेका नेपालीहरुले पनि तिहार बनाउँछन् ।

    singaporeभारतीयहरुको बाक्लो उपस्थिति रहेको सिंगापुरको सरकारका साथै त्यहाँको हिन्दू व्यवस्थापन बोर्डले यस उत्सवका क्रममा थुप्रै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दछ ।

    अष्ट्रेलिया

    अष्ट्रेलियाको मेलबर्नमा दिपावलीलाई भारतीय मूलका व्यक्ति तथा स्थानीयवासी मिलेर सार्वजनिक रुपमा मनाउँछन् । सेलिब्रेट इन्डिया इ-कर्पोरेसनले सन् २००६ मा मेलबोर्नमा प्रतिष्ठित फेडरेसन स्क्वायरमा दीपावली समारोह सुरु गरेको थियो ।
    अहिले यो समारोह मेलबर्नको कला क्यालेन्डरको हिस्सा बनेको छ र शहरमा एक हप्ताभन्दा बढि समय यो पर्व मनाइन्छ । भिक्टोरियन संसद, मेलबोर्न संग्रहालय, फेडरेसन स्क्वायर, मेलबोर्न हवाई हड्डा सहित थुप्रै प्रतिष्ठित भवन एक सातासम्म साजसज्जा गरिन्छ ।

    श्रीलंका

    यहाँ तमिल समुदायले दिपावली मनाउने गर्छन् । यस दिन बिहान तेलले स्नान गरेर नयाँ लुगा लगाउने, एक-अर्कालाई उपहार दिने, मन्दिरमा गएर पुजा गर्ने गरिन्छ ।

    srilankanfestivalबेलुकी पटका पड्काउने चलन यहाँ पनि छ । हिन्दूहरुले तेलको दियो जलाएर धनकी लक्ष्मी देवीको आराधना गर्दन् । श्रीलंकामा दिपावलीका अवससरमा विभिन्न खेल, आतिशवाजी, गायन, नृत्य संगीत, भोज आदिको आयोजना गरिन्छ ।

    बेलायत

    बेलायतमा रहेका भारतीय र नेपालीहरुले उत्साहपूर्वक दीपावली मनाउँछन् । मानिसहरु आफ्नो घरलाई दीप तथा मैनबत्तिले सजाउँछन् । लड्डु, बर्फी जस्ता मिठाइहरु आपसमा आदान प्रदान हुन्छ ।

    सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरन आफ्नी पत्नीका साथ स्वामीनारायण मन्दिरमा आयोजित दीपावली उत्सवमा सरीक भएका थिए ।

    न्युजिल्याण्ड

    न्युजिल्याण्डमा दीपावली दक्षिण एशियाली प्रवासीको सांस्कृतिक समूहहरुबीच सार्वजनिक रुपमा मनाइन्छ ।
    सन् २००३ मा न्यूजिल्याण्डको संसदमा आधिकारिक रुपमा दीपावली मनाइएको थियो । अन्धकारमाथि प्रकाश, अन्यायमाथि न्याय, अज्ञानतामाथि ज्ञानको विजयको प्रतीकका रुपमा दीपावलीलाई लिइन्छ ।

    tiharफिजी

    फिजीमा दीपावलीका दिन सार्वजनिक विदा दिइन्छ । यहाँको जनसंख्यामा एक तिहाई हिस्सा ओगट्ने हिन्दूूहरुले एकसाथ दीपावली मनाउँछन् ।

    विश्वका विभिन्न देशमा रहेका भारतीय र नेपाली मूलका नागरिकले मात्रै होइन विश्वभरि छरिएर रहेका आप्रवासी हिन्दुहरुका कारणले पनि दिपावलीको प्रभाव संसारभरि नै पर्ने गरेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.