×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारतीय राष्ट्रपतिको भ्रमणका लागि विशेष सुरक्षा योजना तयार

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकाको जाँचमा कडाइ

    काठमाडौं: भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ। गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए।

    राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ।केही दिन अघिदेखिनै नेपाल– भारत सीमानाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ। काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ।

    प्रवक्ता पन्थीले भने,’भ्रमणको विशेष सुरक्षा योजना बनिसकेको छ, त्यसको कार्यान्वयन समेत सुरु भइसकेको छ।’उनले भ्रमणको क्रममा चारै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरिने जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाइने छ भने राष्ट्रिय अनुसन्धान विभागलाई पनि भ्रमणको क्रममा परिचालन गरिनेछ। राष्ट्रपतिका लागि काठमाडौँसहित उहाँ जाने पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ।

    सो जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ। राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट कार्यक्रम र सवारीको गतिविधि नियाल्ने तयारी गरिएको छ।

    विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिने तय भएको छ। भारत र पाकिस्तानबीच अहिले देखिएको चिसोपन र नेपाल–भारत खुला सिमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपानाइएको हो।
    भ्रमणको सुरक्षा व्यवस्था बुझ्न आजै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सुरक्षा निकायका प्रमुख पोखरा र जनकपुर जाने कार्यक्रम छ।

    भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ। भारतीय राष्ट्रपतिको सुरक्षा गार्डसमेत केही सङ्ख्यामा नेपाल आउने बताइएको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक हेमन्त पालले पोखरा र जनकपुरका लागि आवश्यक सवारीसधान काठमाडौँबाट पठाइन लागेको जानकारी दिए।

    राष्ट्रपतिको सवारी अवधिभर सवारी हुने रुटको सडक पूर्णरुपमा खाली गरिने उनले जानकारी दिए। राष्ट्रपति मुखर्जी कात्तिक १७ गते काठमाडाैं आइ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रिपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न राजनीतिक पार्टीका नेतासँग भेटवार्ता, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोह, पशुपतिनाथ मन्दिरको दर्शनलगायतका कार्यक्रममा सहभागी हुनेछन्।

    त्यस्तै कात्तिक १९ गते जनकपुर गई जानकी मन्दिरको दर्शन र त्यहाँको नागरिक अभिनन्दन कार्यक्रम तथा पर्यटकीय नगरी पोखरा गई भारतीय सेनाबाट अवकाश प्राप्त गोरखा सैनिकको भेलालाई सम्बोधन गर्ने तथा सोही दिन काठमाडौँ आई भारत फर्किने कार्यक्रम रहेको छ। रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.