×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पुलिस देखेपछि हामफाल्दा युवतीको मृत्यु

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गजेन्द्र बोहरा

    तुलसीपुर: इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको एउटा टोली गस्तीमा निस्केको थियो । तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कमा प्रहरीको टोली पुग्यो । प्रहरीको टोली एकाएक छिरेपछि होटेलको तेस्रो तलाबाट एउटी युवती हामफालिन्, उनको त्यहीँ ज्यान गयो । केहीबेरपछि परिवारलाई बोलाइयो अनि प्रहरीले भन्यो, ‘छापा मार्न गएका बेला हतास भएर हामफालिछन् ।’

    २० वर्षीया युवतीको मृत्युपछि परिवारले शव बुझ्न मानेन । शुक्रबार बिहानभरको छलफलपछि केही क्षतिपूर्ति दिने सहमतिमा मात्र प्रहरीले आफन्तलाई शव बुझाएको छ । युवतीसँग बसेका दुईजना युवक र होटेल मालिकले उक्त क्षतिपूर्ति भर्ने सहमति भएको छ ।

    ती युवती दुईजना युवासँग उक्त होटेलमा गएकी थिइन् । त्यही समयमा प्रहरी होटेलभित्र छिरेपछि ती युवा कोठाबाट बाहिरिए । युवती भने होटेलको माथिल्लो तलामा थिइन् । प्रहरी सोही तलामा पुगेपछि उनले आत्तिएर छतबाट हामफालेको प्रहरीको भनाइ छ । प्रहरी पुग्दा कोठामा उनी एक्लै थिइन् ।

    तर, खासमा प्रहरी भने होटेलमा छापा मार्न गएको थिएन । अघिल्लो दिन (बुधबार) बिहानै तुलसीपुरको बसपार्कबाट एकजनालाई आँखामा खुर्सानीको धुलो हालेर १६ लाख रुपैयाँ लुटिएको थियो । सोही घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई कसैले शंकास्पद व्यक्ति उक्त होटेलमा छिरेको भन्ने सूचना दिएको थियो । सोही सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । तर, प्रहरीको प्रवेशसँग आत्तिएकी ती युवतीले छतबाटै हामफालिन् ।

    ‘हामी त्यहाँ छापा मार्न गएकै थिएनौं । हाम्रो उद्देश्य त्यस्तो पनि थिएन’, डीएसपी तिमिल्सिनाले घटनाबारे भने, ‘होटेलमा पुगेर साहूजीलाई कति पाहुना छन् भनेर सोध्दै थियौँ, केही खसेको आवाज आयो । अर्कै घटनाको अनुसन्धान गर्दा दुःखद घटना भयो ।’

    तुलसीपुर १८ हेमनगर निवासी उनी टुहुरी युवती हुन् । उनका बाबुलाई युद्धकालमै तत्कालीन माओवादीले अपहरण गरेर मारेका थिए । त्यसको केही वर्षपछि उनकी आमाले पनि दोस्रो बिहे गरिन् । आफ्ना हजुरबाहजुरआमासँग बस्दै आएकी उनका दाजु अहिले बीएससी अध्ययनरत छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.