×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

परराष्ट्रले सार्वजनिक गर्‍यो भारतीय राष्ट्रपतिको तीन दिने नेपाल भ्रमण तालिका

  •  
  • शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुखर्जीले जनकपुर र पोखराको पनि भ्रमण गर्ने

    जगदीश्वर पाण्डे

    कार्तिक १३, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणको तालिमका परराष्ट्र मन्त्रालयले शनिबार सार्वजनिक गरेको छ ।
    परराष्ट्रले विज्ञप्तीमार्फत् भारतीय राष्ट्रपतिको स्वागतदेखि उनको दैनिक कार्यक्रमबारेमा जानकारी गराएको हो । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत गर्ने भएकी छन् ।

    नेपालकी राष्ट्रपति भण्डारीले कात्तिक १७ गते त्रिभुवन विमानस्थलमा भारतीय प्रधानमन्त्री मुखर्जीको स्वागत गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । उनी १८ वर्षपछि नेपाल टेक्ने भारतीय राष्ट्रपति हुनेछन् । सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायण नेपाल भ्रमणमा आएका थिए ।

    भारतीय राष्ट्रपतिलाई स्वागत गरेपछि राष्ट्रपति भवन शितल निवासमा नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने छिन् । त्यसपछि शीतल निवासमै भारतीय राष्ट्रपतिको सम्मान स्वरूप दिवा भोजको आयोजना गरिने छ । त्यसपछि उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय राष्ट्रपति मुखर्जीसँग छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ । कात्तिक १७ गते बेलुकी प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जी र उनको टोलीलाई भोजको आयोजना गर्नेछन् । त्यसपछि नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गरेको भोजमा भारतीय राष्ट्रपति मुखर्जी सहभागि हुने कार्यक्रम छ ।

    दोस्रो दिन कात्तिक १८ बिहान मुखर्जी पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । त्यहाँ उनले पूजा गर्नेछन् । त्यसपछि उनले काठमाडौं विश्वविद्यालयले दिन लागेको मानार्थ विद्यावारिधिमा भाग लिनेछन् । मुखर्जीले सोही दिन नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले आयोजना गर्ने सेमिनारमा भाषण गर्ने कार्यक्रम छ । मुखर्जीलाई विभिन्न दलका नेताहरूले पनि भेट्ने कार्यक्रम छ ।
    यस्तै, कात्तिक १९ मा बिहान मुखर्जी जनकपुर प्रस्थान गर्नेछन् । जानकारी मन्दिरमा पूजा गरेपछि मुखर्जीको सम्मानमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरातर्फ लाग्नेछन् । भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं फर्केपछि १९ गते बेलुकी भारत फर्कने कार्यक्रम छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.