×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

तिहारका बेला दाइ नै बोलेनन्

  •  
  • शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नितु घले

    तेस्रोलिंगीको रूपमा पहिचान बनेपछि पहिलोपटक घर फर्केकी छन् मिस पिंक एनी लामा । यसपटक तिहार मनाउन एक साताअघि विराटनगरको तिथ्रास्थित आफ्नो घर पुगेकी हुन् उनी । २४ वर्षीया एनीलाई तराईको तिहार रमाइलो लाग्छ । ‘घर नआएको चार वर्ष भइसकेको थियो । यसपटक तिहारका अवसरमा घर आएकी हुँ’, एनीले भनिन् ।

    तेस्रोलिंगी समुदायको प्रतिनिधित्व गर्ने एनी अरूले भन्दा फरक तरिकाले तिहार मनाउने सोचमा छिन् । उनका अनुसार तेस्रोलिंगी पहिचान नखुलाएका साथीहरू पनि एकआपसमा मिलेर तिहार मनाउँछन् । शुभकामना आदानप्रदान गर्छन् । लक्ष्मीको पूजा गर्छन् । सबैजना एकै ठाउँमा जम्मा भएर खाने, देउसी, भैलो खेल्ने गर्छन् । तर एनीको बुझाइमा यसमा खासै रमाइलो हुँदैन ।

    ‘तिहारमा भाइटीका पनि गर्छन् ।दाजुभाइ, दिदीबहिनी भनिएको हुन्छ तर हामीलाई समाजले स्वीकारेको हुँदैन’, एनीले भनिन्, ‘जसलाई समाजले स्वीकारेको हुँदैन, उनीहरूसँग के भाइटीका लगाउने भनेर मैले कसैलाई पनि टीका लगाएको छैन ।’ उनको अनुभवमा दाजुभाइ, दिदीबहिनी त भन्छन् तर टीका लगाउने खालको सम्बन्ध बनाउन कोही चाहँदैनन् । तेस्रोलिंगीलाई समाजले घृणा गरिरहेको छ ।

    समाजले जेजस्तो गरे पनि उनको घरमा भने उनलाई स्वीकारेको एनीको भनाइ छ । ‘घरमा मम्मीले सुरुमा चित्त दुखाउनुभयो । आमालाई त आफे सन्तान जेजस्तो भए पनि माया लागिहाल्छ नि’, उनले भनिन्, ‘तर परिवारमा सँगै बस्ने दाइहरू भने मसँग बोल्नुहुन्न । त्यसैले दिदीबहिनीसँगै तिहार मनाउने योजना बनाएको छु ।’ तर दाइ नबोले पनि आफूलाई फरक नपर्ने उनको भनाइ छ ।

    ‘नागरिकता, पासपोर्टका लागि मात्रै होइन, पहिचान र अधिकारका लागि लडेको मान्छे म’, एनीले थपिन्, ‘दाइहरू चाहन्थे, मैले लिंग परिवर्तन नगरूँ । पहिचान नखुलाओस् । तर सानो भइन्जेल पो म को हुँ भन्ने थाहा थिएन । थाहा पाएपछि त पहिचान खोज्नु स्वाभाविक हो नि ।’

    तिहार मान्न घर आएका बेला दाइहरू नबोलेकाले उनलाई अलि खल्लो भने लागेको छ । आफूले पहिचान लुकाएर एउटी केटीसँग विवाह गरेको भए त्यो केटीको जिन्दगी बर्बाद हुने उनको बुझाइ छ । ‘यो कुरो समाजले बुझ्दैन । यस्ता कुरा मजस्ता मान्छेले लुकायो भने समाज कसरी परिवर्तन हुन्छ ? ‘, उनको प्रश्न छ ।

    यसपालिको तिहारमा रंगोली बनाउन, देउसीभैलो खेल्न घर फर्केको उनी बताउँछिन् । ‘काठमाडौंका साथीहरूसँग खासै समय हुँदैन तर यहाँ स्कुल कलेजका साथीहरू भएकाले रमाइलो हुन्छ’, उनी कारण खुलाउँछिन् ।

    एनी लामाको आनीबानी बच्चादेखि केटीको जस्तै भएकाले सबै कुरा साथीहरूले सजिलै लिए । तर, छिमेक र समाजले यसो भन्यो उसो भन्यो भनेर आमाले सुनाउँदा उनलाई नरमाइलो लाग्छ । फेसन डिजाइनसम्बन्धी कोर्स गर्दै गरेकी एनीले समाजमा पहिचान खुलाएका नखुलाएका सबै तेस्रोलिंगीलाई दीपावलीको शुभकामना दिएकी छन् ।

    उनको विचारमा कसैले तेस्रोलिंगी भएकै कारण हेप्ने, हेला गर्ने गरेको भए चाडपर्वले नजिक बनाउनसक्छ । सम्बन्ध सुमधुर बनाउन सहयोग गर्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.