×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

२७ दिनको साधनापछि योगी ब्याघ्र वेदनाथको निष्कर्ष-आफूले चाहेको पो जिन्दगी !!

  •  
  • शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नितु घले

    काठमाडौं: ‘यसैमा जन्मियौं, यसैमा हुर्कियौं, यसैमा बिलायौं । फुटेको भए जुटेर गरौं । छुटेको मिलाऔं ।’

    पशुपति मृगस्थलीमा बिहीबार सत्ताईस दिन लामो मौनव्रत र साधना तोडेपछि योगी ब्याघ्र वेदनाथका रूपमा चिनिएका प्रभञ्जनबहादुर सिंहले गुरु योगी नरहरिनाथका भनाइ सम्झिए । उनले भने, ‘जे छ गुरुको छ, मेरो केही छैन । गुरुले जुन बाटो तय गर्नुभयो त्योभन्दा दायाँबायाँ जान्नँ ।’

    पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका छोरा योगी ब्याघ्र वेदनाथ पछिल्लो समय युवापुस्तामाझ परिचित छन् । एउटा सम्भ्रान्त परिवार त्यागेर योगी बन्न पुगेका उनी पूर्वयुवराज पारस शाहसँग निकट सम्बन्धका कारण बढी चर्चित भए । तीन वर्षदेखि आध्यात्मिक जीवनमा लागेका उनले २७ दिन लामो ध्यान भौतिक जीवन छाडेपछि गरिने अभ्यास भएको बताए । ‘आध्यात्मिक जीवन बुझ्न साधना गर्नुपर्छ । अध्यात्मका लागि अध्ययन गर्नुपर्छ । यसैको सिलसिलामा मौनव्रत बसें । नुन खाइनँ’, उनले भने, ‘जिब्रोमा ६ वटा रस हुन्छन् । तीमध्ये नुन एउटा हो । जिब्रोले वशमा राख्न खोज्छ जुन साधनाका लागि ठीक हुँदैन ।’

    सत्ताईस दिन लामो ध्यानबाट बाहिर आउँदा आनन्द आएको उनले सुनाए । ‘तामसी भोजन र राजसी ठाँट छोडेर सात्विक बनें । साँच्चै स्वर्गमा पुगेजस्तो भइरहेको छ । लोभलालच र मायामोह त्यागेपछि कुनै कुराको तनाव हुँदैन’, उनले भने ।

    सेन्ट जेभियर्स र प्रहरी स्कुलबाट स्कुल तहको शिक्षा सके पनि साँच्चैको अध्ययन भने बल्ल सुरु गरेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘गुरु योगी नरहरिनाथका मन्दिर छन् । उहाँले कोटिहोम लगाएका १ सय २९ ठाउँ घुम्छु । कतिपय मठमन्दिर समितिले संरक्षण गरेका छन् । तिनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा लागेको छु । गुरुका ५ सय ७१ भन्दा बढी कृति संकलन गरी तीव्रगतिमा प्रकाशन गर्ने तयारी भइरहेको छ ।’

    चौबीसै घन्टा इन्टरनेटमा घोत्लिने बानी परेका उनी यतिबेला विरलै इन्टरनेट खोल्छन् । उनी भन्छन्, ‘न्युजपेपर पनि खासै पढ्दिनँ ।’

    परिवारको स्वीकृति लिएरै योगी बनेका उनी समय र परिस्थितिले यहाँसम्म ल्याएको बताउँछन् । उनी भन्छन्, ‘आफूले चाहेको पो जिन्दगी ।’ लिभिङ टुगेदरमा रहेका उनी प्रेमविवाह गरेर एउटी छोरीको बाबा बनेपछि योगी बने । दुई महिनाअघि छोरीसँग भेटेका उनले पछि उसलाई सबै कुरा बुझाउने बताए । ‘परिवारलाई भन्दा नेपाल आमालाई मेरो साथ चाहिएको छ । धर्म–संस्कृति र नेपाल आमालाई साथ दिनु ठूलो कुरा हो,’ उनले भने ।

    राजनीतिक पार्टीले राम्रोसँग काम गरेको भए देश यस्तो खराब स्थितिमा नपुग्ने उनको बुझाइ छ । ‘हामी एकअर्कामा छुट्यौं भने कसैको अस्तित्व रहँदैन । नेपालको अस्तित्व रहँदैन । त्यसैले संघीयता, धर्मनिरपेक्षताजस्ता कुराले राम्रो प्रतिफल दिँदैन ।’

    कपालमा ‘साफा’ (फेटा) बाँधेका उनले मूलदेवता र गुरुका अगाडि खाली टाउको देखाउन नमिल्ने बताए । आफूले राम्रो संस्कृति, संस्कार र अध्यात्म सिक्न नपाएको गुनासो उनले गरे । ‘हामी वेस्टेज जेनेरेसन रहेछौं । अर्काको संस्कृति सिक्यौं । अर्काकै देश बनायौं तर जल, जमिन र जंगलको प्रयोग गरेर रोजगारी सिर्जना गर्ने र विश्वलाई शान्तिमय बनाउने कार्यमा चुक्यौं’, उनले भने ।

    पूर्वयुवराज पारस शाहसँगको निकटताले आफ्नो आध्यात्मिक चिन्तनमा फरक नपार्ने उनले बताए । उनी भन्छन्, ‘सबैलाई बाटो देखाउने गोरखनाथ नै हो ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.