×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गाउँमै उत्पादित सेनेटरी प्याड प्रयोग गर्दा दङ्ग छन् महिला

  •  
  • शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सेमजोङ (धादिङ), कात्तिक १२ गते  । सेमजोङका केही पढेलेखेका किशोरीबाहेक अन्यलाई महिनावारी हँुदा सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने जानकारी थिएन । अहिले समय बदलिएको छ । गाउँका धेरै महिला महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्छन् ।

    आफ्नै घरआँगनमा अर्गानिक तरिकाबाट सेनेटरी प्याड उत्पादन हुन थालेपछि भने यहाँका धेरै महिलाले यसको प्रयोग गर्न थालेका हुन् । यसअघि बजारको प्याडसम्म प्रयोग नगरेका महिला गाउँघरमै उत्पादन गरेको आफ्नै आँखाले देखेपछि भने दङ्ग छन् । कान्छी तामाङ भन्नुहुन्छ, ‘‘पहिले महिनावारी हुँदा कपडा प्रयोग गर्थें । काम गर्न निकै असजिलो हुन्थ्यो । कहिले घाम नलाग्ने हुँदा धोएर सुकाउँदा पनि सुक्दैन्थ्यो । अहिले त गाउँमै तयार गरेको प्याड प्रयोग गर्छु । निकै सजिलो रैछ । धुने झन्झटबाट मुक्त भइयो । एउटा प्रयोग गर्दा दिनभरलाई पुग्छ ।’’

    तामाङ र दलित समुदायको बाहुल्यता भएको यो गाविसका अधिकांश महिला अहिले आफँै प्रयोगपछि सजिलै व्यवस्थापन गर्न सकिने कम मूल्यको अर्गानिक सेनेटरी प्याड उत्पादनमा लागेका छन् । यसलाई सजिलो र भरपर्दो साधनका रुपमा बुझेको स्थानीयवासी सुनीता तामाङले बताउनुभयो । ६९० घरधुरी रहेका सेमजोङका अधिकांश पुरुष रोजगारीका लागि मुलुकबाहिर छन् ।

    पहिले श्रीमान्ले पठाएको रकमबाट घरव्यवहार चलाउँदै आएका महिलले आफ्ना लागि अत्यावश्यक साधन उत्पादन गरी प्रयोग गर्ने मात्र होइन आम्दानीको बाटो पनि पहिल्याएका छन् ।
    आफँै स्वावलम्बी बन्नुपर्छ र घरव्यवहारको काममा हिस्सेदार बन्नुपर्छ भन्ने सोचले उनीहरु सेनेटरी प्याड उत्पादनमा लागेको बताउँछन् ।

    महिनावारी भएका समयमा प्रयोग गर्ने प्याड स्वस्थ र सफा हुनुपर्छ भन्दै उनीहरु गाउँमा नै अगार्निक सामग्री प्रयोग गरी सेनेटरी प्याड बनाउन लागिपरेका हुन् । भूकम्पपछि घटेको मनोबललाई ऊर्जामा बदलेर आयआर्जनमा लगाउने कार्य जर्मन विकास सहयोग (जिआइजेट) को रिकभरी कार्यक्रमले गरेको हो । यो कार्यक्रमले गाविसको सेमजोङ साना किसान सहकारी संस्थामा रहेका महिलालाई समेटेर प्याड बनाउने तालिम दिई उत्पादनका लागि रु पाँच लाख पर्ने मेसिन पनि उपलब्ध गराएको छ ।

    भूकम्पले बस्ने बास भताभुङ्ग बनाएको भएपनि हातमा सीप आएपछि पाल र जस्ताले बेरेर बनाएको टहरोमा रात बिताएर पनि महिला उद्यमशीलतामा लागेर नमुना बनिरहेका छन् । दैनिक पाँच सय प्याड उत्पादन गर्ने गरेको बताउँदै सहकारी संस्थाकी अध्यक्ष तथा कम लागतको अर्गानिक प्याड उत्पादन कार्यक्रमकी संयोजक मीना तामाङले यो उत्पादन अहिले गाउँमा नै खपत हुँदै आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘हामीले यो उत्पादनलाई बढाएर दैनिक तीन हजार पु¥याउने लक्ष्य लिएका छौँ । हामीले अहिलेको उत्पादनले गाविसको माग पूरा गर्न सकेका छैनौँ ।’’ उहाँले स्थानीयरुपमा नै प्याड उत्पादन हुन थालेपछि छिमेकी गाविसबाट पनि यसका माग हँुदै आएको बताउनुभयो । ‘‘बिस्तारै यसलाई बाहिर गाविस र जिल्लामा निर्यात गर्ने सोच छ । आफ्नै भवनमा सरेपछि हामीले उत्पादनमा वृद्धि गर्छौँ”, उहाँँले भन्नुभयो ।

    रिकभरी कार्यक्रममार्फत उत्पादन कार्यक्रम हेरिरहनुभएका जिआइजेटका वरिष्ठ कार्यक्रम अधिकृत यादव ओझाले सामान्य लाग्ने कुरा भए पनि महिनावारी हँुदा प्रयोग हुने साधनले स्वास्थ्यमा असर पर्ने भएकाले गाउँका महिलालाई यसतर्फ सचेत गराउँदै आफँै उत्पादन गर्न प्रेरित गरिएको बताउनुभयो । १२ ग्रामको प्याड बजारमा पाइने प्याडभन्दा राम्रो, केमिकलरहित तथा राम्रोसँग सोस्ने क्षमता रहेको संयोजक तामाङ बताउनुहुन्छ ।

    बजारमा पाइने प्याडमा प्लास्टिकसहित केमिकल पनि मिसाएर बनाइएको हुनाले त्यसले स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने र बाहिर पसलमा बेचिने सेनेटरी प्याडभन्दा उच्च गुणस्तरको रहेको छ । ६० रुपैयाँमा एउटा प्याकेटमा किन्न सकिने यसमा आठवटा प्याड हुन्छ ।

    भाडाको घरमा मेसिन राखी उत्पादन सुरु गरिएको भए पनि छिट्टै आफ्नै भवनमा राख्ने गरी कार्यक्रमले गाविसका २० जना महिलालाई डकर्मी तालिम दिएर भवन निर्माणमा सहयोग गरेको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.