×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘लोकमानले संविधान निर्माणमा पनि अवरोध गर्न खोजेका थिए’

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अख्तियारलाई निजी कम्पनीका रुपमा चलाएपछि महाअभियोगः नेम्वाङ

    १० कात्तिक, काठमाडौं । महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले संविधान निर्माण प्रक्रियामा समेत अवरोध गर्ने प्रयास गरेको खुलेको छ ।

    तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका अनुसार लोकमानले आफूलाई शक्तिशाली हुने गरी संविधान बनाउन दबाव दिए । तर, दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिएका थिए ।

    प्रेस चौतारी नेपाल ललितपुर शाखाले बुधबार लगनखेलमा आयोजना गरेको चियापान नेम्वाङले संविधान निर्माण प्रक्रियामा समेत लोकमानले व्यवधान खडा गरेको खुलासा गरे ।

    विघटित संविधानसभा अध्यक्ष नेम्वाङले भने, ‘संविधान मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिन बिभिन्न ढंगबाट दबाव दिए । तर, उनको चाहना अनुरुप नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारमा बोलाएर बयान लिए ।’

    सभासदहरुलाई प्रभावित पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई तर्साउन अख्तियार प्रयोग गरेको उनले बताए । ‘बयान लिने क्रममा कर्मचारीहरुले अख्तियार प्रमुखले भने बमोजिम सभासदहरुलाई मनाउन किन नसकेको भनेर प्रश्न सोधेका रहेछन्’ उनले भने ।

    आफूले सर्वदलीय बैठक बोलाएर अख्तियारले संविधान निर्माणमा अवरोध गरेको सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्दा मामिलाबाट मुक्त गर्न कार्की बाध्य भएको नेम्वाङले बताए ।

    लोकमानले अख्तियारलाई निजी कम्पनीका रुपमा चलाएकाले महाअभियोग लगाउनुपरेको उनले बताए । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने भने, ‘अख्तियारका अरु आयुक्तहरुको मान मर्दन गर्ने र एक्लै व्यक्तिगत प्रतिशोधका आधारमा अघि बढ्ने क्रम रोकिएन । यो कुरा कांग्रेस सभापति शेरवहादुर देउवाले लोकमान शाही आयोग भन्दा पनि निरंकुश भएको भनिसक्नुभएको छ ।’

    महाअभियोग प्रस्तावको सम्बन्ध सत्ता समिकरणसँगै कुनै कोणबाट पनि नरहेको प्रष्ट पार्दै उनले भने-सत्ता परिवर्तनसँग यसको कुनै साइनो छैन, यसबारे कांग्रेसले चिन्ता नगरे हुन्छ ।’

    चौतारी ललितपूरका अध्यक्ष डिल्ली आचार्यको अध्यक्षतामा दशैं,तिहार, छठ र नेपाल सम्बतका अवसरमा आयोजित चियापानमा एमाले पोलिटव्यूरो सदस्य रघुजी पन्त, प्रचार बिभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतले शुभकामना दिएको सचिव घनश्याम धमलाले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.