×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

नेपाल-भारत संयुक्त बैठक दिल्लीमा

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गएको सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्डले भारतको राजकीय भ्रमण गरेका थिए

    बुधबारबाट दिल्लीमा हुन लागेको नेपाल भारतको संयुक्त आयोगको बैठकमा दुई देशबीच भएका पछिल्ला सहमतिको कार्यान्वयन र त्यसमा आउने अप्ठ्याराहरु हटाउने विषयमा छलफल केन्द्रित हुने नेपालका परराष्ट्रमन्त्रीले बताएका छन्।

    सन् १९८७ मा गठन भएको संयुक्त आयोगको बैठक लामो अन्तरालपछि दुईवर्ष अगाडि काठमाण्डूमा बसेको थियो।

    उक्त बैठकमा सहमति भएका भनिएका कतिपय विषयहरु अझै कार्यान्वयन नभएको गुनासो व्यक्त भएका छन्।

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको दुईपक्षीय संयन्त्रको उक्त बैठकलाई चासोपूर्वक हेरिएको छ।

    मुद्दा

    दुई दिन चल्ने उक्त बैठकको पहिलो दिन बुधबार दुई देशका सचिवस्तरीय र बिहीबार परराष्ट्र मन्त्रीस्तरीय बैठक हुनेछन्।

    आफ्नी समकक्षी सुष्मा स्वराज सहभागी हुने उक्त बैठकमा पछिल्ला समय भएका ऊर्जा तथा जलविद्युत, सडक निर्माण, डुबानका समस्या, सीमा सुरक्षा, प्रसारण लाइन र भूकम्पपछिको सहयोग जस्ता विषयमा समिक्षा हुने परराष्ट्रमन्त्री प्रकाश शरण महतले बताए।

    उनले भने,”सीमापार प्रसारण लाइन र उर्जा व्यापार सम्झौतामा बाधा व्यवधान छ। त्यो मिलाउने, डुबानको मुद्दा, सिँचाइ संयन्त्र थप गर्ने लगायत हुलाकी सडकका विषयहरुलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल हुनेछन्।”

    त्यसबाहेक भूकम्पपीडितलाई सहयोग थप गर्ने लगायतका विषयमा छलफल हुने जानकारी दिँदै उनले भने, “जतिपनि विषयहरु छन्, ती तमाम विषयमा हामी समीक्षा गर्छौं र अगाडिको मार्गचित्र पनि कोर्न कोशिस गर्छौं।”

    चासो

    सीमापार प्रसारण लाइन र उर्जा व्यापार सम्झौतामा वाधा व्यवधान छ। त्यो मिलाउने, डुबानको मुद्दा, सिँचाई संयन्त्र थप गर्ने लगायत हुलाकी सडकका विषयहरुलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल हुनेछन्

    परराष्ट्र मन्त्री प्रकाशशरण महत

    दुई देशबीचको सम्बन्ध र सहयोगको समीक्षा गर्ने उदेश्यले सन् १९८७ मा पराराष्ट्र मन्त्रीस्तरीय संयन्त्र गठन भएपनि दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गर्नु पूर्व मात्र लामो समयपछि यो समिति पुन: सक्रिय भएको थियो।

    त्यसबेला आयोगको काठमाण्डूमा तेस्रो बैठक बसेको थियो।

    दुई देशसँग सम्बन्धित थुप्रै विषयहरुमा सहमति भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुने गरेकोले त्यसको लागि कार्यान्वयन संयन्त्र नै गठन भएको बताउँदै परराष्ट्रमन्त्री महतले अब उक्त कमिटीले समस्या सुल्झाउने बताए।

    उनको भनाइ थियो, “पहिला, पहिला हामीले उता बाट समस्या भयो भन्ने र उताबाट यताको समस्या भनेर देखाउने गरिन्थ्यो। अब यो संयुक्त संयन्त्र भएपछि त्यसले तत्काल कहाँबाट समस्या आएको हो, त्यो अनुसार समाधानका लागि पहल गर्नेछ।”

    भारतीय पक्षले भने बैठकमा सीमा अपराधको नियन्त्रण र सुपुर्दगी सन्धिका विषयमा रुचि देखाएको बताइन्छ।

    यद्यपि उक्त विषयले स्थान पाउन नसक्ने संकेत परराष्ट्रमन्त्री महतले गरेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.