×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गगन थापाले लोकमान जस्तै ठानेका हुबर को हुन् ?

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जोसँग दुश्मनी, उसैको फोटो घरमा झुण्ड्याउथे एफबिआइ प्रमुख

    १० कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोगको प्रस्तावमाथि छलफलमा भाग लिदै मंगलवार कांग्रेस नेता एवम् स्वास्थ्यमन्त्री गगन थापाले लोकमानलाई हुबरसँग तुलना गरे ।

    हाम्रो अख्तियार जस्तै अमेरिकाको एफबिआइ अर्थात संघीय जाँच व्यूरोका पहिलो प्रमुख थिए हुबर । आखिर हुबर र लोकमानको तुलना किन भयो त ? यसका लागि हुबरको इतिहास जान्नैपर्छ ।

    को थिए हुबर ?

    अमेरिकाको राजधानी वाशिंटन डिसीको एक रक क्रिक पार्कमा हुवरको बंगला थियो । बंगलामा छिर्ने बित्तिकै आगन्तुकहरुले तत्कालिन राष्ट्रपतिसँग गफ गरिरहेको उनको तस्विर झुण्डिएको देख्न पाउँथे ।

    माथिल्लो तलामा जाने भर्‍याङमा उनको आफ्नै ठूलो तस्वीर झुण्डिएको थियो र भित्ताहरुमा अमेरिकाका तत्कालिन भिआइपीहरुसँग कुरा गर्दै गरेको तस्वीर देखिन्थ्यो । भर्‍याङको अन्तिममा उनको आफ्नै शालिक थियो ।

    टाइम्स म्यागजिनमा सन् १९७५ डिसेम्बरमा छाापिएको एक लेखमा भनिएको छ-हुवर आफूलाई ज-जसको बिरोधी मान्थे ती-ती व्यक्तिको तस्वीर उनको घरमा देखिन्थ्यो । आफ्ना कर्मचारीले टाई ठीकसँग लगाए-लगाएनन्, कुन राजनीतिज्ञको नाजायज सम्बन्ध कोसँग छ लगायतका कुराहरुमा उनको ठूलो चासो थियो ।

    घरको भित्तामा नायिकको नांगो फोटो

    उनले अन्य व्यक्तिको नैतिक आचरणको कुरा गर्थे तर उनकै घरमा एक महिलाको नग्न तस्वीर राखिएको थियो । अमेरिकाकी तत्कालिन चर्चित अभिनेत्री म्यारिलिन मनरोको नग्न तस्वीर उनको घरमा देख्न सकिन्थ्यो ।

    सामान्य कर्मचारीको छोराका रुपमा हुवरको जन्म सन् १८९५ को जनवरी १ मा भएको थियो । सन् १९२४ मा अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआई)को स्थापनाका लागि हुवरको महत्वपूर्ण भूमिका थियो । एफबीआईमा उनले निर्देशकको रुपमा ३७ बर्ष बिताउँदा ६ जना राष्ट्रपतिहरुसँग काम गरे ।

    गुप्तचर एजेण्डा वरिपरि

    केहि रिपोर्टहरुमा जनाइएअनुसार हुवरसँग अमेरिकामा सबै लब्धप्रतिष्ठित मानिसहरुको फाइल थियो । उनका गुप्तचर एजेन्टहरुका नजर सबैमाथि उत्तिकै थियो । अमेरिकाका जातीबादी नेताहरु कुक्लक्स कलयान र मार्टिन लुथर किङलाई उनले त्यतिबेला कडा निगरानी गराएका थिए ।

    हुवरले आफ्नो नाममा किताव पनि छपाउन भ्याए । आफ्ना कर्मचारीलाई लेख्न लगाएको उनको किताब ‘अमेरिकामा साम्यवादः उच्चस्तरको धोका’ अमेरिकामा बेष्ट सेल भएको थियो । यसबाट उनले मनग्गे कमाए ।

    समाचारहरुका अनुसार उनी आफूले प्राप्त गरेको गोप्य सूचनाको भरपुर फाइदा उठाउँथे । एकजना सिनेटरको छोरी ड्रग्सको कुलतमा लागेको थाहा पाए र उनले सिनेटरसँग गएर छोरी कुलतमा लागेको जानकारी गराउँदै भने, ‘मलाई थाहा छ तर म यो कसैलाई भन्नेछैन ।’

    त्यस्तै एकजना समलिंगी सांसदकहाँ गएर उनले भनेका थिए, ‘म हेरिरहेको छु तर केहि गर्नेछैन ।’

    हुवरको पहुँच राष्ट्रपतिसँग सिधै हुन्थ्यो । लिंकन, जोन्सनजस्ता राष्ट्रपतिहरुले उनीसँग सूचना लिन्थे भने उनीसँग सूचना लिन नचाहने राष्ट्रपतिहरुलाई उनी आफैले सूचना दिन्थे ।

    अध्ययनमा रुची थिएन

    एफबीआईमा उनीसँगै काम गरेका विलियन सालिमानले आफ्नो किताबमा भनेका छन्, ‘हुवरको सोच निक्कै नै संकिर्ण थियो । उनले आफू कहिल्यै अध्ययन गर्दैनथे । ज्ञान बढाउने चाहना उनीमा थिएन ।’

    उनी भन्छन्, ‘हुवरको झगडा सबैसँग थियो तर एकै पटकमा ३३ जनासँग दुश्मनी मोल्नसक्ने खुवी उनमा थियो, त्यो पनि सबैलाई आच्छु-आच्छु पार्नेगरी । सबैसँग झगडा गर्न उनलाई रोमाञ्चक लाग्थ्यो ।’

    राष्ट्रपति हृयारी ट्रम्यानले उनलाई अमेरिकामा जर्मनीले जस्तै गुप्तचर पुलिस चलाउन खोजेको आरोप लगाएका थिए । तर कसैले उनलाई पदबाट हटाउन सकेन ।

    हुबरको मृत्युमा निक्सन खुसी कि दुःखी ?

    हुवरको निधन सन् १९७२ मा ७७ वर्षको उमेरमा भयो । उनको मृत्युपछि तत्कालिन राष्ट्रपति रिचर्ड निक्सनले भनेका थिए, ‘अमेरिकाले एक कर्तव्यनिष्ट र स्वच्छ छवी भएको प्रशासक गुमायो ।’

    तर अहिले सार्वजनिक भएको फाइलहरुका अनुसार निक्सन हुवरको मृत्युमा निक्कै खुसी भएका थिए । त्यसो त निक्सन पनि डेमोक्रेटिक पार्टी कार्यालयमा जासुसी गरेको अभियोग पुष्टि भएपछि राष्ट्रपतिबाट राजिनामा दिन बाध्य भएका थिए । जसलाई विश्वकै पत्रकारितामा वाटरगेट स्क्याण्डलका रुपमा मानिन्छ ।

    हुवरजस्ता मानिसले शक्ति प्राप्त गर्न सक्नु र त्यो भन्दापनि त्यसलाई टिकाइराख्न सक्नुले धेरै प्रश्नहरु उब्जाएका छन् । अमेरिका जस्तो प्रजातन्त्रमा पनि हुवरजस्ता मानिस कसरी सैहृय भए ? उनले आफ्नो बिरोधीलाई तारो बनाउन थाले तर कसैले केही गर्न सकेन ।

    लोकमान प्रकरणमा हुबर कसरी गाँसिए, विश्लेषण गर्ने जिम्मा पाठकलाई ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.