×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

महिलाले अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्ने बाटो खुल्यो !

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशपछि अब अख्तियारमा पालो

    १० कात्तिक, काठमाडौं । कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा नेता तथा सांसदहरुको एउटा अनौपचारिक छलफलमा कांग्रेस नेताहरुको साझा चिन्ता देखियो- लोकमानगएपछि कम्युनिस्टहरु मिलेर अख्तियारमा उनीहरु अनुकूलको प्रमुख आयुक्त ल्याउने पो हुन् कि ?

    यो प्रश्नको समाधान एमालेका केही युवा नेतामात्रै होइन, कांग्रेसकै कानुनविद सांसद राधेश्याम अधिकारीले समेत गरिदिएका छन् । यद्यपि कांग्रेसले लोकमानपछिको प्रमुख आयुक्तमा बार्गेनिङ गर्ने संकेत दिइसकेको छ । र, यसक्रममा अख्तियार प्रमुखमा पहिलोचोटि महिलाले नेतृत्व सम्हाल्ने सम्भावना देखा परेको छ ।

    कांग्रेस आतंकित हुनुको अर्थ

    महाअभियोग प्रस्ताव पारित भएर लोकमानसिंह कार्की अख्तियार प्रमुखबाट हटे भने त्यसपछिको प्रमुख आयुक्त आफूले भनेको हुनुपर्ने कांग्रेसको मनोविज्ञान देखिएको छलफलमा सहभागी एक एमाले नेताले बताए ।

    उनले भने- लोकमानलाई जोगाउन सकिँदैन भन्नेमा कांग्रेस नेताहरु पुगिसकेका छन् । तर, उनीहरुभित्र कम्युनिस्टहरु मिलेर संवैधानिक परिषदबाट आफूले चाहेभन्दा बाहिरको व्यक्ति प्रमुख आयुक्त सिफारिस गर्छन् कि भन्ने आतंक देखियो ।

    संवैधानिक परिषदमा कम्युनिस्टहरुको वर्चश्व छ । प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्ती र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली मिल्ने आशंका कांग्रेसलाई छ । किनकि महाअभियोग प्रस्तावमा नाटकीय ढंगले उनीहरु मिलेका छन् ।

    संवैधानिक परिषदकै अर्का प्रभावशाली सदस्य प्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि कांग्रेस आतंकित छ । आफ्नो प्रभाव कमजोर रहेको संवैधानिक परिषदले अब अख्तियार प्रमुखको सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त हुने त्यस्तो प्रमुख आयुक्त को बन्ला भन्नेमा कांग्रेसको चासो छ ।

    एमाले प्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका नेताहरुसँग यसबारे अनौपचारिक छलफल भएको पुष्टि गर्दै कांग्रेसको आशंकालाई आफूहरुले अन्त्य गराउन खोजेको बताए । ढकालले भने- अहिले साझा सहमति कायम गरौं, भविष्यमा कांग्रेसको चासो सम्बोधन गर्न हामी लचिलो हुन्छौं ।

    बाहिरबाट प्रमुख आयुक्त ल्याउनु असंवैधानिक

    नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना प्रमुख आयुक्त र चार आयुक्तको व्यवस्था गरेको छ । तर संक्रमणकालीन व्यवस्था अनुरुप लोकमान सहित अख्तियारमा हाल  ५ जना आयुक्त अहिले पनि कार्यरत छन्, जुन संख्या संविधान विपरीत थियो ।

    अब लोकमान पदमुक्त भए  भने पनि संवैधानिक परिषदले बाहिरबाट प्रमुख आयुक्त सिफारिस गर्न संविधान बमोजिम सक्दैन । किनकि लोकमान पदमुक्त भए पनि अख्तियारमा ५ जना आयुक्त यथावत छन् । संविधान अनुसार त्यहाँ कसैलाई थप्न सकिँदैन ।

    ciaa

    लोकमानपछि अख्तियारभित्र रहेका पाँच जना आयुक्तमध्येबाटै संवैधानिक परिषदले एक जनालाई प्रमुख आयुक्त सिफारिस गरेर संसदीय सुनुवाइमा पठाउनेछ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले अख्तियार प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।कतिपयले बरिष्ठताका आधारमा दीस्प बस्न्यात प्रमुख आयुक्त बन्ने बताए पनि संविधानमा त्यस्तो बाध्यता छैन कि बरिष्ठताकै आधारमा अख्तियार प्रमुख तोक्नुपर्छ ।

    संविधानको धारा २३८ को उपधारा ५ अनुसार अख्तियारका प्रमुख आयुक्त र आयुक्तको पुनः नियुक्ति हुँदैन । तर आयुक्तलाई नै प्रमुख आयुक्तमा नियुक्त गर्न सकिनेछ । त्यस्ता प्रमुख आयुक्तको पदावधि भने आयुक्त पदमा नियुक्त पाएको मितिबाटै गणना हुने संविधानले प्रष्ट व्यवस्था गरेको छ ।

    बरिष्ठताको अर्थ छैन

    अहिले लोकमानलाई महाअभियोग लागेपछि बरिष्ठताका आधारमा दिप बस्न्यात कार्यवाहक प्रमुखका रुपमा कार्यरत छन् । तर संविधानले प्रमुख आयुक्त नियुक्ति गर्दा बरिष्ठताको बारेमा केही नबोलेकाले संवैधानिक परिषद स्वतन्त्र रहेको अधिवक्ता नवराज थपलियाले बताए ।

    हाल कार्यरत ५ जना आयुक्तमध्येबाट एकजना प्रमुख आयुक्त सिफारिस गर्न संवैधानिक परिषद स्वतन्त्र छ । हाल कायम रहेका आयुक्तहरु दिप बस्न्यात,नविन घिमिरे,गणेशराज जोशी,सावित्री थापा गुरुङ र राजनारायण पाठकमध्येबाटै एकजना प्रमुख आयुक्त बनाउनुपर्ने संवैधानिक बाध्यता छ ।

    कांग्रेसको बार्गेनिङ सावित्रीका नाममा ?

    कांग्रेसको चासो अब यसमै छ । कांग्रेसले प्रमुख आयुक्तमा यी ५ मध्ये कसलाई रोज्ला ? यी मध्ये कांग्रेसको कोटाबाट नियुक्ति पाएकी आयुक्त सावित्री हुन् । नविन घिमिरे एमाले कोटाबाट र गणेशराज जोशी माओवादी कोटाबाट भएका हुन् ।

    congress-cc-meeting

    त्यस्तै दीप बस्न्यात राप्रपा र राप्रपा नेपालका हुन् भने राजनारायण पाठक लोकमानसिंह कार्कीकै जोडबलमा नियुक्त भएका व्यक्ति हुन् । दीप बस्न्यातका सम्बन्ध कांग्रेसका रामशरण्ण महत लगायत कांग्रेस नेताहरुसँग पनि राम्रो छ ।

    संविधानको धारा २३८ को उपधारा ६ मा अख्तियारको प्रमुख आयुक्त र आयुक्तहरुको योग्यता तोकिएको छ । जसमा स्नातक गरेको, नियुक्ति हुँदा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको,२० वर्ष अनुभव र ख्याति प्राप्त गरेको, ४५ वर्ष उमेर परा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने भनिएको छ ।

    दीप बस्न्यात र राजनारायण अयोग्य ?

    उच्च नैतिक चरित्रको व्यवस्थाले दीप बस्न्यात र राजनारायण पाठकलाई छुन सक्नेछ ।

    deep-basnet1

    विगतमा दीप र लोकमान दुबैको मुद्दा एकैपटक तामेलीमा राखिएको थियो । त्यस्तै राजनारायण पाठक लोकमानका तर्फबाट बिभिन्न व्यक्तिहरुलाई धम्क्याउने र रकम असूल गर्नेमा संलग्न रहेको आरोप लागिसकेको छ ।

    सावित्रीलाई लोकमानले दोहोरो सरकारी सुविधा लिएको भनेर केही समय अख्तियारमा कामै गर्न दिएका थिएनन् । उनी त्रिभुवन विश्वविद्यालयकी सह प्राध्यापक समेत भएकाले लोकमानले उनलाई दोहोरो सुविधा प्रकरणमा पेलेका थिए ।

    आयुक्तबाटै आउनेः तर पदावधि पुरानै

    लोकमान बाहेक अख्तियारका बाँकी ५ जना आयुक्तहरुको नियुक्तिमा भएको हो । यस हिसाबले अब नियुक्त हुने प्रमुख आयुक्तले उमेरले साथ दिएमा  मात्र अख्तियार प्रमुखका रुपमा काम गर्न पाउनेछन् ।

    संविधानको धारा २३८ को उपधारा ५ मा भनिएको छ- आयुक्तलाई प्रमुख आयुक्तःको पदमा नियुक्तः गर्न सकिनेछ,त्यस्तो आयुक्त प्रमुख आयुक्त पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा आयुक्तको पदावधिलाई समेत जोडी गणना गरिनेछ ।

    यसकारण सावित्रीको सम्भावना

    दीप बस्न्यातको उच्च नैतिक चरित्रमा प्रश्न उठिसकेको र संवैधानिक परिषदले कनिष्टबाट समेत प्रमुख आयुक्त छान्न सक्ने भएकाले सावित्री गुरुङका लागि संविधानले बाटो खुल्ला गरेको छ । त्यसैले कांग्रेसले अब कम्युनिस्टहरुसँग सावित्री गुरुङलाई प्रमुख आयुक्त बनाउन बार्गेनिङ गरेर मात्रै महाअभियोग प्रस्ताव पारित गराउन सहमत हुन सक्ने सूत्रहरुको भनाइ छ । यसमा प्रकाशमानसिंह लगायतका कांग्रेस नेता लागिसकेका छन् ।

    sabitrai-thapa

    सावित्रीका पति नरेन्द्र गुरुङ भोजपुरका कांग्रेस नेता हुन् । अब प्रमुख आयुक्तमा सावित्रीको नाम अघि सारिने सम्भावना रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । उनले भारतको जवाहरलाल  नेहरु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी गरेकी छिन् ।

    अहिले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता संवैधानिक पदमा महिला रहेकै बेला अख्तियारको प्रमुख आयुक्त पनि महिला नै हुनुपर्छ भन्ने कुराले कांग्रेसको बार्गेनिङलाई बल पुग्नेछ ।

    सावित्रीलाई प्रमुख आयुक्त बनाउने सन्दर्भमा एमाले पनि लचिलो बन्ने संकेत देखिएको छ । महाअभियोग पारित गराउन कांग्रेसको आशंकाहरु अन्त गर्नका लागि एमाले र माओवादी तयार रहेको ढकालले बताए ।

    कार्य क्षमता र विगतको छविका आधारमा नविन घिमिरे र गणेशराज जोशी अख्तियार प्रमुखका लागि उपयुक्त आयुक्त हुन् । तर कांग्रेसको आतंक अन्त गर्न र महाअभियोग पाारित गर्नका लागि कांग्रेसलाई तयार बनाउन पनि सावित्रीको सम्भावना बलियो हुन लागेको स्रोतले जनाएको छ ।

    सावित्री गुरुङ लोकमानसिंह कार्कीबाट बढी नै खेदिएकी पात्र हुन् । तर, उनको कमजोरी एउटै छ, अख्तियारमा गइसकेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट दोहोरो सुविधा लिएको उनीमाथि आरोप छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.